काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गृहमन्त्री रमेश लेखकले सदनमा एकजना प्रतिपक्ष उभिँदा पनि विरोध मानिने छ भनेर धारणा राखेपनि व्यवहारमा लागू नभएको बताएका छन् ।
मंगलबार संघीय संसद भवन बाहिर बोल्दै उनले भने, ‘नागरिकता विधेयक, निजामती विधेयक समयको आवश्यकता हो । त्यो आउनुपर्छ । विधेयक कति आवश्यक छ भन्ने कुरा म बुझ्छु । त्यसमा कुनैपनि राजनीतिक रुपमा अवरोध सिर्जना गर्ने, त्यसलाई रोक्ने उद्देश्य छैन् । विधेयक ल्याएको कुरामा कुनै नकारात्मक टिप्पणी पनि छैन् । तर अहिले प्राथमिकताको विषय भनेको विधेयक ल्याउने गृहमन्त्रीले सदनमा गत वर्ष उभिएर भन्नु भएको होइन कि एकजना प्रतिपक्ष उभिदा पनि विरोध मानिने छ भनेर ? कि यो कुरा उहाँको पक्षमा मात्र लागू हुन्छ ? अरुका लागि लागू हुँदैन थियो भन्नु पर्यो नि । त्यसो हो भने उहाँहरुका लागि मानव बेचबिखनको मुद्दा नै होइन भनेर भन्नुपर्यो ।’
त्यसैगरी रास्वपाकी सांसद तोसिमा कार्कीले बैठक सञ्चालन गर्नको लागि संसदले आफ्नो मर्यादा कायम राख्नुपर्छ भनेर आफूहरु मर्यादित तरिकाले संसदमा उपस्थित भएको बताइन् ।
‘हामीले सभ्य तरिकाले उपस्थित भएर बैठक सही तरिकाले सञ्चालन भएको छैन । यस्तो काम कारबाही गर्नु हँुँदैन । बैठक सञ्चालन गर्नको लागि संसदले आफ्नो मर्यादा कायम राख्नुपर्छ भनेर आन्दोलनकारी मर्यादित तरिकाले संसदमा उपस्थित हुँदै गर्दा गलत रुपमा बुझियो । निलो रिबन लगाएर आउँदैगर्दा केही मान्यहरुले आपत्ति जनाउनुभयो । यो सभ्य भएन भनेर हामीलाई भनि दिनुपर्यो । निलो रिबन लगाएर आउँदा हामी कहा असभ्य भयौं ?’ उनको प्रश्न थियो ।































प्रतिक्रिया