नक्कली महानगर यातायातको बिगबिगीपछि सक्कली महानगरको आपत्ति

नक्कली महानगर यातायातको बिगबिगीपछि सक्कली महानगरको आपत्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । महानगर यातायात प्रालिको नाम, रंग र डिजाइनसमेत नक्कली प्रयोग गरी सोही आकार प्रकारको बस यात्रु झुक्याएर सोही रुटमा चलेको भन्दै सक्कली महानगर यातायात प्रालिले आपत्ति जनाएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर यातायात प्रालिले आपत्ति जनाएको हो । कम्पनीले जारी गरेको विज्ञप्तीमा हाल प्रालिकै नाममा रंग रोगन गर्दै बसले यात्रु झुक्याउने र नक्कली महानगर यातायातले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितहरुले प्रहरीमा खवर गरि महानगर यातायातको कार्यालय पुग्ने गरेको उल्लेख छ ।

यात्रु झुक्याउने गरी एउटै नाम र रंगका बस सोही रुटमा चलिरहँदा सञ्चालकले मात्रै होइन यात्रुहरुले समेत विविध समस्या झेलिरहेको प्रा.लि.को भनाई छ । यसबारे पटक पटक सम्वन्धित निकायहरुको ध्यानाकर्षण गराउँदा पनि कुनै कार्वाही नभएको र यस्तो अवस्थामा महानगर यातायात प्रालिले अनावश्यक झन्झट ब्यहोर्नुका साथै कैयौं पटक त केही बसहरुको नियमित सेवा समेत रोकिने गरेको उनीहरुको भनाई छ ।

यसबापत यात्रुहरुले पाएको दुख र कम्पनीलाई भएको आर्थिक घाटाको त कुनै लेखाजोखा नरहेको महानगरका यातायात व्यवसायीहरुको भनाई छ ।

अनुसन्धानपछि यथार्थ पत्ता लाग्दा पनि दुर्घटना गराउने गाडी चिन्न नसक्दा पीडितले न्याय पाउन नसकेको महानगर यातायात गुनासो रहेको छ ।यसबारे बारम्बार प्रहरी प्रशासन, यातायात कार्यालय, यातायात विभाग लगायतका निकायमा निवेदन दिँदा पनि समस्या समाधानको लागि कुनै पहल नगरेको महानगर यातायातको भनाई छ ।

Skip This
Skip This
Logo