तीनकुने घटनामा दुर्गा प्रसाईंको गाडीभित्रैबाट भिडियो खिचेका पत्रकार धरौटीमा छुटे

तीनकुने घटनामा दुर्गा प्रसाईंको गाडीभित्रैबाट भिडियो खिचेका पत्रकार धरौटीमा छुटे

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका क्रममा पक्राउ परेका नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाल ५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश रेशराज शर्माको इजलासले दाहालले पेसागत कार्यअन्तर्गत उक्त भिडियो खिचेको ठहर गर्दै उनलाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएकाले पुर्पक्षका लागि धरौटीमा छाड्न आदेश गरेको हो ।

उक्त आन्दोलनका क्रममा दाहालले मुख्य आरोपी दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिचेका थिए ।

Skip This
Skip This
Logo