एलएस अटोको दुई नयाँ ईभी नेपाली बजारमा भित्रिँदै

एलएस अटोको दुई नयाँ ईभी नेपाली बजारमा भित्रिँदै

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । एलएस अटोको दुई नयाँ ईभी नेपाली बजारमा भित्रिने भएका छन् ।

एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एलईभी ०५ र एलईभी एक्स गरी दुई नयाँ मोडल ल्याउने भएको हो ।

विद्युतीय कार एलईभी ०५ मा ५६ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक र ५० किलोवाट क्षमताको फ्रन्ट ह्विल ड्राइभ मोटर जडान गरिएको छ । यो कारले एक पटकको फुल चार्जमा ४ सय किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी कम्पनीले गरेको छ । कारलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिने बताइएको छ ।

ह्याचब्याक सेग्मेन्टमा पर्ने यस कारको लम्बाई ४२ सय एमएम, चौडाई १७ सय ७० एमएम र उचाई १६ सय १० एमएम छ । यो कारमा २६ सय ५० एमएम लामो ह्वीलबेस रहेको छ । १७ इन्चको अलोय ह्वील रहेको एलईभी ०५ मा १ सय ७५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ ।

यसैगरी, मोडल एलईभी एक्स भने अघि नै नेपाली बजारमा बिक्री भइरहेको एलईभी ०१ को फोर ह्वील ड्राइभ भर्सन हो । क्रसओभर एसयुभी सेग्मेन्टमा पर्ने यस ईभीमा ७७ किलोवाट आवरको ब्याट्री प्याक र २ सय किलोवाटको मोटर रहने जनाइएको छ । साथै, यसमा केही फिचर अपग्रेड समेत हुने बताइएकाे छ ।

यी गाडीहरु नाइमा मोबिलिटी एक्स्पोसँगै नाडा अटो शो २०२५ मा ईभी प्रदर्शन गरिनेछ ।

Logo