काठमाडौं

दसैंका बेला नारायणगढ–काठमाडौँ सडकखण्डमा ठूला मालवाहक साधन नचल्ने भएका छन् । "/>

नारायणगढ– काठमाडौं सडकमा दशैंको बेला ठूला सवारी नचल्ने : दसैं यात्रा सहज बनाइँदै

नारायणगढ– काठमाडौं सडकमा दशैंको बेला ठूला सवारी नचल्ने : दसैं यात्रा सहज बनाइँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

दसैंका बेला नारायणगढ–काठमाडौँ सडकखण्डमा ठूला मालवाहक साधन नचल्ने भएका छन् । सरकारले दसैंलाई लक्षित गर्दै त्यस्ता मालवाहक साधन काठमाडौं आउन रोक लगाउने भएको हो । दसैं, तिहार तथा छठ लगायतका चाडबाडमा काठमाडौंबाहिर जाने यात्रुको संख्या अत्याधिक हुने भएकाले आगामी २४ असोज घटस्थापना देखि ३१ असोजसम्म नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला सवारी नचल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने, ‘दसैंमा काठमाडौंबाट बाहिर जाने यात्रुलाई सहज होस् भनेर यस्तो निर्णय गरिएको हो ।’ ठूला सवारीले बाटो जाम बनाउने भएकाले दसैंका यात्रुलाई गन्तव्यसम्म पुग्न समस्या हुने भन्दै ठूला सवारीलाई रोक लगाइएको विभागको भनाइ छ । सो सडकखण्डमा अरू बेला पनि हरेकदिन जसो घण्टौंसम्म जाम हुने गर्छ । त्यस्तो जाममा परेर दसैंमा घर जाने यात्रुलाई समस्या नहोस् भन्दै सरकारले यस्तो निर्णय गरेको सूचना अधिकारी उपाध्यायले बताए ।

नारायणघाट–काठमाडौं सडकखण्डमा आवतजावत गर्ने यात्रुहरूले ठूला मालवाहक सवारीसाधनका कारण घण्टौं जाममा पर्नु पर्ने बाध्यता छ । यस्तो समस्या अरू बेला भन्दा दसैंका बेला बढी हुने गरेको छ । त्यसैले सर्वसाधारणलाई सहज रूपमा आवतजावत गर्न ठूला सवारीलाई प्रतिबन्ध लगाइएको हो । विभागका अनुसार ठूला मालवाहक सवारीसाधनलाई २४ असोज देखि असोज ३१ सम्म नारायणघाटमै रोकिनेछ ।
राजधानीबाट

Logo