चर्चित रियालिटि सो, को बन्छ करोडपति अब नेपालमा पनि सुरु हुने भएको छ । आगामी नोभेम्वर दोस्रो साताबाट सुरु गरिने चर्चित टेलिभिजन रियालिटी सो ‘को बन्छ करोडपति ?’ नेपाली महानायक राजेश हमालले चलाउने छन् । करोडपति एपी वान टेलिभिजनबाट प्रसारण गरिनेछ ।
केविसि नेपाल कार्यक्रमले अब झनै नेपाली टेलिभिजन इतिहाँसमा नयाँ व्यायाम थपिने विश्वास लिइएको छ । त्यति मात्र होइन्, यस कार्यक्रमले नेपालीहरुको बौद्धिकतामा थप ज्ञान हाँसिल गर्न मद्दत पुग्ने आश गरिएको छ । कोकाकोला जस्तो विश्वप्रसिद्ध ब्राण्डको सहयोग मिलेकोले पनि नेपालमा यो कार्यक्रम सफलताको उचाइमा पुग्ने विश्वास गरिएको छ ।
कोकाकोला मात्र नभई यस कार्यक्रमलाई साथ र सहयोग गर्न सिभिल ब्याङ्क, इनच्यान्टर, बाल्ट्रा होम एप्लाइन्सेस, हिरो, एजुकेशन पार्क, इन्डिका हेयर कलर र सुट द्याट् फिट्स रहेका छन् । बेलायती नागरिक डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभेन नाइटले शुरु गरेको कार्यक्रम को बन्छ करोडपति आजभन्दा अगाडि १६० ओटा देशले चलाइसकेका छन् । नेपाल भने को बन्छ करोडपति कार्यक्रम चलाउने १६१ औँ देश बनेको छ ।
छिमेकी देश भारतमा पनि यो कार्यक्रम धेरै मन परराइने कार्यक्रम रहेको छ । भारतमा पनि यो कार्यक्रम चर्चित बलिउड महानायक अमिताभ बच्चनले चलाउने गर्छन् । नेपालीहरुले पनि भारतमा चल्ने यो सो धेरै मन पराउने गर्छन् । यो सो चल्नुभन्दा अगाडि नै धेरैले आफ्नो मोवाइलमा को बन्छ करोडपतिको मोवाइल्स एप डाउनलोड गरेर चलाउन थालिसकेका छन् । यो एप्सले विशेष गरेर बौद्धिक ज्ञान बढाउने भएकोले धेरैले मन पराएको पाइन्छ ।





























प्रतिक्रिया