अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्ट्रक्सनका अध्यक्षसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र प्रोप्राइटर हरिनारायण प्रसाद साह रौनियारसहित १२ जनाविरुद्ध शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। "/>

पप्पु कन्स्ट्रक्सनका मालिकसहित १२ जनाबिरुद्ध मुद्धा दायर

पप्पु कन्स्ट्रक्सनका मालिकसहित १२ जनाबिरुद्ध मुद्धा दायर

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्ट्रक्सनका अध्यक्षसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र प्रोप्राइटर हरिनारायण प्रसाद साह रौनियारसहित १२ जनाविरुद्ध शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रोपराइटर रौनियार संघीय समाजवादी फोरमका सांसद हुन्। रौनियार पर्सा ३ बाट निर्वाचित भएका थिए । भ्रष्टाचार मुद्दा दायर भएसँगै कानुनी रुपमा उनको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

कन्ट्रक्सनले विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको थियो। पप्पु कन्स्ट्रक्सन देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको छ।

 

पढ्नुस् प्रेस विज्ञप्ति

 
आरोप-पत्र दायर गरिएको

—————————–

पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको, पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको र ( ठेक्का नं.MW/DRO-3/BRP-73-067/068) उद्घाटन नहुँदै भत्किएको बन्ने समेतको व्यहोराको उजुरी निवेदनका सम्बन्धमा आयोगबाट अनुसन्धान हुँदा डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सन,पोखरिया-७ बीच पुल निर्माणका लागि मिति २०६८।०३।२२ गते सम्झौता भएपछि बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाईन लेभल तथा Pier Height को सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई नसच्याई त्रुटीपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको,फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको, Specifications को Clause ११२ बमोजिम नभएको, Specifications को Clause १०४ बमोजिम निर्माण व्यवसायीबाट Quality Assurance Plan(QAP) पेश गर्न लगाई स्वीकृत गरी निर्माण सामाग्रीहरुको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको तथा गुणस्तर प्रमाणित नभइकन नै भुक्तानी सिफारिस गरेको, Pile हरुको Depth डिजाईन बमोजिम नभएको वा डिजाईन बमोजिम निर्माण नगरेको तथा निर्माण भएको Pile हरुमा समेत Cavities भएको कारणले नै pile ले लोड लिन नसकी पुल भास्सिएको तथ्य प्रविधिक परीक्षण तथा विश्लेषणबाट समेत पुष्टी हुन आयो।

अत: निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाईन लेभल तथा Pier Height को सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको देखिँदा उक्त कार्यमा निर्माण व्यवसायी तथा निर्माण अवधिमा संलग्न सम्पूर्ण प्राविधिक कर्मचारीहरुको मिलेमतो भएको पुष्टी हुन आएको हुँदा उक्त कार्यमा संलग्न देहाय बमोजिमका १२ जना ब्यक्तिहरू उपर देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदावी लिइ आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

मदन कोइराला

उपसचिव एवं सहायक प्रवक्ता

Skip This
Skip This
Logo