सवारी चालक अनुमति पत्र सरकारले नदिएपछि बहिरा नागरिकहरु समेत सडक आन्दोलनमा उत्र्न बाध्य भएका छन । संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई तत्काल सवारी चालक अनुमति पत्रको व्यवस्था गर्न माग गर्दै बहिरा नागरिकहरुले शुक्रबार बिहान काठमाडौंको माईतीघर मण्डलामा धर्ना दिएका हुन । "/>

‘म बहिरा, सवारी साधन चलाउन नपाउने ?’ (भिडियोसहित)

‘म बहिरा, सवारी साधन चलाउन नपाउने ?’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

सवारी चालक अनुमति पत्र सरकारले नदिएपछि बहिरा नागरिकहरु समेत सडक आन्दोलनमा उत्र्न बाध्य भएका छन । संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई तत्काल सवारी चालक अनुमति पत्रको व्यवस्था गर्न माग गर्दै बहिरा नागरिकहरुले शुक्रबार बिहान काठमाडौंको माईतीघर मण्डलामा धर्ना दिएका हुन ।

२०६१ सालदेखि सवारी चालक अनुमति पत्र दिन सरकारको विभिन्न निकायमा गरिएको आग्रह सुनुवाई नभएपछि आफूहरु सडक आन्दोलनमा गर्न बाध्य हुनु परेको राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारीले जानकारी दिए  । महासंघले सवारी चालक अनुमति पत्र पाउनुपर्ने आफूहरुको माग तत्काल सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

महासंघले २०६१ साल पुस ९ गतेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागसँग पटक–पटक सवारी चालक अनुमति पत्र दिन माग गर्दै आएपनि त्यसलाई सरकारले बेवास्ता गरेपछि सडक आन्दोलन सूरु गरेको हो । ‘म बहिरा, सवारी साधन चलाउन नपाउने ?’ लेखिएको प्लेकार्डसहित शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका उनीहरुले चालक अनुमति पत्र अव पनि नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन ।

उनीहरुले ५ सय भन्दाबढि बहिरा नागरिकहरु सवारी चलाउन सक्ने भएपनि सरकारले चालक अनुमति पत्र नदिएर अप्ठयारोमा पारेको गुनासो पनि गरेका छन । अध्यक्ष अधिकारीले सवारी चालक अनुमति पत्र तत्काल उपलब्ध गराउन र त्यसका लागि आवश्यक परे छलफलका लागि बोलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

Logo