नेपाल एसबिआई बैंकद्धारा चौदण्डीगढी नगरपालिकामा सिसिटीभी हस्तान्तरण

नेपाल एसबिआई बैंकद्धारा चौदण्डीगढी नगरपालिकामा सिसिटीभी हस्तान्तरण

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल एसबिआई बैंक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिवृद्धि गर्ने उद्देश्यले सिसिटीभी हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले नगरपालिकाका उप–मेयर मनिका देवी दुलाललार्र्ई एक कार्यक्रमका बिच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

Skip This
Skip This
Logo