इस्तानबुल । इरानको विदेशमन्त्री इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को बैठकका लागि शनिबार इस्तानबुल आइपुगेका छन् ।
इरानको तस्निम न्युज एजेन्सीका अनुसार इजरायल र इरानबीच क्षेप्यास्त्र आक्रमण जारी रहँदा करिब ४० जना कूटनीतिज्ञ ओआईसीको सप्ताहान्तमा हुने भेलामा सहभागी हुने छन् ।
अराघचीले शुक्रबार जेनेभामा बेलायत, फ्रान्स र जर्मनीका आफ्ना समकक्षीसँग भेटवार्ता गरेका थिए । “यस बैठकमा इरानमाथि इजरायली आक्रमणको मुद्दालाई इरानको सुझाव अनुसार विशेष रूपमा छलफल गरिनेछ,” अराघचीले भने ।
इरानले आणविक हतियार विकास गर्न लागेको भन्दै यसलाई रोक्न इजरायलले जुन १३ को बिहानै आक्रमण सुरु गरेको थियो । दुई कट्टर प्रतिद्वन्द्वीबीचको सबैभन्दा खराब मुठभेडमा तेहरानले तत्काल प्रतिशोध लिएको थियो।
अराघचीले शुक्रबार इजरायलको ‘आक्रामकता रोकिएमा’ तेहरान फेरि ‘कूटनीतिमा विचार गर्न’ तयार रहेको बताएका छन् ।
इरानमा गत सातादेखि शुरु भएको इजरायली आक्रमणमा परी ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले शनिबार अद्यावधिक गरेको विवरणमा जानकारी गराएको छ ।





























प्रतिक्रिया