हिमालय कलेज अफ इन्जिनियरिङद्धारा २०७६/०७७ ब्याचका विद्यार्थीको विदाई, अब्बल दर्जाको नागरिक बन्न सुझाव

हिमालय कलेज अफ इन्जिनियरिङद्धारा २०७६/०७७ ब्याचका विद्यार्थीको विदाई, अब्बल दर्जाको नागरिक बन्न सुझाव

केन्द्रबिन्दु
1.64k
Shares

काठमाडौं । हिमालय कलेज अफ इन्जिनियरिङले स्नातक तहमा अध्ययन गरेका विद्यार्थीलाई विदाई गरेको छ ।

आइतबार कलेजमा औपचारीक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई विदाई गरिएको हो । हिमालय कलेज अफ इन्जिनियरिङले २०७७ मा आर्किटेक्चर विषयमा भर्ना भएका विद्यार्थी र सोहि वर्षमा सिभिल इन्जिनियरिङ, कम्प्युटर, इलेक्ट्रोनिक्स, कम्युनिकेशन एन्ड इन्फर्मेसन, बीएससीसीआईटी र बीसीए विषयमा भर्ना भएका ३ सय विद्यार्थीहरूलाई सम्मानसहित बिदाइ गरेको छ ।

बिदाइ कार्यक्रममा कलेजका प्राध्यापक, विद्यार्थी, कर्मचारी तथा व्यवस्थापन पक्षका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कलेजले चार वर्षे इन्जिनियरिङ र पाँच वर्षे आर्किटेक्चर शिक्षाको सफल समापन गरेका विद्यार्थीहरूको भविष्यप्रति शुभकामना दिँदै बिदाइ कार्यक्रम आयोजना गरेको हो ।

कलेजका निर्देशक किशोर गौतमले विद्यार्थीहरुले ४/५ वर्षमा सिकेका ज्ञान र सीपले समाजमा परिवर्तन ल्याउनेमा विश्वस्त रहेको बताए । उनले भने, ‘हामीलाई विश्वास छ, हाम्रा विद्यार्थीहरूले चार वा पाँच वर्षको शैक्षिक यात्रामा सिकेका ज्ञान र सीपले समाजमा परिवर्तन ल्याउनेछन् । विद्यार्थीहरु जुनसुकै देशमा गएर पढेपनि वा काम गरेपनि तर देशको सेवाको भावना लिएर देशमै फर्किनुपर्नु पर्छ । देशलाई दक्ष युवा जनशक्तिको खाँचो छ ।’

उनले थप भने, ‘विद्यार्थीहरूले लिएको शिक्षालाई व्यवहारमा कसरी उतार्ने भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । केवल सर्टिफिकेटको लागि पढ्नुभन्दा पनि अब्बल दर्जाको नागरिक बन्ने प्रयास गर्नुपर्छ । नेपालमा इन्जिनियर, आईटी विज्ञ, आर्किटेक्ट जस्ता दक्ष जनशक्तिको अभाव छ । हामीलाई अब यही देशमा बसेर केही गर्नुपर्छ भन्ने भावना आवश्यक छ ।’

त्यस्तै उनले थपे, ‘वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई सुझाव दिँदै निर्देशक गौतमले भने, पैसा तिरेर होइन, स्कलरशिपमा जानुहोस् र, पढाइ सकेपछि फर्किएर यो मुलुकमा केही न केही परिवर्तन ल्याउने अठोटका साथ फर्कनुहोस्, देशलाई अहिले युवाको खाँचो छ ।’

कार्यक्रममा उनले इन्जिनियर, डाक्टर, शिक्षकजस्ता विज्ञहरूको गाउँगाउँमा अभाव रहेको उल्लेख गरे । ‘नेपाल अब आईटीको हब बन्ने चरणमा पुगेको छ । युवाहरूले यहीँ बसेर आईटी कम्पनीहरू सञ्चालन गर्ने हो भने, हामीले नेपालमै रोजगारी सिर्जना गर्न सक्छौं ।’ उनले भने ।

अब देशमै केही गर्ने सोच विकास गर्नुपर्छ उनले स्पष्ट पारे । कलेजबाट विदा हुदाँ विद्यार्थीको अर्काे सिकाईको यात्रा सुरु हुने भन्दै विद्यार्थीलाई उज्वल भविश्यको शुभकामना दिए ।

विद्यार्थीहरुले पनि हिमालय कलेजको माया र सम्झना जहाँ गएपनि सदैव एउटै रहने भन्दै कलेजमा विताएका पलहरुको बारेमा उजागर गरे र प्राध्यापहरुबाट सिकेको ज्ञान र सिपलाई अनुशरण गर्ने बाचा पनि गरे ।

कार्यक्रममा जुनियर विद्यार्थीहरुले गीत तथा नृत्यमार्फत विदाई गरे ।

Skip This
Skip This
Logo