नेपाल र भारतका संगीतकर्मीबीच रोयल्टी बाँडफाँटको सम्झौता

नेपाल र भारतका संगीतकर्मीबीच रोयल्टी बाँडफाँटको सम्झौता

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाल र भारतका संगीतकर्मीबीच संगीत रोयल्टी संकलन तथा वितरणबारे द्विपक्षीय सम्झौता भएको छ ।

जापानमा आयोजित एक कार्यक्रममा नेपालको ‘पर्फमर्स सोसाइटी अफ नेपाल’ र भारतको ‘इण्डियन सिंगर्स एण्ड म्युजिसियन राइट्स एसोसिएसन’बीच लिखित सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल तर्फबाट संस्थाका उपाध्यक्ष निर्णय एनएसके र भारततर्फबाट एसोसिएसनका संस्थापक सञ्जय टन्डनले हस्ताक्षर गरे ।

सम्झौताअनुसार भारतीय कलाकारको गीत नेपालका सार्वजनिक थलोमा बजेबापत भारतीय कलाकारलाई रोयल्टी तिर्नुपर्नेछ । होटल, रेस्टुरेन्ट, रेडियो, यातायात, बनभोज लगायतका थलोमा संगीत बजेबापत रोयल्टी रकम तिर्नुपर्नेछ ।

भारतमा नेपाली कलाकारको गीत बज्दा भारतले पनि नेपाललाई रोयल्टी बुझाउनुपर्नेछ ।

Skip This
Skip This
Logo