कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातादेखि तालाबन्दी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातादेखि तालाबन्दी

केन्द्रबिन्दु
9
Shares

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले तालाबन्दी गरेको एक साता बितिसक्दा पनि जिम्मेवार पदाधिकारीले कुनै चासो दिएका छैनन् ।

कर्मचारीहरुले जेठ २६ गतेदेखि जुम्लामा पदाधिकारी कार्यकक्ष र सम्पूर्ण प्रशासनमा तालाबन्दी गरेको हुन् । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको पदावधी सकिन केहि दिन मात्र बाँकी रहँदै गर्दा आफ्ना नजिकका आसेपासेलाई भर्ति गर्न नियम विपरित विज्ञापन प्रकाशन गरिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका थिए ।

कर्मचारीहरुले यस अघि प्रेस विज्ञप्ति जारी गर्दै जुम्लामा प्रतिष्ठान कार्यालयमा तालावन्दी गरिएकोे अवस्थालाई ब्यवस्था गर्दै प्रतिष्ठानका का.वा उपकुलपति तथा शिक्षाअध्यक्ष डा. डवलबहादुर धामी भागेर काठमाडौंमा पुगेका छन् ।

प्रतिष्ठानमा आन्दोलनरत कर्मचारीहरुसँग वार्ता गरि छलफल समस्या समाधानको बाटोतर्फ भन्दा पनि काठमाडाैंमा रहेको सम्पर्क कार्यालयको ताला फोडेर बसेका छन् ।

असार ३ गते रजिष्ट्ररको कार्यकाल सकिसकेको छ । का.वा. उपकुलपति डा. डवल बहादुर धामीले आन्दोलनरत कर्मचारीहरुसँग बसी वार्ताको माध्यमबाट निकास निकाल्नुको साटो उल्टै आन्दोलनरत पक्षसँग बार्गेनिङ गर्दै आफू निकटका केही ब्यक्तिहरुलाई जागिर खुवाउने सोचमा देखिएको प्रतिष्ठानका बरिष्ठ प्रशासकीय अधिकृत द्धन्द बहादुर शाहीले बताए ।

‘जेठ २३ गते प्रतिष्ठानको वेबसाइटमा प्रकाशन भएको विज्ञापनमा प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले गम्भिर ध्यानाकर्षण भएको भन्दै आसेपासेलाई भर्ति गर्ने उद्देश्यका साथ विज्ञापन प्रकाशन गरिएकोमा हामी आन्दोलित भएका हौँ’ उनले भने, प्रतिष्ठानको वेभसाइडमा प्रकाशन भएको विज्ञापन कार्यकारी परिषद्बाट स्वीकृत गराई विज्ञापन गर्नुपर्नेमा रजिष्ट्रारको एकल निर्णयले विज्ञापन गरेको तथा प्रकाशित विज्ञापन प्रतिष्ठानको सभाबाट स्वीकृत दरवन्दी किताबमा समेत नभएको पदहरु समेत राखी विज्ञापन गरिनुमा कुनियत हो ।

कर्मचारीहरुले प्रकाशित विज्ञापन रद्ध गर्न दिएको ४८ घण्टाको समय बितिसक्दा पनि प्रतिष्ठानका पदाधिकारीहरुबाट यस विषयमा कुनै पनि प्रतिक्रिया नआएको भन्दै ताला बन्दीसम्म पुग्नुपरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी युनियनका अध्यक्ष खगेन्द्र प्रसाद उपाध्यायले बताए ।

तालाबन्दी भएको एक साता बितिसक्दा पनि ताला खोलाउनतर्फ भन्दा पनि काठमाण्डौमा गएर उपकुलपति बन्ने दौडमा होमिनतर्फ का.वा. उपकुलपति एवं शिक्षाअध्यक्ष डा. डवल धामी ब्यस्त छन् ।

उनले भने, ‘जिम्मेवार पदाधिकारीले समस्या समाधान गर्नतर्फ लाग्नु पर्नेमा समस्या बाट भागेर काठमाडौं जानु राम्रो होइन । का.वा. उपकुलपतिको जिम्मेवारीमा हुँदा समेत प्रतिष्ठानका साना साना समस्याहरुबाट भाग्ने ब्यक्ति उपकुलपति भइ आउँदा प्रतिष्ठानको दीर्घकालिन विकासका लागि यस्ता पदाधिकारीबाट के अपेक्षा राख्ने भन्दै आन्दोलनरत कर्मचारीहरुले दुखेसो पोखेका छन् ।’

आन्दोलनरत कर्मचारीहरुले ४८ घण्टा भित्र का.वा. उपकुलपति धामीलाई जुम्लामा स्वयं उपस्थित भइ समस्या समाधान नगरे शैक्षिक कार्यक्रम लगायत काठमाडाैंस्थित सम्पर्क कार्यालयमा समेत पुनः तालाबन्दी गरिने भन्दै विज्ञप्ती निकालेका छन् । उक्त विज्ञप्तिमा आफ्नो जिम्मेवारी पूरा नगरे आन्दोलनरत कार्यक्रमबाट उत्पन्न हुने घटनाको जिम्मेवार स्वयं‌ का.वा. उपकुलपति हुने उल्लेख गरको छन् ।

Skip This
Skip This
Logo