एजेन्सी । बाघ, सिंह र चितुवा जस्ता जनावरहरु लामो समयसम्म लोप हुने खतरा बढिरहेको छ । संसारभरका पर्यावरणविद् र वैज्ञानिकहरु यसको संरक्षण र प्रवद्र्धनको प्रयासमा व्यस्त छन् । "/>

पहिलो पटक टेस्ट ट्यूब बेबी प्रविधि जनावरमा प्रयोग, जन्मिए दुई सिंह

पहिलो पटक टेस्ट ट्यूब बेबी प्रविधि जनावरमा प्रयोग, जन्मिए दुई सिंह

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बाघ, सिंह र चितुवा जस्ता जनावरहरु लामो समयसम्म लोप हुने खतरा बढिरहेको छ । संसारभरका पर्यावरणविद् र वैज्ञानिकहरु यसको संरक्षण र प्रवद्र्धनको प्रयासमा व्यस्त छन् । संसारमा पहिलो पटक टेस्ट ट्यूब बेबी प्रविधि जनावरमा पनि सफलतापूर्वक प्रयोग गरिएको छ ।

दक्षिण अफ्रिकामा अफ्रिकी सिंहनी अनुसन्धान गर्ने वैज्ञानिकहरुले टेस्ट ट्यूब बेबी प्रविधिबाट सिंहको दुई वटा बच्चा जन्माईएको छ । यसअघि यो प्रविधि मानिसमा लागू थियो । अफ्रिकी देशहरुमा सिंहको प्रजातिहरु लोप भइरहेका छन् ।

दक्षिण अफ्रिकामा अफ्रिकी पोथी सिंहको प्रजनन प्रणालीको अध्ययन गरिरहेका वैज्ञानिकहरुले टेस्ट ट्यूब बेबी प्रविधिबाट सिंहको बच्चा जन्माउन सफल भएका हुन् । यसको लागि प्रिटोरिया विश्वविद्यालयका वैज्ञानिकहरुले १८ महिना देखि अनुसन्धान गरिरहेका थिए ।

प्रिटोरिया मेमल रिसर्च इन्सिच्युटका डाइरेक्टर एण्ड्रे गान्सविण्डले भने, ‘यी बच्चाहरु २५ अगस्टमा जन्मेका हुन् । तिनीहरुमा एक भाले र एक पोथी छन् । दुबै स्वस्थ छन् ।’ करिब १८ महिनाको परीक्षणपछि वैज्ञानिकले यो सफलता हासिल गरेको उनले बताए ।

यसको लागि एउटा स्वस्थ्य सिंहको शुक्राणु लिएको थियो । त्यसपछि, जब पोथी सिंहको हर्मोन स्तर सामान्य अवस्थामा थियो, शुक्राणु कृक्रिम रुपमा यसको गर्भाशयमा राखिएको थियो । अन्तत बच्चा जन्माउन सफल भएको उनी बताउँछन् ।

इन्टरनेशनल युनियन फर कञ्जरभेशन अफ नेचर (आईयूसीएन) को अनुसार २६ अफ्रिकी देशमा सिंहको प्रजाति लोप हुने खतरा छ । पछिल्लो २० वर्षमा यसको संख्या ४३ प्रतिशतले कमी आएको छ । हाल यहाँ लगभग २० हजार सिंहहरु मात्र बाँकी छन् ।

Logo