यी हुन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाका पहिलो हप्ताका १० विजेताहरु, बम्परमा १ करोड नगद पुरस्कार

यी हुन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाका पहिलो हप्ताका १० विजेताहरु, बम्परमा १ करोड नगद पुरस्कार

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत पहिलो हप्ताको भाग्यशाली विजेता ग्राहकहरु घोषणा गरेको छ । कान्तिपुर टिभी,एनसेल एप र कम्पनीको यूट्युव च्यानलमार्फ १/१ लाख नगद पुरस्कार जित्ने १० ग्राहकहरु छानिएका हुन् ।

विजेता ग्राहकहरुलाई कम्पनी आफैंले पनि सम्पर्क गर्ने र घोषणाभईसकेपछि नगद पुरस्कार लिनका लागि ढिलामा ३५ दिनभित्र कम्पनीको सम्पर्कमा आइसक्नुपर्ने एनसेलले जनाएको छ । यो योजनामा एक जनाले१ करोड नगद बम्पर बाहेक १२ हप्तासम्म प्रत्येक हप्ता १०/१० जनाले १/१लाख गरि १२० जनाले जनही १ लाख नगर पुरस्कार पाउँछन् ।

यो पहिलो हप्ता १ लाख नगर पुरस्कार जित्ने १० वटा टिकट नम्बरहरु निम्न अनुसार रहेका छन् ।

डब्लु१–००१३११७१
डब्लु१–००५५२२८१
डब्लु१–०११४६१८७
डब्लु१–०१७९५६४५
डब्लु१–०२१०२६७६
डब्लु१–०३६६१८३३
डब्लु१–०३७९१८४०
डब्लु१–०४३९४३८०
डब्लु१–०४८५६२३१
डब्लु१–०५७३०६४७

के हो सधैं अन करोडपति योजना?

‘सधैँ अन करोडपति’ योजना एनसेलले लामो समयको अन्तरालपछिसञ्चालनमा ल्याएको एक ठूलो ग्राहक योजना हो । योजनाको अन्तिममा १जना भाग्यशाली विजेता ग्राहकले नगद १ करोड बम्पर पुरस्कार पाउनेछन् ।

यो योजनामा नगद पुरस्कारका साथै सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्दछन् । आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार संचालन भैरहेको यो योजना असार १ देखि १२ हप्ताका लागि सञ्चालनमा रहने एनसेलले बताएको छ ।

कसरी सहभागी हुने ?

यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दामाथिको कुनै पनि एनसेल सेवा—जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइसप्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्दछ ।

ग्राहकहरूले *१२३# डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वाएनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेलसेवाहरु लिन सक्छन् । त्यसैगरी एनसेल प्याक खरिद समर्थनगर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिन्छ ।

हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटाटिकट प्राप्त गर्छन् । यदि ग्राहकहरुले ४९९ रुपैयाँ बराबरको सेवा खरिदगर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त गर्दछन् । यसको मतलब प्याककोमूल्य जति बढी भयो जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ ।

यस योजनाको अर्को विशेषता भनेको रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दाग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका प्राप्त गर्ने हो । उदाहरणकालागि, सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा १ वटा टिकटप्राप्त हुन्छ, तर यदि त्यो सेवा रिन्यूअल वा रोमिङ हो भने ग्राहकले २ वटाटिकटहरु प्राप्त गर्दछन् ।

आफ्नो टिकट कसरी थाहा पाउने ?

ग्राहकहरुले आफूले सेवा खरिद गरिसकेपछि एसएमएसमार्फत एक लिङ्क पाउँछन् । सो लिङ्कमा गई उनीहरुले आफूले पाएको टिकटहरु हेर्न सक्छन्। एनसेल एपमार्फत, *९९९९# डायल गरेर, वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफूले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको एनसेलले जनाएकोछ ।

कुनैपनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य छन् । पोस्टपेड प्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्नेछन् । हरेक रिन्यूअलमा टिकटहरू स्वचालित रूपमा जारी हुन्छन् ।

विजेता कसरी छानिन्छ ?

यस योजना अवधिभर प्रत्येक आइतबार साँझ ६:३० देखि ७:०० बजेको समयामा एनसेल यूट्युव च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत प्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिन्छ । नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधैं सम्पर्क पनि गर्नेछ ।

Logo