बालुवाटारमा सत्तापक्षीय दलहरू छलफलमा

बालुवाटारमा सत्तापक्षीय दलहरू छलफलमा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्षीय दलहरू छलफलमा जुटेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने तयारी छ । तर सत्तापक्षकै सांसदहरुबाट चर्को आलोचना भएका कारण त्यसमा एकमत जुटाउन दलहरू छलफलमा लागेका हुन् ।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्ण सिटौला, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, जनमतका सिके राउत, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ सहभागी छन् ।

विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेस एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेका छन् ।

Skip This
Skip This
Logo