काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट विनियोजनमा ‘आफ्नै हात जगन्नाथ’ गरेका छन् । गण्डगी प्रदेशको बजेट आफ्नै निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर– २ को (क) मा केन्द्रित गरेका हुन्।
मुख्यमन्त्री पाण्डेको निर्वाचन क्षेत्रमा पर्ने एउटा सडक निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा १९ करोड ८२ लाख विनियोजन गरिएको छ। उक्त बजेट समग्र मुस्ताङका लागि विनियोजित बजेटभन्दा बढी रहेको पाइएकाे छ ।
पूर्वाधार विकास कार्यालय मुस्ताङका लागि जम्मा १९ करोड ४१ लाख ६८ हजार रुपैयाँ बराबरको मात्रै योजना परेका छन्। त्यस्तै, मुस्ताङमा मात्रै होइन, हिमालपारिकै अर्को जिल्ला मनाङमा पनि न्यून बजेट विनियोजन गरिएको छ। मनाङमा १८ योजनाका लागि २० करोड ३२ लाख रुपैयाँको मात्रै बजेट छुट्याइएको छ।
गण्डकीको बजेटमा मुख्यमन्त्री पाण्डेको गृहजिल्ला गोरखामा मात्रै एक अर्ब ५९ करोड ७६ लाख ६ हजार रुपैयाँ विनियोजित भएको छ। सो बजेट गोरखाका विभिन्न एक सय ५४ वटा योजनाका लागि विनियोजन गरिएको हो।
पूर्वमुख्यमन्त्री तथा सत्तारुढ दल नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीको गृह जिल्ला कास्कीमा एक अर्ब ८४ करोड २२ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
शक्तिशाली नेता र मन्त्रीको गृहजिल्लामा गण्डकीको बजेट केन्द्रित भएपछि विपक्षी दलहरू मात्र होइन सत्तारुढ दलकै केही सांसद रुष्ट छन्। माओवादीले बजेटमा विभेद गरेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो































प्रतिक्रिया