काठमाडौं । पाटन प्याथ ल्याबले ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई स्वास्थ्य परीक्षण तथा सुविधाहरुमा छुट दिने भएको छ । बैंक र पाटन प्याथ ल्याबबीच भएको सम्झौता अनुसार स्वास्थ्य परीक्षण तथा अन्य प्रदान गरिरहेको सुविधामा छुट दिने भएको हो । "/>

ग्लोबल आइएमई बैंकका ग्राहकले पाटन प्याथ ल्याबमा छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकले पाटन प्याथ ल्याबमा छुट पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पाटन प्याथ ल्याबले ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई स्वास्थ्य परीक्षण तथा सुविधाहरुमा छुट दिने भएको छ । बैंक र पाटन प्याथ ल्याबबीच भएको सम्झौता अनुसार स्वास्थ्य परीक्षण तथा अन्य प्रदान गरिरहेको सुविधामा छुट दिने भएको हो ।

बैंकले ल्याबसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय परिक्षणमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो । सम्झौतापत्रमा पाटन प्याथ ल्याबका अक्ष्यक्ष रेशम भट्टराई र बैंकका कार्ड बिक्री तथा बजार व्यवस्थापन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन्।

अब पाटन प्याथ ल्याबमा परिक्षण गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले विभिन्न सेवामा ३५ प्रतिशत छुट पाउने छन्।

 

Skip This
Skip This
Logo