काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकपमा नेपालले आज पहिलो खेल खेल्दैंछ । सोमबारबाट सुरु भएको प्रतियोगितामा एउटा मात्रै उद्घाटन खेल भएको थियो । "/>

बंगबन्धु गोल्डकपमा नेपालले आज ताजिकिस्तानको सामना गर्दै

बंगबन्धु गोल्डकपमा नेपालले आज ताजिकिस्तानको सामना गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकपमा नेपालले आज पहिलो खेल खेल्दैंछ । सोमबारबाट सुरु भएको प्रतियोगितामा एउटा मात्रै उद्घाटन खेल भएको थियो । आजदेखि नयाँ संस्करण सुरु हुन लागेको हो । डिफेन्डिङ च्याम्पियन नेपालले आज ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको सिलेट डिस्ट्रिक रंगशालामा नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरू हुनेछ। सन् २०१६ मा भएको चौथो संस्करणमा नेपालले बहराइनको यू–२३ टोलीलाई हराएर उपाधि जितेको थियो।

हालै सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको नेपालले बलियो मानिएका ताजिकिस्तान र प्यालेस्टाइनसँग समूह चरणमै प्रतिस्पर्धा गर्नुपर्नेछ। फिफा बरियातामा नेपालभन्दा ४० स्थान माथि रहेको ताजिकिस्तानसँग नेपालले गत वर्ष दुई खेलमा हार ब्यहोरेको थियो ।

एएफसी एशियन कप छनोटको तेस्रो चरणमा नेपालले ताजिकिस्तानसँग घरेलु मैदानमा २–१ गोलको पराजय ब्यहोरेको थियो भने ताजिकिस्तानको मैदानमा ३–० ले पराजित भएको थियो।

Skip This
Skip This
Logo