–शेरबहादुर सिंह

गत असोजको पहिलो साता काठमाडौँमा सम्पन्न खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यू–१५ महिलातर्फ कञ्चनपुरकी विश्ना विष्ट उपविजेता भइन् । "/>

आफ्नै लगानीमा खेल्दै खेलाडी

आफ्नै लगानीमा खेल्दै खेलाडी

केन्द्रबिन्दु
0
Shares

–शेरबहादुर सिंह

गत असोजको पहिलो साता काठमाडौँमा सम्पन्न खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यू–१५ महिलातर्फ कञ्चनपुरकी विश्ना विष्ट उपविजेता भइन् । जिल्लाकै प्रतिनिधित्व गर्दै व्याडमिन्टन प्रतियोगितामा उपविजेता बनेकी विश्ना विगत तीन वर्षदेखि भीमदत्तनगरस्थित कभर्डहलमा अभ्यास गर्दै आएकी छिन् ।

उपाधि जित्दा जिल्लाको समेत सान बढ्छ । विश्नासँगै अन्य यहाँका दुई खेलाडीले व्याडमिन्टनमा आफ्नो स्थान पक्का गर्दा पनि खेलकूद सम्वद्ध निकाय भने त्यसबारे बेखबर जस्तै छ । विश्नासँगै निलिमा महरा र हिमाल चन्द कञ्चनपुरबाट आफ्नै खर्चमा काठमाडौँमा प्रतियोगितामा सहभागी भएका थिए । निलिमा र हिमाल यू–१५ मा एकल तर्फ तेस्रो भए ।

“तीन खेलाडीले प्रतियोगितामा भाग लिन जाँदा रु २२ हजार खर्च भयो,” कञ्चनपुर पुगेकी विश्नाले दुःखेसो पोख्दै भनिन, “प्रतियोगितामा भाग लिन जाँदासमेत आफै खर्च गर्नुपर्ने अवस्था छ, सङ्घ र जिल्ला खेलकूद विकास समितिले सहयोग गरेन ।”

तीन वर्षदेखि कञ्चनपुर व्याडमिन्टन प्रशिक्षक बिहीन छ । लामो समय जिल्लामा जुनियर खेलाडी उत्पादनमा जुटेका व्याडमिन्टनका सिनियर खेलाडी विक्की थापा रोजगारीका लागि भारत गएपछि खेलाडी प्रशिक्षक बिहीन जस्तै छन् । पछिल्लो केही समययता व्याडमिन्टनकै अर्का सिनियर खेलाडी दिलबहादुर धामीले हरेक दिन विना पारिश्रमिक कभर्डहलमा खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । जिल्ला खेलकूद विकास समितिको त्यसतर्फ कुनै चासो छैन ।

“हामीले प्रतियोगितामा भाग लिन जाँदा व्याडमिन्टन सङ्घलाई समेत गुहारेका थियौँ,” अर्की खेलाडी निलिमाले भनिन् , “न यहाँ खेलाडीलाई केहि सहयोग छैन् । ”यहाँको आदर्श विद्या निकेतनमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययनरत निलिमा तीन वर्षदेखि व्याडमिन्टनमा आवद्ध छिन् । “बिहानको समयमा व्याडमिन्टन अभ्यास गर्छु”, उनले भनिन, “अहिलेसम्म तीन राष्ट्रिय प्रतियोगितामा सहभागी भए, त्यो सबै आफ्नै खर्चमा, कहिँकतैबाट सहयोग पाइएन ।”

चार राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेकी विश्ना इन्टरनेशनल पब्लिक स्कूलमा कक्षा–९ मा अध्ययनरत छिन । यस्तै हिमालले दुई राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेका छन् । “प्रतियोगितामा भाग नलिने हो भने ¥याङकिङमा पछि परिन्छ भन्ने चिन्ता रहन्छ,” निलिमाले भनिन्, “अन्यत्र जिल्लाका खेलाडीको सेवा सुविधा देख्दा लाज लागेर आउँछ ।”

कञ्चनपुर व्याडमिन्टनका लागि उर्वरभूमि रहेको बताउँदै खेलाडीहरु व्याडमिन्टन प्रशिक्षक केन्द्रबाट पठाउनु पर्ने माग गर्दै आएका छन् । “घरबाट सधैँ खर्च मागेर प्रतियोगिता खेल्न सकिन्न,” हिमालले भनिन, “खेलाडी बन्न त प्रशिक्षक पनि चाहियो ।”

जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्ट जिल्लामा २७ खेलकूद सङ्घ रहे पनि धेरैजसो सङ्घ निष्क्रिय रहेको बताउँछन् । “पाँच÷सात सङ्घ मात्रै खेलाडी, खेलकूदको विकासमा बढी अग्रसर भएर लागेका छन्,” उनले भने, “खेलकूद विकास समितिलाई सधैँ आर्थिक अभाव रहन्छ, खेलाडीलाई खेल सामग्री पु¥याउनसमेत समस्या छ ।” रासस

Logo