एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्न साढे ३ महिनाकी छोरी काखमा च्यापेर संयुक्त राष्ट्र संघको महासभामा पुगेकी छन् । सत्तामा आएदेखि नै चर्चामा रहेकी आर्डर्न जब महासभामा साढे ३ महिनाकी छोरी सहित पुगिन सबैले उनको प्रशंसा गरेका छन् ।
गएको जुनमा छोरी जन्माएकी उनी अविवाहित हुन् । देशको नेतृत्व सम्महालिरहेका बेला सन्तान जन्माउने उनी पछिल्लो ३० वर्ष यताकै पहिलो नेता हुन् । यसअघि पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले सत्तामै रहेका बेला सन्तान जन्माएकी थिइन्।
३८ वर्षकी ज्यासिन्डा ६ हप्ताको सुत्केरी बिदा सकेर काममा फर्किएको पनि दुई महिना भएको छ । छोरी निभ गेफोर्डको स्याहारमा ज्यासिन्डाका प्रेमी क्लार्क गेफोर्डले पूरा समय दिएका छन् ।
ज्यासिन्डा संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा सहभागी हुन साढे ३ महिनाकी छोरी निभसँगै पुगेपछि उनको निकै चर्चा भएको हो । ज्यासिन्डाले अमेरिकी सञ्चारमाध्यमसँगको कुराकानीको क्रममा आमा बनेपछि अभिभावक, आमा र विशेषगरी एकल आमाप्रतिको सम्मानमा वृद्धि भएको बताएकी छन् ।
उनीहरुमाथिको सम्मान अघि पनि रहेको तर आफू आमा बनिसकेपछि झन बढेको उनले बताएकी हुन् । आमा बनेपछि काम गर्न कुनै असजिलो नभएको उनले प्रतिक्रिया दिएकी छन् । तर उत्साह भने थपिएको उनले उल्लेख गरिन् ।
सन्तानसहित महासभामा पुग्ने पहिलो आमा प्रधानमन्त्री बनेकी छन् । १७ घण्टाको हवाई यात्रा तय गरेर उनी महासभाका लागि न्युयोर्क पुगेकी थिईन् ।





























प्रतिक्रिया