हेटौंडा

देशको केन्द्रीय राजधानी रहेको तीन नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरणबारे अन्यौल कायमै छ । "/>

स्थायी राजधानी र नामको विषयले प्रदेश सभामा प्रवेश नै पाएन : प्रदेश नं. ३

स्थायी राजधानी र नामको विषयले प्रदेश सभामा प्रवेश नै पाएन : प्रदेश नं. ३

केन्द्रबिन्दु
0
Shares

हेटौंडा

देशको केन्द्रीय राजधानी रहेको तीन नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरणबारे अन्यौल कायमै छ । तीन नम्बर प्रदेशसभा गठन भएको सात महिना बितिसक्दा पनि प्रदेशसभामा यसले औपचारिक प्रवेश पाएको छैन ।

प्रदेशसभा गठन भएको छ महिनाभित्र स्थायी राजधानी र प्रदेशको नाम टुङ्गो लगाउनु पर्ने संबैधानिक ब्यवस्था रहेको छ । गत असार २६ गते प्रदेश नम्बर तीनको स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्लालाई स्थायी राजधानीका लागि सिफारिस गर्दै सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो ।

हाल भारत भ्रमणमा रहेका सभामुख श्रेष्ठलाई प्रदेशसभा सदस्यहरुले राजधानीको विषय प्रवेश गराउन आग्रह गरिरहे पनि तयारी नपुगेको भन्दै उनले प्रदेशसभामा टेबल गराएका छैनन् ।

‘हामीले प्रतिवेदन बुझाएको पनि तीन महिना बित्न लाग्यो, तर प्रदेशसभामा यसले प्रवेश पाएको छैन’, स्थायी राजधानी सम्भाब्यता अध्ययन समितिका सभापति दीपक निरौलाले भने, ‘के कारणले प्रतिवेदन बिचैमा अड्किलो हामीलाई थाहा छैन ।’

काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई स्थायी राजधानीका लागि उपयुक्त हुने प्रस्ताव सहित समितिले प्रतिवेदन सभामुख श्रेष्ठलाई बुझाएको थियो ।
अन्नपूर्णबाट

Logo