बजेटमा विवाद भएपछि बागमती प्रदेश सभाको बैठक सर्यो

बजेटमा विवाद भएपछि बागमती प्रदेश सभाको बैठक सर्यो

केन्द्रबिन्दु
9
Shares

हेटौंडा । बजेटमा चर्को आलोचना भएपछि बागमती प्रदेश सभाको बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ ।

बैठक आज बिहान ११ बजे बस्ने तय भएपनि अन्तिम समयमा आएर स्थगित भएको हो ।

असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले कुल ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार बजेट प्रस्तुत गरेका थिए । आजदेखि बजेट तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची थियो । तर, बजेटमा बिचौलिया हाबी भएको भन्दै सत्तारुढ दलभित्रै आलोचना हुन थालेपछि बैठक सरेको बताइएको छ ।

Logo