काठमाडौं । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार गुण्डा नाइके समिरमानसिंह बस्न्यातलाई मुस्ताङ कारागार सरुवा गरिएको छ ।
कर्तव्य ज्यान र संगठित अपराध मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका उनलाई सोमबार बिहान मुस्ताङ कारगार सरुवा गरिएको हो । उनलाई बुद्ध एयरको फ्लाइटमार्फत मुस्ताङ पठाइएको कारागारका जेलर जीवन दुलालले जानकारी दिए । प्रशासनको आदेशमा उनलाई मुस्ताङ पठाईएको जेलर दुलालले बताए ।
चालचलन शंकास्पद देखिएकाले बस्नेतलाई कारागार साटिएको हो। जिल्ला अदालत काठमाडौँले बस्नेतलाई हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।





























प्रतिक्रिया