काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधविरूद्धको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन् ।
आज रास्वपाको कार्यालय, बनस्थलीमा पुगेर उनले यो अभियानमा हस्ताक्षर गरेका हुन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने सहकारी ठगीको आरोपमा हाल जिल्ला कारागार, रुपन्देहीको थुनामा रहेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले जिल्लाको आदेश बदर गरेर लामिछानेलाई २२ चैत २०८१ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसलगत्तै लामिछानेका तर्फबाट उनकी पत्नी निकिताले उनलाई थुनामुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । तर, सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले जेठ ९ गते बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरिदिएपनि हाल उनी कारागारमै छन् ।
यसबाट निराश बनेको रास्वपा सभापति लामिछानेको वक्तव्य बोकेर हस्ताक्षरमा जुटेको हो । भट्टराई यसअघि पोखरा पुगेर पनि लामिछानेलाई भेटेका थिए ।































प्रतिक्रिया