काठमाडाैं । इंग्ल्यान्डको अन्डर-२१ टोलीले युरो २०२५ को उपाधि रक्षा गरेकाे छ । आज भएकाे फाइनलमा जर्मनीमाथि सनसनीपूर्ण अतिरिक्त समयको जित हासिल गर्दै इंग्ल्यान्ड च्याम्पियन बनेकाे हाे ।
खेलको पाँचौँ मिनेटमै हार्भी इलियटले प्रतियोगिताको आफ्नो पाँचौँ गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि ओमारी हचिन्सनले शानदार प्रहारमार्फत अग्रता दोब्बर पारे।
इंग्ल्यान्डले खेलमा उत्कृष्ट सुरुवात गरेको थियो र हचिन्सन, इलियट र जेम्स म्याकाटीलाई नोआ अटुबोलुले गोल गर्नबाट रोकेका थिए भने जे स्ट्यान्सफिल्डले खाली पोस्टमा पनि गोल गर्न सकेनन्, जसले इंग्ल्यान्डलाई थप आक्रामक बनायो।
तर पहिलो हाफको इन्जुरी समयमा नेल्सन वाइपरले उत्कृष्ट हेडरमार्फत गोल गर्दै २-१ मा खेल फर्काए। त्यसपछि दोस्रो हाफको ६०औँ मिनेटमा पल नेबेलले घुमाउरो प्रहारमार्फत शीर्ष कुनामा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
९२ औँ मिनेटमा इंग्ल्यान्डका फरवार्ड रोवेले टायलर मोर्टनको उत्कृष्ट क्रसमा हेडरमार्फत गोल गर्दै नाटकीय जित दिलाएका हुन् ।































प्रतिक्रिया