एसईई उत्तीर्ण थुप्रै विद्यार्थीको मनमा संभवत अब के पढ्ने ? कहाँ पढ्ने ? जस्ता प्रश्नहरुले द्विविधा उत्पन्न गराएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । एसईईपछि विद्यार्थीहरु अर्को शैक्षिक अध्यायमा प्रवेश गर्दै गर्दा भविष्यबारे चिन्तित हुनु अस्वभाविक हैन ।
यो एक यस्तो प्रवेश विन्दु हो, जसले उनीहरुको सुदूर भविष्यको दिशा र गति पहिल्याउँछ । त्यसैले कक्षा ११ र १२ हरेक विद्यार्थीका लागि महत्वपूर्ण मोड हो । यस मोडमा आइपुगेपछि उनीहरुले बढी नै मिहेनत र तयारी गर्नु जरुरी हुन्छ । वास्तवमा माध्यमिक तहको यो अन्तिम मोड भनेको शैक्षिक खुड्किलो उक्लने आधार शिविर नै हो । यहाँ उनीहरुले गर्ने तयारी, अभ्यासले नै लक्षित चुचुरोमा पुग्ने वा नपुग्ने भन्ने मोटामोटी आधार तय गर्छ । हुन त करिअर वा लक्ष्य भन्ने कुरा निर्दिष्ट हुनैपर्छ भन्ने छैन, समय र परिस्थितिअनुसार एउटा कुरामा असफल भएपनि सँगसँगै धेरै सम्भावनाका बाटोहरु देखा परिरहेका हुन्छन् । तर प्लस टु विद्यार्थीले मेहनत गर्नै पर्ने प्राज्ञिक तह हो ।
माध्यमिक शिक्षाकै रुपमा परिभाषित गरिएपनि कक्षा ११ मा प्रवेश गर्दै गर्दा उच्च शिक्षाको आधार यहीँबाट तय हुने भएकाले यो चरण विद्यार्थीका लागि विशेष मानिन्छ । अर्थात् भोलि के बन्ने ? कस्तो पेशा–व्यवसाय रोज्ने ? कुन क्षेत्रमा करियर बनाउने ? यी सम्पूर्ण कुराको धरातल निर्माण गर्ने चरण हो, कक्षा ११ र १२ ।
कक्षा ११ र १२ मा विद्यार्थीले रोज्ने कलेज, छनौट गर्ने विषय, तयारी, मिहेनत आदिले उनीहरुको भविष्य निर्धारण गर्न सक्छ । घरको संरचना कस्तो वा कति अग्लो बनाउने ? यसको निर्धारण त्यसको जगले गर्छ । जग बलियो भए घर बलियो हुन्छ । कक्षा ११ र १२ करियरको जग हो, जहाँबाट विद्यार्थीले आफ्नो शैक्षिक संरचना ठड्याउन सक्छन् ।
सामुदायिक विद्यालयहरुले समेत उत्कृष्ट शैक्षिक वातावरणमा शिक्षा दिलाउन थालिसकेकाले पैसा खर्च गर्दा मात्र राम्रो शिक्षा पाइन्छ भन्ने भ्रमबाट विद्यार्थीहरु मुक्त हुन जरुरी छ ।
प्रविणता प्रमाणपत्र तह अर्थात् पीसीएललाई विस्थापित गर्दै स्थापित भएको तत्कालिन ‘प्लस टु ’ अर्थात् कक्षा ११ र १२ मा प्रवेश गर्न एसईई पार गर्नैपर्छ । त्यसो त कक्षा ११ र १२ लाई माध्यमिक तहकै शिक्षा अन्तर्गत समेटिएको छ । तर, एसईईको ‘फलामे ढोका’ नखोलेसम्म यो चरणमा उक्लन संभव छैन । एसईई पार गरेपछि विद्यार्थीले निश्चित विषयमा आफ्नो दक्षता हासिल गर्नका लागि कक्षा ११ र १२ ले केही विकल्प दिन्छ । त्यसअनुरुप विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षाशास्त्र लगायतका संकायअन्तर्गत करिब २०० विषयका पाठ्यक्रममा पठनपाठन हुने गरेको छ ।
यसरी करियर निर्माणको प्रवेश विन्दु भएकाले कक्षा ११ र १२ कहाँ पढ्ने, कुन कलेज रोज्ने, कुन संकाय छनौट गर्ने भन्ने कुरामा केही द्विविधा विद्यार्थी र अभिभावक दुवैमा हुनेगर्छ । एसईई उत्तीर्ण भएर पनि विद्यार्थी यो समयमा झन् बढि पिरोलिएका हुन्छन् । मुलुकभर थुप्रै विद्यालय छन् । ती सबैमा एकरुपता छैन । चाहे सेवा सुविधाको हिसाबले होस् वा पठन पद्दतीको । चाहे नतिजाको हिसाबले होस् वा उपलब्ध शैक्षिक स्रोतका हिसाबले । यस्तो पृष्ठभूमीमा आफ्नो लागि अनुकुल विद्यालय छनौट गर्न पक्कै पनि विवेकसम्मत निर्णय जरुरी हुन्छ । पछिल्लो समयमा निजी मात्र होइन, सामुदायिक विद्यालयहरुले समेत उत्कृष्ट शैक्षिक वातावरणमा शिक्षा दिलाउन थालिसकेकाले पैसा खर्च गर्दा मात्र राम्रो शिक्षा पाइन्छ भन्ने भ्रमबाट विद्यार्थीहरु मुक्त हुन जरुरी छ ।
एसईई पार गरेपछि विद्यार्थीले निश्चित विषयमा आफ्नो दक्षता हासिल गर्नका लागि कक्षा ११ र १२ ले केही विकल्प दिन्छ ।
कक्षा १० सम्मको एकप्रकारको पठन शैली र अध्यापनको तरिकाभन्दा फरक हुने भएकाले पनि कक्षा ११ लाई अध्यापन र भविष्यको प्रवेशद्वारको रुपमा लिइएको छ । यहाँ विद्यार्थीको मेहनत र शिक्षकवर्गको अनुभवको संगम आवश्यक पर्छ । जुन संकाय वा विषय वा जुनसुकै शैक्षिक संस्था छनौट गरे पनि विद्यार्थीले लगनशिल भएर मेहनत गर्दा उसले आफ्नो लक्ष्य हासिल गर्ने पक्का छ । पछिल्लो समयमा आफू अध्ययन गरेकै विद्यालयबाट पनि कक्षा १२ सम्मको अध्ययन पूरा गर्ने ट्रेन्ड सुरु भएको छ । यो पनि सकारात्मक पक्ष नै हो ।
निजी तथा सामुदायिक शैक्षिक संस्थाले अहिले आफ्नो अध्यापनमा अत्याधुनिक प्रविधिको माध्यम अपनाएका छन् । खासगरी क्षमतावान् फ्याकल्टी भएको शैक्षिक संस्था रोज्दा विद्यार्थीको शैक्षिक प्रगतिको सम्भावना बलियो हुन्छ । एसईईपछिको अध्ययनका लागि उपयुक्त शिक्षण संस्थाको खोजीमा रहेका विद्यार्थी र अभिभावकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यहाँ केही शैक्षिक संस्था र उनीहरुले समेटेका कार्यक्रमबारे जानकारी दिने प्रयास गरेका छौं । हामीले यहाँ समेटेका प्लस टुहरु उत्कृष्ट पक्कै हुन् तर यी मात्रै उत्कृष्ट हुन् भनेर ठोकुवा भने गर्दैनौँ । यहाँ उल्लेख भएका शैक्षिक संस्था विद्यार्थीका लागि सही शैक्षिक गन्तव्य सिद्ध हुनेमा भने ढुक्क रहन सकिन्छ ।
छनौटको आधार
राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा विगतमा हासिल गरेको शैक्षिक नतिजा, नेपाल सरकार शिक्षा मन्त्रालयले गरेको पुरस्कारको आधार, विद्यार्थीको छनोट, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता हामीले नजिकबाट गरेको अध्ययन र अनुसन्धान, राम्रो विद्यालय बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको शैक्षिक ‘प्लेसमेन्ट’ अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थिति लगायत मापदण्डलाई हामीले उत्कृष्ट शैक्षिक संस्था छनोटको आधार बनाएका छौं ।यहाँ उल्लेख भएका शैक्षिक संस्था विद्यार्थीका लागि सही शैक्षिक गन्तव्य सिद्ध हुनेमा भने ढुक्क रहन सकिन्छ ।
प्रमुख मापदण्डको रुपमा लामो समयदेखि शैक्षिक गुणस्तरमा सम्झौता नगरी संचालनमा आएका विद्यालयहरुलाई प्राथमिकता दिइएको छ । उत्कृष्ट शिक्षालयको रुपमा धेरै विद्यार्थीको रोजाइमा परेका विद्यालय÷कलेज यसमा समेटिएका छन् । पास आउट विद्यार्थीको पर्फमेन्स पनि एउटा आधार हो भने राष्ट्रिय परीक्षा बोर्डले ‘रिकग्नाइज’ गरेका शिक्षण संस्था पनि समेटिएका छन् । धेरै भन्दा धेरै विद्यार्थीमा ३ दशमलव २ जीपीएभन्दा बढी र ४ जीपीए हासिल गराउने शैक्षिक संस्थाहरु टप ट्वेन्टी र्याङ्किङ मापदण्डको अर्को आधार हो । पछिल्लो समयमा भौतिक संरचनामा वृहत लगानी गर्दै आएका शैक्षिक संस्थालाई पनि उत्कृष्ट २० को सूचीमा प्राथमिकता दिइएको छ ।
कतिपय अब्बल शिक्षण संस्था यस छनौट प्रकृयामा सहभागी हुन अनिच्छुक देखिएकाले उत्कृष्ट २० को सूचीमा समेटिएको छैन । कम विद्यार्थी पढाएर शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय पनि समाविष्ट छैनन् । यस्तै, विभिन्न वर्षका शैक्षिक परिणाममा ठूलो अन्तर देखिएका अर्थात् उतारचढावपूर्ण नतिजा देखिएका शैक्षिक संस्था पनि यसमा समावेश छैनन् । हामीले यहाँ प्रस्तुत गरेका राम्रा ‘प्लस टु’ माथि आफैं अध्ययन गरेर आफ्ना लागि कुन उपयुक्त हुन्छ भन्ने कुराको यकिन अभिभावक र विद्यार्थीले आफैं गर्न सक्छन् ।
कक्षा ११ र १२ अध्ययनका लागि हामीले काठमाडौंसहित देशभरका विद्यालय/कलेजलाई समेट्ने प्रयास गरेका छौं । राम्रो व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी, अनुभवी प्राध्यापक, पूर्वाधारमा लगानी, समय र परिवेश सुहाउँदो पाठ्य सामग्रीले गर्दा यी शिक्षण संस्था अब्बल हुन भन्नेमा विश्वस्त हुन सकिन्छ । यिनै विषयलाई हामीले उत्कृष्ट शैक्षिक संस्था छनौटको आधार बनाएका छौं । यसरी करिब ३ दर्जन विद्यालय/कलेज संचालन गर्ने शैक्षिक संस्थालाई यो सामग्रीमा समेटिएको छ । उत्कृष्ट तर उस्तै–उस्तै शैक्षिक परिणाम रहेका धेरै शैक्षिक संस्थालाई समेट्ने क्रममा कतिपय शैक्षिक संस्थालाई एउटै नम्बरमा समेटेर लैजानुपरेको छ ।
उत्कृष्टको सूचीमा एकल कार्यक्रम कक्षा ११ र १२ मा मात्र केन्द्रित रहँदै ‘एकल कार्यक्रम एकल व्यवस्थापन’ अन्तर्गत उत्कृष्ट शैक्षिक अध्यापन विधि अंगालेको प्रसादी एकेडेमी ललितपुर नम्बर एक स्थानमा छ । यस्तै, प्लस टु शिक्षामा उदाहरणीय छवि बनाएको माइतीघरमा अवस्थित सेन्ट जेभियर्स दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा आफ्नो शैक्षिक यात्रालाई अब्बल तुल्याउँदै काठमाडौं मोडल (केएमसी) बागबजार/बालकुमारी परेका छन् । ट्रिनिटी इन्टरनेसनल कलेज पनि तेस्रो स्थानमै छ । चौथो स्थानमा ललितपुरको पिनाकल एकेडेमीसँगै व्यवस्थापन संकायमा अब्बल कलेज एनसीसीएस पकनाजोल पनि सँगै छ । पाँचौ स्थानमा शैक्षिक परिणाममा आफूलाई अब्बल सावित गर्दै आएका युनाइटेड एकेडेमी, ग्लोबल कलेज अफ म्यानेजमेन्ट र रिलायन्स इन्टरनेशनल रहेका छन् ।
प्लस टु, एक यस्तो प्रवेश विन्दु हो, जसले उनीहरुको सुदूर भविष्यको दिशा र गति पहिल्याउँछ ।
छैटौं स्थानमा धेरै विद्यार्थी र उत्कृष्ट शैक्षिक पुर्वाधारसहित परिणाममा पनि प्रमाणित गर्दै मुनलाइट बोर्डिङ, जेभियर इन्टरनेशनल र काठमाडौं बर्नहार्ट आउन सफल भए । सातौंमा, विश्व निकेतन, जेभियर एकेडेमी कायम रहे । आठौं स्थानमा उपत्यकाबाहिर अर्थात मोफसलका शैक्षिक संस्थामध्ये सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल विराटनगरको अरनिको मावि, पोखराको मदरल्याण्डले लिए । नवौं स्थानमा ओमेगा इन्टरनेशनल, किस्ट तथा लिभरपुल रहँदा दशौं स्थानमा निरन्तर उत्कृष्ट शैक्षिक परिणाम हासिल गर्न सफल मनास्लु वर्ल्ड कलेज र लिटल एञ्जल्स छनौट भए ।
उत्कृष्ट प्लस टु प्रदायक शैक्षिक संस्थाको अन्य सूचीमा टेक्सास इन्टरनेसनल मावि, भिएस निकेतन मावि, ट्रिटन इन्टरनेसनल मावि, नेसनल स्कुल अफ साइन्सेज, सेन्ट मेरिज मावि, मोर्गन स्कुल, नेपाल मेगा कलेज, नेपाल काष्ठमाण्डप उमावि, सैनिक महाविद्यालय, समृद्धि स्कुल, नेपाल पुलिस कलेज, आइएसटी कलेज, ब्रिजवाटर इन्टरनेसनल, सिनामंगल, ख्वप स्कुल, भक्तपुर, ज्ञानज्योती मावि दाङलगायत छन् ।
उत्कृष्ट प्लस टु प्रदायक शैक्षिक संस्थाको अन्य सूचीमा
१. प्रसादी एकेडेमी, ललितपुर
२. सेन्ट जेभियर्स, माइतिघर
३. केएमसी, बागबजार
३. केएमसी, बालकुमारी
३. ट्रिनिटी इन्टरनेसनल कलेज, डिल्लीबजार
४. पिनाकल एकेडेमी, ललितपुर
४. एनसीसीएस, पकनाजोल
५.युनाइटेड एकेडेमी, ललितपुर
५. ग्लोबल कलेज अफ म्यानेजमेन्ट, मध्यबानेश्वर
५.रिलायन्स इन्टरनेशनल एकेडेमी, चावहिल
६. मुनलाइट बोर्डिङ स्कुल (मोलिस), ललितपुर
६. जेभियर इन्टरनेसनल कलेज, कालोपुल
६. काठमाडौं बर्नहार्ट कलेज, बल्खु
७. विश्व निकेतन मावि, त्रिपुरेश्वर
७ जेभियर एकेडेमी, लाजिम्पाट
८. मदरल्यान्ड मावि, पोखरा
८. अरनिको मावि, बिराटनगर
९.ओमेगा इन्टरनेसनल कलेज, कुमारीपाटी
९.किस्ट कलेज, कमलपोखरी
९. लिभरपुल इन्टरनेसनल कलेज, नयाँ बानेश्वर
१०. मनास्लु वर्ल्ड कलेज, चावहिल
१०. लिटल एञ्जल्स, हात्तिवन
११. टेक्सास इन्टरनेसनल कलेज, चावहिल
११. भिएस निकेतन मावि, तिनकुने
१२. ट्रिटन इन्टरनेसनल स्कुल, बालकुमारी
१२. नेसनल स्कुल अफ साइन्सेज (निस्ट), लैनचौर
१३. सेन्ट मेरिज मावि, जावलाखेल
१४. मोर्गन इन्टरनेसनल कलेज, बसुन्धरा
१४. नेपाल मेगा कलेज, बबरमहल
१५. नेपाल काष्ठमण्डप कलेज, कलंकी
१६. सैनिक महाविद्यालय, भक्तपुर
१७. समृद्धि स्कुल, बनस्थली
१७. नेपाल प्रहरी विद्यालय, साँगा
१८. आइएसटी कलेज, ज्ञानेश्वर
१९. ब्रिजवाटर इन्टरनेसनल कलेज, सिनामंगल
२०. ख्वपः कलेज, भक्तपुर
२०. ज्ञानज्योती मावि, दाङ
१. प्रसादी एकेडेमी, ललितपुर

सन् १९९८ मा भएर विगत २७ वर्षदेखि निरन्तर शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएको प्रसादी एकेडेमीले गुणस्तरीय शिक्षाका लागि कसैसँग कुनै सम्झौता गरेको छैन । शैक्षिक उत्कृष्टताप्रति आफ्नो अटल प्रतिबद्धताका कारण देशैभरका शिक्षण संस्थाहरूमा आफूलाई अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सफल प्रसादी एकेडेमी देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरुमध्ये सर्वोत्कृष्ट घोषित भई पाँच पटकसम्म राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल एकमात्र शैक्षिक संस्था हो ।
व्यवहारिक शैक्षिक पाठ्यक्रम, आर्थिकरुपमा सक्षम बनाउने शैक्षिक ज्ञान र विविध अतिरिक्त क्रियाकलाप प्रसादीका विशेषता हुन् । नवप्रवर्तन, समग्र विकास र व्यक्तिगत क्षमतालाई प्राथमिकता दिँर्दै प्रसादीले आफ्ना विद्यार्थीलाई अत्याधुनिक युगमा चुनौती सामना गर्न र प्रतिस्पर्धात्मक विश्वमा उत्कृष्टता हासिल गर्न तयार पार्दै आएको छ ।
प्रसादीले आफ्ना विद्यार्थीलाई अत्याधुनिक युगमा चुनौती सामना गर्न र प्रतिस्पर्धात्मक विश्वमा उत्कृष्टता हासिल गर्न तयार पार्दै आएको छ ।
विद्यार्थीहरूलाई केन्द्रमा राखेर अध्यापन गराउने यस एकेडेमीले आफ्नो क्षमता पहिचान गर्न, बौद्धिकताको विकास गर्न र सामाजिक उत्तरदायित्व निर्वाह गर्न सधैं आफ्ना विद्यार्थीलाई प्रेरित गर्दै आएको छ । यस कलेजले विद्यार्थीलाई पढाउने भन्दा पनि कसरी पढ्ने भनेर मार्गर्दशन गर्छ । यसैको कारण विद्यार्थीहरु स्वतस्फूर्त पढाईमा प्रेरित हुने मात्र होइन, पढाईप्रति जिज्ञासु पनि हुने कलेजको मान्यता छ ।
अनुशासित र केन्द्रित शैक्षिक वातावरण प्रदान गर्नु, विद्यार्थीमैत्री, अन्तरक्रियात्मक सिकाइलाई प्रवद्र्धन गर्नु, परिश्रम, आत्म–सम्मान, आत्मविश्वास, र अरूप्रतिको सम्मान जस्ता मूल्यहरू समावेश गर्नु, प्रभावकारी शिक्षणका लागि उचित शिक्षक–विद्यार्थी अनुपात कायम राख्नु यसका उद्धेश्य हुन् । यसका लागि प्रसादीसँग सुयोग्य शिक्षक समूह र उत्तरदायी व्यवस्थापकीय समूह सधैं गतिशिल छन् ।
ललितपुरमा रहेको प्रसादी पढ्न विद्यार्थीहरुमा होडबाजी चल्छ । सीमित सिटमा मात्र विद्यार्थी भर्ना गर्ने प्रसादीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन गराउँदै आएको छ ।
२. सेन्ट जेभियर्स, माइतिघर

काठमाडौंको माइतीघरमा रहेको सेन्ट जेभियर्स कलेजले विगत ३७ वर्षदेखि शैक्षिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । सात दशकअघिदेखि विद्यालयस्तरको अध्यापन सुरु गरेको यो शैक्षिक संस्थाले हरतरहबाट ‘उत्कृष्टता, नेतृत्व र सेवामा समर्पित’ हुने उद्देश्य राखेको छ ।
गुणस्तरीय शिक्षा अबको आवश्यकता भन्ने बुझाईका साथ आफ्नो शैक्षिक क्यालेन्डरलाई परिमार्जन गर्दै उत्कृष्ट बनाएको यो संस्थाले कक्षा ११ मा विज्ञान संकायमा मात्र अध्यापन गराउँदै आएको छ । सेन्ट जेभियर्सले ‘मेरिट’का आधारमा हजारौं विद्यार्थीबाट छनोट गरेर सीमित कोटामा विद्यार्थी भर्ना गर्छ । विज्ञान, अनिवार्य गणित, ऐच्छिक गणित र अंग्रेजीमा कम्तिमा ‘ए’ र अन्य विषयमा कम्तिमा ‘बी प्लस’ ल्याएका विद्यार्थीलाई मात्र भर्ना लिने संस्था हो सेन्ट जेभियर्स। मेहनती र अनुशासित विद्यार्थी तथा अब्बल शिक्षकहरुको लगनशीलताकै कारण सेन्ट जेभियर्सलै शैक्षिक नतिजा पनि शतप्रतिशत दिन सफल छ ।
सेन्ट जेभियर्सले ‘मेरिट’का आधारमा हजारौं विद्यार्थीबाट छनोट गरेर सीमित कोटामा विद्यार्थी भर्ना गर्छ ।
बौद्धिक, आध्यात्मिक र सामाजिक रूपमा सक्षम जनशक्तिको विकास गर्दै आफूलाई सफल नागरिक बनाउन यस संस्थाले हरेक विद्यार्थीलाई पहिलो दिनदेखि नै मेहेनत गर्ने गरेको छ । शैक्षिक उत्कृष्टता, नैतिक अखण्डता, आध्यात्मिक बुद्धिमता, सामाजिक तथा वातावरणीय उत्तरदायित्व र भावनात्मक स्वास्थ्यलाई आत्मसात गर्ने वैश्विक नागरिकहरूको निर्माण गर्न यो शैक्षिक संस्था प्रतिवद्ध छ ।
गुणस्तरीय फ्याकल्टी, आधुनिक प्रयोगशाला, आन्तरिक परीक्षाजस्ता कुरामा विशेष ध्यान दिनुले पनि विद्यार्थीलाई सेन्ट जेभियर्समा लोभ्याएको देखिन्छ । सौहार्दपूर्ण वातावरणमा जीवनउपयोगी शैक्षिक पाठ्यक्रम र सरल अध्यापन शैली सेन्ट जेभियर्सको विशेषता नै हो ।
३. काठमाडौं मोडल कलेज (केएमसी), बागबजार

संघीय राजधानी काठमाडौंको मध्यभाग बागबजारमा रहेको काठमाडौँ मोडेल कलेज (केएमसी) उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीहरूका लागि प्रतिष्ठित र अग्रणी शैक्षिक संस्था हो । २५ वर्षअघि स्थापना भएको यो कलेजले प्लस टु विद्यालयहरूको सूचीमा आफ्नो विशिष्ट पहिचान स्थापित गराएको छ ।
निरन्तररुपमा भौतिक संरचना तथा प्रविधिमा सुधार र नविकरण गर्दै लगेको यो शैक्षिक संस्थाले व्यवसायिक, सकारात्मक, प्रविधिमैत्री र प्रभावकारी शिक्षणको वातावरण सिर्जना गर्दै आएको छ।
२५ वर्षअघि स्थापना भएको यो कलेजले प्लस टु विद्यालयहरूको सूचीमा आफ्नो विशिष्ट पहिचान स्थापित गराएको छ ।
आइएसओ मान्यता प्राप्त गरेको केएमसीले आधुनिक शिक्षालाई पुनःपरिभाषित गर्दै अनुशासन, नैतिक मूल्य र मान्यता र विद्यार्थीहरूमा सिक्ने अभिरुचि जगाउनुलाई पहिलो प्राथमिकतामा राखेको छ ।
प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको अध्यापन हुँदै आएको यो कलेजले सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षालाई पनि जोड दिँदै आएको छ । अनुभवी एवं लामो समय शैक्षिक क्षेत्रमा समर्पित प्राध्यापकबाट अध्यापन हुँदै आएको यो कलेजले हरेक विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन अनवरत रुपमा प्रयास गर्ने गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई हरेक खुड्किलामा सहजताको पाइला चाल्नमा मद्दत गर्दछ ।
आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण केएमसीले अन्तरक्रियात्मक पठनपाठनलाई अधिकतम महत्व दिँदै आएको छ ।
३. केएमसी, बालकुमारी

ललितपुरको बालकुमारीमा अवस्थित काठमाडौं मोडेल सेकेन्डरी स्कुल (केएमसी) शिक्षामा समर्पित एक अनुभवी समूहले हाँकेको शैक्षिक संस्था हो । यस कलेजले गुणस्तरिय शिक्षा, उत्कृष्ट नतिजासहित दुई दशकको यात्रा तय गरिसकेको छ ।
केएमसीमा कक्षा ११, १२ देखि स्नातकोत्तरसम्म पठनपाठन गर्न सकिन्छ । यहाँ कक्षा ११, १२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय छन् । यसैगरी स्नातकमा बीबीए, बीबीएम, बीए, बीबीएस, बीसीए, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स र कम्युनिकेशनमा बीई, बीएससी सीएसआईटी र एमए (अंग्रेजी) र एमबीएसमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेको छ ।
देशभरकै उत्कृष्ट कलेजहरुको सूचीमा केएमसीले पनि आफूलाई सगर्व उभ्याएको छ । यस कलेजलाई शिक्षा मन्त्रालयले २०७५ सालमा ‘उत्कृष्ट कलेज’को रुपमा सम्मान गरेको थियो । केएमसी बालकुमारीले हरेक बर्ष सतप्रतिशत नतिजा हासिल गर्दै आएको छ ।
आजको युग सुहाउँदो पठन शैली अपनाउँदै विद्यार्थीलाई शैक्षिक मात्र नभई नैतिक रुपले पनि उत्तिकै जिम्मेवार बनाउन कलेजले उपयुक्त वातावरण बनाइदिएको छ । पढेका कुरालाई कसरी जीवनमा उपयोग गर्ने ? कसरी समाज र राष्ट्रको हितमा लगाउने ? यही अनुरुप कलेजले मार्गदर्शन दिदै आएको छ । विद्यार्थीमैत्री कक्षाकोठा, प्रेरणदायी शिक्षक समूह, पुग्दो स्रोत साधन यसका खास आकर्षण हुन् ।
३. ट्रिनिटी इन्टरनेशनल कलेज, डिल्लीबजार

नेपालमा गुणात्मक शिक्षा र क्याम्ब्रिज ए लेभलका लागि प्रमुख शिक्षण संस्थाको छवी बनाएको ट्रिनिटी इन्टरनेशनल कलेज एसईई पछि विद्यार्थीहरुका लागि निर्विकल्प रोजाईमा पर्ने गरेको छ । कक्षा ११ र १२ मा अविछिन्न उत्कृष्ट नतिजा दिँदै आएको कलेज काठमाडौंको डिल्लीबजारमा रहेको छ । विद्यार्थीप्रति पूर्ण समर्पित शैक्षिक कार्यक्रम रहेको यस कलेज शैक्षिक उपलब्धिको पर्याय नै बनेको छ ।
सहज वातावरण, अत्याधुनिक पूर्वाधार तथा अनुभवी र योग्य प्राध्यापकका कारण ट्रिनिटीले विद्यार्थी आवश्यकताहरू र शैक्षिक सहयोगलाई समन्वयका साथ सुनिश्चित गरेको छ ।
सहज वातावरण, अत्याधुनिक पूर्वाधार तथा अनुभवी र योग्य प्राध्यापकका कारण ट्रिनिटीले विद्यार्थी आवश्यकताहरू र शैक्षिक सहयोगलाई समन्वयका साथ सुनिश्चित गरेको छ । ट्रिनिटीले विद्यार्थीलाई युग सुहाउँदो पाठ्यक्रमसँगै एक सय ५० भन्दा बढी अतिरिक्त गतिविधिमा संलग्न गराउँछ । ट्रिनिटीको अर्को आकर्षण ए लेभल पनि हो । स्नातकसम्मका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको ट्रिनिटीले कक्षा ११ र १२ मा भने विज्ञान र व्यवस्थापन संकाय पठनपाठन गराउँदै आएको छ ।
भौतिक पूर्वाधारका साथै आवश्यकता अनुसारका सबै पुस्तक उपलब्ध रहेको पुस्तकालय, प्रयोगशाला, आईसिटी सेन्टर लगायतले यस कलेजलाई विद्यार्थीमैत्री बनाएको छ । सन् २००८ मा स्थापना भएको यो कलेजले विश्वको रोजगार बजारमा प्रतिस्पर्धा गर्न सक्ने २२ हजारभन्दा बढी योग्य जनशक्ति तयार गरिसकेको छ । शैक्षिक उत्कृष्टताको अग्रणी कलेज बन्ने लक्ष्यसहित अगाडि बढेको ट्रिनिटीले प्रतिस्पर्धात्मक वातावरण, नयाँ बुझाइका तरिका, सक्रिय संलग्नता र उत्साहवद्र्धक सहभागितामा विद्यार्थीहरूलाई अब्बल बनाउन प्रतिबद्ध रहेको पाइन्छ ।
४. पिनाकल एकेडेमी, ललितपुर

नयाँ विचारलाई प्रवर्द्धन गर्दै असाधारण व्यावसायिक दक्षतासहितको दीर्घकालीन ज्ञानको विकास गर्ने उद्धेश्यसहित अगाडी बढेको शैक्षिक संस्था हो, ललितपुरको लगनखेलमा रहेको पिनाकल एकेडेमी ।
मूल्यमा आधारित समग्र शिक्षण र सिकाइ अभ्यासमार्फत उच्चतम स्तरको शिक्षा प्रदान गर्ने लक्ष्य राखेको यो कलेज विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई अन्वेषण गर्ने र उद्यमशील बनाउँदै विश्व बजारमा अब्बल सावित गराउन उपयुक्त शैक्षिक संस्था सावित हुँदै आएको छ । कडा परिश्रमबाट सामाजिक रूपमा उत्तरदायी नागरिक बनाउने र करियरका विविध अवसरहरूमा पहुँच प्राप्त गर्न आवश्यक सीपहरू प्रदान गर्ने उदेश्य यो कलेजको छ ।
पिनाकल एकेडेमी देशैभरको एक अग्रणी शैक्षिक संस्थाका रुपमा पृथक पहिचान बनाउन सफल छ ।
फराकिलो शैक्षिक कार्यक्रम र परिणाममुखी पठनप्रणाली मूल विशेषता रहेको पिनाकल हरेक वर्ष प्रत्येक संकायमा उत्तिकै उत्कृष्ट नतिजा हासिल गर्न सक्षम छ । विद्यालय तहदेखि स्नातकसम्म विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको पिनाकलमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकायमा पठनपाठन हुँदै आएको छ ।
गुणस्तरीय शिक्षालाई मुल जडका रुपमा लिएको पिनाकल एकेडेमी, देशैभरको एक अग्रणी शैक्षिक संस्थाका रुपमा पृथक पहिचान बनाउन सफल छ ।
४. एनसीसीएस, पकनाजोल

काठमाडौंको पकनाजोलमा रहेको नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस), सूचना प्रविधि र व्यवस्थापन क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेज हो । आफ्नो स्थापनाको २२ वर्षमा गतिशिल संस्थाको परिचय बनाएको यो शैक्षिक संस्थाले परिणाममुखी नतिजाका लागि सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा ध्यान केन्द्रित गरेर अध्यापन गराउँदै आएको छ ।
विद्यार्थीको व्यवसायिक जीवनलाई सफल बनाउन चौतर्फी विकासका लागि उत्कृष्ट अवसर प्रदान गर्दै आएको एनसीसीएसमा विद्यालय तहदेखि स्नातकसम्मको अध्ययन हुँदै आएको छ ।
एनसीसीएस व्यवस्थापन र प्रविधिको क्षेत्रमा भविष्य खाज्ने विद्यार्थीका लागि उत्कृष्ट शैक्षिक संस्था हो ।
सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा ध्यान केन्द्रित गरेर अध्यापन गराउँदै आएको एनसीसीएस व्यवस्थापन र प्रविधिको क्षेत्रमा भविष्य खाज्ने विद्यार्थीका लागि उत्कृष्ट शैक्षिक संस्था हो । विश्वको रोजगार बजारले खोज्ने योग्य जनशक्ति तयार गर्न र विषयगत इन्टर्नसिपका लागि सहजीकरण गर्दै रोजगारीका लागि समेत सहजिकरण गर्ने एनसीसीएसले विद्यालय शिक्षालाई समेत उच्च प्राथमिकतामा राख्दै आएको छ ।
एनसीसीएस आवश्यक उपकरण, सीप, ज्ञान र समाधान प्रदान गर्दै तीव्र गतिमा भइरहेको परिवर्तनको सामना गर्न सक्ने युवाहरूका लागि सिकाइको केन्द्र बनेको छ । कक्षा ११ र १२ मा कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टमा अध्यापन गराउँदै आएको यो कलेज ज्ञान, सीप र नेतृत्वमा आधारित व्यवस्थापन क्षमतायुक्त जनशक्ति उत्पादन गर्न प्रतिबद्ध रहेको छ ।
५. युनाइटेड एकेडेमी, ललितपुर

काठमाडौं उपत्यकाभित्र रहेका दर्जनौं शैक्षिक संस्थामध्ये ललितपुरको बालकुमारीमा रहेको युनाइटेड एकेडेमी उत्कृष्टमध्येको एक हो । २०५९ सालदेखि निरन्तर अध्यापन गराउँदै आएको युनाइटेडले आफ्नो २७ वर्षे यात्रामा छुट्टै पहिचान बनाउन सफल भएको छ । दक्ष, अनुभवी शिक्षक, रचनात्मक पठन विधि, विद्यार्थीमैत्री वातावरण, फराकिला र खुला कक्षाकोठा, आधुनिक भौतिक संरचना, आवश्यक सबै पुस्तक उपलब्ध पुस्तकालयका कारण युनाइटेड एकेडेमी कलेज सतप्रतिशत नतिजा पस्किन सफल छ ।
युनाइटेड एकेडेमीमा विद्यार्थीको क्षमता अभिवृद्धि तथा सिकाइको दायरा फराकिलो बनाउन पाठ्यक्रमसँग सम्बन्धित गतिविधि तथा अतिरिक्त क्रियाकलापमा समेत जोड दिइन्छ ।
राष्ट्रिय परिक्षा बोर्डको सम्बन्धनमा रहेर यस एकेडेमीमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायको अध्यापन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर युनाइटेडले स्नातक र स्नात्तोकत्तर तहको समेत अध्यापन गराउँदै आएको छ ।
वैज्ञानिक विधिबाट पठनपाठन हुने यस कलेजमा विद्यार्थीको क्षमता अभिवृद्धि तथा सिकाइको दायरा फराकिलो बनाउन पाठ्यक्रमसँग सम्बन्धित गतिविधि तथा अतिरिक्त क्रियाकलापमा समेत जोड दिइन्छ । त्यसैले पनि यस कलेजको विद्यार्थी र अभिभावकको रोजाईमा पर्दै आएको छ ।
५. ग्लोबल कलेज अफ म्यानेजमेन्ट, बानेश्वर

काठमाडौंको मध्यबानेश्वरमा अवस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्ट हालका दिनहरूमा व्यवस्थापन शिक्षाका लागि उत्कृष्ट प्रतीक बनेको छ । व्यवस्थापन संकायमा केन्द्रित यो कलेजले विद्यार्थीलाई शैक्षिक उत्कृष्टता मात्र होइन, व्यवहारिक सीप, नेतृत्व क्षमता, र आत्मविश्वासको भरपुर विकास गराउँदै आएको छ ।
२०६२ सालदेखि सञ्चालनमा आएको ग्लोबलले ९८ प्रतिशतभन्दा माथिको सफलता दर कायम राख्दै आएको छ, जुन यसको शैक्षिक स्तरको प्रमाण हो ।
सबै विद्यार्थीमा फोकस हुने कक्षाको माहोलले ग्लोबल कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन संकायमा पढ्न चाहने विद्यार्थीका लागि पहिलो रोजाई बन्दै आएको छ ।
अनुभवी र गोल्ड मेडल प्राप्त शिक्षक, अत्याधुनिक पूर्वाधार, र विद्यार्थीमाझ उत्तरदायी शैक्षिक वातावरणले ग्लोबललाई फरक बनाएको छ । यहाँ अध्ययन गर्ने विद्यार्थीले होमवर्क, एमआइएस रिपोर्टिङ, साप्ताहिक प्रगति मूल्यांकनजस्ता माध्यमले परिस्कृत बनाएको छ । क्लब प्रणालीमार्फत विद्यार्थीले नेतृत्व, सार्वजनिक रुपमा बोल्नेजस्ता सीप सिक्छन् र सामाजिक क्रियाकलापमा पनि सक्रिय हुन्छन् ।
ग्लोबलले ९८ प्रतिशतभन्दा माथिको सफलता दर कायम राख्दै आएको छ, जुन यसको शैक्षिक स्तरको प्रमाण हो ।
पूर्वप्रधानमन्त्रीदेखि उद्यमीहरूसम्मको साक्षात्कार र अन्तरक्रिया, उद्योग तथा होटल भ्रमण, सांस्कृतिक र खेलकुद कार्यक्रमहरूले विद्यार्थीको सर्वाङ्गीण विकासमा योगदान पुर्याएकाे छ । छात्रवृत्तिको सहज पहुँच र सबै विद्यार्थीमा फोकस हुने कक्षाको माहोलले ग्लोबल कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन संकायमा पढ्न चाहने विद्यार्थीका लागि पहिलो रोजाई बन्दै आएको छ ।
५. रिलायन्स इन्टरनेशल एकेडेमी, चावहिल

‘इन्टरनेशनल एकेडेमी’को रुपमा सम्मानित काठमाडौैंको चावहिलमा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमीले आफ्नो शैक्षिक यात्राको तीन दशक पूरा गरिसकेको छ । विद्यालय तहदेखि स्नातकोत्तरसम्म पठनपाठन हुने यो शिक्षण संस्थामा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पठनपाठन हुन्छ ।
किताबी ज्ञानमात्र नभइ व्यवहारिक शिक्षा अबको आवश्यकता हो भन्ने कुराबारे राम्रो हेक्का राख्ने शैक्षिक वातावरणले रिलायन्सलाई शोभयमान बनाएको छ ।
मेरिटका आधारमा विद्यार्थी भर्ना गर्ने रिलायन्सले आइटी अर्थात इन्र्फमेशन टेक्नोलोजीमा आधारित रहेर पठनपाठन गराउँदै आएको छ । गुणस्तरिय शिक्षामा जोड दिँदै रिलाइन्सले पढाईका साथसाथै विद्यार्थीलाई जिम्मेवार एवं असल नागरिक बन्न प्रेरित गर्दै आएको छ । किताबी ज्ञानमात्र नभइ व्यवहारिक शिक्षा अबको आवश्यकता हो भन्ने कुराबारे राम्रो हेक्का राख्ने शैक्षिक वातावरणले रिलायन्सलाई शोभयमान बनाएको छ । अहिले विश्व नै सूचना प्रविधिमा गोलबद्ध हुँदै गएको छ । यही कुरालाई मध्यनजर गर्दै कलेजले आइटी अर्थात इन्फर्मेशन टेक्नोलोजीमा आधारित रहेर पठनपाठन गराउँदै आएको छ ।
प्रविधिमैत्री कक्षाकोठा, रचनात्मक पठनशैली, प्रेरणादायी वातावरण रिलायन्सका आकर्षण हुन् । प्रविधिमैत्री कक्षाकोठा, रचनात्मक पठन शैली, प्रेरणादायी वातावरण रिलायन्सका आकर्षण हुन् । विद्यार्थीलाई पाठ घोकाउने नभई पठनपाठनका लागि सहजीकरण गरिदिने अनुभवी शिक्षक समूह, दिगो र चुस्त व्यवस्थापकिय समूह र पर्याप्त शैक्षिक सामाग्रीले रिलायन्स सुशोभित छ ।
६. मुनलाइट बोर्डिङ स्कुल (मोलिस), कुमारीपाटी

ललितपुरको कुमारीपाटीमा अवस्थित मुनलाईट माध्यमिक विद्यालय (मोलिस) गुणस्तरीय शिक्षाको एउटा उदाहरणीय केन्द्र बनेको छ । कक्षा ११ र १२ विज्ञान, व्यवस्थापन र मानविकी संकायका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।
वि. सं २०६४ सालदेखि प्लस टुको कार्यक्रम सञ्चालनमा ल्याएको यस विद्यालयले ९७ प्रतिशतको हाराहारीमा नतिजा ल्याउन सफल संस्था हो । त्यसैले त विद्यालयले निरन्तर उच्च शैक्षिक सफलतालाई कायम राखेको छ । विद्यार्थीलाई समय सुहाउँदो शिक्षा प्रदान गर्ने उदेश्यले शिक्षाविद्, प्रिन्सिपल, शिक्षकहरुको संयोजकत्वमा स्थापना भएको मोलिसले हाल सम्म अब्बल विद्यार्थी उत्पादन गर्ने अग्रणी शैक्षिक संस्थाको रुपमा आफूलाई उभ्याएको छ ।
विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सैद्दान्तिक शिक्षासँगै अतिरिक्त कृयाकलापलाई उत्तिकै महत्व दिएको मोलिसले सुविधा सम्पन्न भौतिक पूर्वाधार र पठनीय वातावरणमा विद्यार्थीलाई पढाउँदै आएको छ ।
आधुनिक विज्ञान तथा सूचना प्रविधि प्रयोगशालासहित प्रविधिमैत्री कक्षा कोठा, छात्रावास, चमेना गृह तथा सहज यातायात सेवा रहेको मोलिसले आफ्नो पूर्वाधारलाई पनि शिक्षण अनुकूल बनाएको छ ।
मोलिसमा प्लस टु अध्ययन गरेका विद्यार्थी आइओएम, आइओइजस्ता प्रतिष्ठित अध्ययन संस्थानमा हरेक वर्ष स्कलरसिप पाएर मेडिकल, इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । त्यसैगरी यस स्कुलले दुई पटक एनइबी बोर्ड टप गरिसकेको छ ।
मुलुकमै उत्कृष्ट शिक्षण मान्यता बनाउने लक्ष्यसहित, मोलिसले शिक्षाको उज्यालो यात्रामा नयाँ आयाम थपिरहेको छ।
३ रोपनीमा फैलिएको मोलिसमा हाल ६५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् जसले आफ्नो समर्पण र दक्षता मार्फत विद्यार्थीको शैक्षिक यात्रा अझ सशक्त बनाइरहेका छन्। यस्तै, अन्तरविद्यालय टेबल टेनिस प्रतियोगितामा दोस्रो स्थान र इकोनोमिक ओलम्पियाड क्विजमा पहिलो स्थान प्राप्त गर्नु मोलिसका लागि थप गर्वको विषय बनेको छ ।
विद्यालयले प्रत्येक वर्ष शिक्षकलाई विभिन्न कार्यशाला तालिममा सहभागी गराउँदै आएको छ भने विद्यार्थीका लागि फुटसल, ब्याडमिन्टन, बास्केटबलजस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिँदै उनीहरूको समग्र विकासमा योगदान पुर्याइरहेको छ । मुलुकमै उत्कृष्ट शिक्षण मान्यता बनाउने लक्ष्यसहित, मोलिसले शिक्षाको उज्यालो यात्रामा नयाँ आयाम थपिरहेको छ।
६. जेभियर इन्टरनेशनल कलेज, कालोपुल

‘विद्यार्थीलाई भविष्यका लागि तयार गर्ने’ प्रमुख उदेश्य लिएर स्थापना भएको जेभियर इन्टरनेशनल कलेज काठमाडौंको कालोपुलमा रहेको छ । आगामी पाँच वर्षभित्र देशकै उत्कृष्ट कलेजको सूचीमा आफूलाई उभ्याउने उद्धेश्यसहित सञ्चालनमा रहेको यो शैक्षिक संस्थाले आदर, इमानदारी, विश्वास, सेवा, माया, अनुशासन र समावेशितालाई आफ्नो आधारशिला बनाएको छ ।
सन्तुलित र जिम्मेवार वातावरणमा शैक्षिक उत्कृष्टता प्रदान गर्दै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा जोड दिने र प्रविधिको समावेशमार्फत उनीहरूलाई “भविष्यका लागि तयार” बनाउने लक्ष्य यस संस्थाको छ । शिक्षामा उत्कृष्टता र नवीनताका लागि प्रतिबद्धता दर्शाउँदै विश्वस्तरका प्रतिष्ठित पुरस्कारहरू प्राप्त गर्न सफल यो शैक्षिक संस्थाले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकाय पठनपाठन गराइरहेको छ ।
जेभियर इन्टरनेशनलले आदर, इमानदारी, विश्वास, सेवा, माया, अनुशासन र समावेशितालाई आफ्नो आधारशिला बनाएको छ ।
क्याम्ब्रिज विश्वविद्यालयको सम्बन्धनमा ए लेभलको पनि कोर्स गराउँदै आएको जेभियर इन्टरनेशनलले उत्कृष्ट, अनुशासित, जिम्मेवार र नेतृत्वदायी शिक्षाको पहिचान बनाइसकेको र प्रयोगात्मक एवं समयसापेक्ष शिक्षामा जोड दिँदै आएको छ । कलेजले परिवर्तित प्रविधि, पाठ्यक्रम र व्यवहारिक ज्ञानलाई उच्च प्राथमिकतामा राखेको छ ।
६. काठमाडौं बर्नहार्ट, बल्खु

विश्वविद्यालय अनुदान आयोग (यूजीसी)बाट उच्च शिक्षा गुणस्तरको सबै तह पार गरेर क्यूएए मान्यता पाउने पहिलो निजी कलेज हो, बल्खुमा रहेको काठमाडौं बर्नहार्ट । २०५७ सालमा स्थापना भएर पनि आफूलाई छोटो समयावधिमा नै उत्कृष्टको सूचीमा उभ्याउन सफल यो कलेजले अविछिन्नरुपमा उत्कृष्ट नतिजा पस्कँदै आएको छ ।
तीन हजारभन्दा बढी विद्यार्थी अध्यापन गर्ने यो कलेज त्रिभुवन विश्वविद्यालबाट मान्यता प्राप्त छ । २०७६ सालमा शिक्षा मन्त्रालयबाट उत्कृष्ट निजी महाविद्यालय घोषित यो कलेजमा पूर्वप्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म पढ्न सकिन्छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा पठनपाठन हुन्छ ।
सूचना प्रविधि, कला र संस्कृति, खेलकुद जस्ता कुरामा विद्यार्थीहरुलाई स्वतस्फूर्त सहभागी गराउनका लागि वातावरण मिलाइएको छ ।
पढाईलाई व्यवहारिक जीवनमा उपयोग गर्न सकोस् भनी कलेजले पठन पद्धतीलाई अभ्यासमा आधारित बनाएको छ । यहाँ कुनैपनि पाठयक्रमसँग सम्बन्धित प्रयोगात्मक अभ्यास हुन्छ । यसका साथै अतिरिक्त गतिविधिमा पनि विद्यार्थीलाई प्राथमिकताका साथ संलग्न गराइन्छ । सूचना प्रविधि, कला र संस्कृति, खेलकुद जस्ता कुरामा विद्यार्थीहरुलाई स्वतस्फूर्त सहभागी गराउनका लागि वातावरण मिलाइएको छ ।
पढाईलाई जानकारीको रुपमा मात्र नभई व्यवहारिक जीवनमा उपयोग गर्न सकोस् भनी काठमाडौं बर्नहार्ट कलेजले पठन पद्धतीलाई अभ्यासमा आधारित बनाएको छ । कलेजमा पठनपाठन, क्षमताका बिकासका अतिरिक्त विद्यार्थीलाई करियर काउन्सिलिङ एवं भविष्यको मार्गनिर्देशन पनि गराइन्छ । समग्रमा यो एउटा उत्कृष्टता हासिल गर्न चाहने विद्यार्थीको गन्तव्य बन्नसक्छ ।
७. विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर

वि.सं. २००३ सालमा स्थापना भएको विश्व निकेतन माध्यमिक विद्यालय एक प्रतिष्ठित, गैर–नाफामूलक शैक्षिक संस्था हो । २०५२ सालदेखि कक्षा ११ र १२ का कार्यक्रम सञ्चालनमा ल्याएको यो शैक्षिक संस्थाले नेपालको शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि आधारशिला तयार पारेको छ ।
विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानून संकायमा अध्यापन गराउँदै आएको विश्व निकेतनले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्र विकासमा योगदान दिनसक्ने, विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति तयार पार्ने लक्ष्य राखेको छ । छात्रछात्रालाई चिकित्सा, इन्जिनियरिङ, कम्प्युटर विज्ञान, वातावरणीय अध्ययन, व्यवस्थापन, चार्टर्ड एकाउन्टेन्सी र सार्वजनिक प्रशासन जस्ता क्षेत्रमा उच्च शिक्षा हासिल गर्न बलियो आधार तयार गरिन्छ ।
सुविधा सम्पन्न भौतिक पूर्वाधार, पर्याप्त पुस्तकालय, उपयुक्त शैक्षिक वातावरण तथा योग्य र अनुभवी शिक्षकहरुका कारण यो विश्व निकेतनले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।
बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा ११ र १२ को अध्यापन गराउँदै आएको यस विश्व निकेतनले विद्यार्थीहरूको आवश्यकता र विश्वबजारको माग अनुसार आफ्नो पाठ्यक्रमलाई परिस्कृत र परिमार्जन गर्दै लगेको छ । सुविधा सम्पन्न भौतिक पूर्वाधार, पर्याप्त पुस्तकालय, उपयुक्त शैक्षिक वातावरण तथा योग्य र अनुभवी शिक्षकहरुका कारण यो विश्व निकेतनले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।
वि.सं. २०७४, २०७५ र २०८१ म गरी तीन पटक राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त यो शैक्षिक संस्थाले शिक्षा क्षेत्रका महत्वपूर्ण सम्मान र उपाधि हासिल गरेको छ । यहाँ अध्ययन गरेका विद्यार्थीहरुले तत्कालिन एसएलसी टपमात्र गरेका छैनन् स्नातकोत्तरसम्मकै अध्ययनमा उत्कृष्टको सम्मान समेत थापेका छन् ।
यी उपलब्धिहरू विद्यालयको उत्कृष्ट शैक्षिक गुणस्तर, बलियो पूर्वाधार र असाधारण विद्यार्थी सफलताप्रति प्रतिबद्धताको प्रतीक हुन्।
७. जेभियर एकेडेमी, लाजिम्पाट

लाजिम्पाटमा २०५४ सालमा औपचारिक रूपमा स्थापना गरिएको जेभियर एकेडेमीले अभिभावक र शिक्षकबीचको सम्बन्धलाई सधैं प्राथमिकतामा राख्नै विद्यार्थीहरुको भविष्यका लागि मार्गचित्र कोर्ने गरेको छ । विद्यालय र विद्यार्थीसँग सम्बन्धित विविध विषयमा चर्चा, समीक्षा, योजना तथा सुझाव संकलन गर्दै कलेजले प्रगति, समस्या र भावी योजनाहरूमा समावेश गर्दै आएको छ ।
कलेजले हरेक विद्यार्थीले वार्षिक रूपमा १५ घण्टा सामाजिक/सामुदायिक सेवा अनिवार्य रूपमा गर्नु पर्ने व्यवस्था गरेको छ, जसले उनीहरूलाई सामाजिक उत्तरदायित्व र सेवाभावमा पनि सक्षम बनाउँछ।
जेभियर एकेडेमीले गुणस्तरिय शिक्षा र उत्कृष्ट नतिजाको आफ्नो मर्मलाई कुनै वर्ष पनि कमजोर बन्न दिएको छैन ।
जेभियर एकेडेमीले गुणस्तरिय शिक्षा र उत्कृष्ट नतिजाको आफ्नो मर्मलाई कुनै वर्ष पनि कमजोर बन्न दिएको छैन । विद्यार्थीसँग अन्तरक्रियात्मक सहभागितामा शिक्षण विधिलाई प्रभावकारी र दीगो बनाउँदै लगेको यो कलेजले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायअन्तर्गत पठनपाठन गराउँदै आएको छ । जेभियरले जेहेन्दार, गरिब विद्यार्थीलाई पनि उत्तिकै अवसर दिइरहेको छ । साथै नियमित रुपमा परीक्षा, अन्र्तक्रिया, छलफल आदि गराउँछ ।
विद्यार्थीका हरेक क्रियाकलापलाई रचनात्मक ढंगले सरोकार राख्ने जेभियरले पढाई मात्र होइन, विद्यार्थीले आफ्नो रुची अनुसारको क्षमता पनि विकास गर्नुपर्छ भन्ने ध्येय राखेको छ ।
८. मदरल्यान्ड सेकेन्डरी स्कुल, पोखरा

‘गुणस्तरीय शिक्षा सबैका लागि’ भन्ने मूल मन्त्र बोकेको सुन्दर नगरी पोखराको मदरल्यान्ड सेकेन्डरी स्कुलले कक्षा १२ सम्म विभिन्न विषयहरूलाई समेटेर पठनपाठन सञ्चालन गर्दै आएको छ । गण्डकी प्रदेशमा मात्रै नभइ आफूलाई देशैभरका अब्बल शैक्षिक संस्थाहरुको सूचिमा उभ्याउन सफल मदरल्यान्ड शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य राखेर अगाडि बढेको छ ।
सुलभ शुल्कमै उत्कृष्ट शिक्षा दिनमा केन्द्रित रहेको मदरल्यान्डमा कास्की लगायतका विभिन्न जिल्लाबाट विद्यार्थीहरू जोडिन आइपुग्छन् ।
कक्षा ११ र कक्षा १२ मा विज्ञान र व्यवस्थापक संकाय अन्तर्गतका विषय पढाउँदै आएको मदरल्यान्ड सेकेन्डरी स्कुलले स्थापनाको ३१ वर्षमा हजारौं जनशक्ति उत्पादन गरेको छ । सुलभ शुल्कमै उत्कृष्ट शिक्षा दिनमा केन्द्रित रहेको मदरल्यान्डमा कास्की लगायतका विभिन्न जिल्लाबाट विद्यार्थीहरू जोडिन आइपुग्छन् ।
गरिब तथा जेहेन्दार विद्यार्थीलाई समान अवसर प्रदान गर्दै आएको यो शैक्षिक संस्थाले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यमा जोड दिँदै उत्कृष्ट नतिजा आत्मसाथ गर्दै आएको छ । शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य राखेको मदरल्यान्ड सेकेन्डरी स्कुल अधिकांश अभिभावक तथा विद्यार्थी पहिलो रोजाइमा पर्ने शैक्षिक संस्था हो ।
८. अरनिको आवासीय माध्यामिक विद्यालय, विराटनगर

विराटनगरमा वि.सं. २०३३ सालमा स्थापना भएको अरनिको आवासीय माध्यामिक विद्यालयले आफ्नो स्थापनाको झण्डै पाँच दशकमा आफूलाई कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा स्थापित गराएको छ । गुस्तरिय शिक्षा र उत्कृष्ट नतिजाका लागि कहलिएको अरनिकोले विद्यालय तहको परीक्षामा देशभरमै सर्वोत्कृष्ट अंक हासिल गर्दै आएको छ ।
स्थापनापछि अविछिन्न उत्कृष्ट नतिजा हासिल गर्दै आएको अरनिकोले विद्यार्थीहरुलाई सुनौलो भविष्य निर्माणका लागि बलियो धरातल उपलब्ध गराउँदै आएको छ । २०५६ सालदेखि कक्षा ११ र १२ को पठनपाठन गराउँदै आएको अरनिकोले विज्ञान र व्वस्थापन संकाय सञ्चालन गर्दै आएको छ ।
अरनिकोले विद्यार्थीहरुलाई सुनौलो भविष्य निर्माणका लागि बलियो धरातल उपलब्ध गराउँदै आएको छ ।
यस विद्यालयले गौरवमय इतिहास रच्नुको पछाडि परिपक्क, अनुभवी, उत्तरदायी र दक्ष शिक्षक समूह मूल कडी हुन् । त्यससँगै उत्कृष्ट व्यवस्थापन र वैज्ञानिक पठनपाठनले यसको गरिमालाई उँचो बनाएको हो । यही पृष्ठभूमिका कारण अरनिको पटकपटक सर्वोत्कृष्ट माध्यमिक विद्यालयको पुरस्कारबाट पुरस्कृत भएको छ ।
९.ओमेगा इन्टरनेसनल कलेज, कुमारीपाटी

काठमाडौं उपत्यकाको शिक्षाको केन्द्रविन्दु कुमारीपाटी ललितपुरमा अवस्थित ओमेगा इन्टरनेशनल सेकेन्डरी स्कुल एण्ड कलेज, नेपालकै एक अग्रणी शैक्षिक संस्थामध्ये एक हो । वि.सं २०६६ मा स्थापना भएदेखि नै यस कलेजले गुणस्तरीय शिक्षालाई मूल मर्म मानेको छ ।
प्रविधि–मैत्री, सिर्जनात्मक र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिमा आधारित ओमेगाको कक्षाकोठा अब केवल पढाइको स्थान मात्र होइन, ज्ञान र प्रयोगको प्रयोगशाला समेत रहेको विषयमा केन्द्रित रही शिक्षण सिकाइलाई अगाडि बढाइरहेको छ । विज्ञान र व्यवस्थापनको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ओमेगा कलेजमा प्लस टु अध्ययन गरेका विद्यार्थीहरुले चिकित्सा अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान जस्ता उत्कृष्ट शैक्षिक संस्थामा उत्कृष्ट अंक ल्याइ पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।
ओमेगाको लक्ष्य आजको लागि मात्रै पढाउने होइन, भोलिको नेतृत्वकर्ता तयार पार्ने हो ।
प्रोजेक्टमा आधारित अध्ययन र इन्टरएक्टिभ प्रिजेन्टेसनजस्ता नवीनतम प्रविधिहरूले सुसज्जित ओमेगामा २४ सय १५ जना विद्यार्थी अध्ययनरत छन् । यो संस्थामा ११७ जना शिक्षक र ४८ जना कर्मचारी समर्पित भावनाका साथ कार्यरत छन्, जसले गर्दा विद्यार्थीहरु उत्कृष्ट नतीजा ल्याउनुका साथै अतिरिक्त कृयाकलापमा पनि अब्बल सावित भएका छन् ।
ओमेगामा अध्ययनरत विद्यार्थीहरु अन्तरविद्यालय अतिरिक्त क्रियाकलाप प्रतिष्पर्धामा प्रथम स्थान हासिल गर्न सफल भएका छन् । यस कलेजको विगत ३ वर्षको नतिजालाई हेर्दा ९९.४ प्रतिशत रहेको छ । यस सफलता दरले ओमेगाको शैक्षिक उत्कृष्टता भएको पुष्टि हुन्छ । यस्तै, विद्यार्थीहरु विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा छात्रवृत्तिसहित भर्ना भई अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गरिरहेका छन् ।
१० रोपनी क्षेत्रफलमा फैलिएको कक्षाकोठादेखि खेलमैदान, क्यान्टिन, अडिटोरियमसम्मको समावेश छ । बास्केटबल, फुटसल, टेबल टेनिस, डान्स प्रतियोगिता र अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई समग्र व्यक्तित्व विकासमा सघाइरहेको छ ।
विद्युतीय प्रणालीमार्फत पठनपाठन, मुल्यांकन र सूचना आदानप्रदान गर्दै आएको यो संस्था अभिभावक र विद्यार्थीबीचको विश्वासको पर्याय बनेको छ ।
ओमेगा कलेजमा अध्ययनका लागि प्रवेश गरेपछि वा प्लस टु कलेजको अध्ययन सकाएपछि विद्यार्थीको अभिभावकलाई कलेजले म्यासेज पठाउने गरेको छ । विद्युतीय प्रणालीमार्फत पठनपाठन, मुल्यांकन र सूचना आदानप्रदान गर्दै आएको यो संस्था अभिभावक र विद्यार्थीबीचको विश्वासको पर्याय बनेको छ । ओमेगाको लक्ष्य आजको लागि मात्रै पढाउने होइन, भोलिको नेतृत्वकर्ता तयार पार्ने हो ।
९. लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल एवं कलेज, नयाँबानेश्वर

आधुनिक शैक्षिक प्रणाली, दक्ष्य र योग्य शिक्षक तथा आधुनिक र सुविधायुक्त भौतिक पूर्वाधारले शिक्षण क्षेत्रमा अब्बल बन्न सफल शैक्षिक संस्था हो लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल एण्ड कलेज । नयाँ बानेश्वरमा रहेको लिभरपुल इन्टरनेशनल गुणस्तरिय एवं जीवनोपयोगी शिक्षाका लागि कहलिएको शैक्षिक संस्था हो ।
लिभरपुलमा नविनतम् प्रविधि अपनाउँदै छरितो र वैज्ञानिक ढंगले पठनपाठन हुँदै आएको छ । २०६८ सालमा स्थापना भएको लिभरपुल एजुकेशन नेटवर्क अन्र्तगत रहेको लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल र कलेजमा कक्षा ११ र १२ अन्र्तगत विज्ञान, व्यवस्थापन र कानुन संकायमा पठनपाठन हुँदै आएको छ ।
शैक्षिक स्रोतहरुको भरपुर उपयोग गर्दै प्रयोगात्मक शिक्षा प्रदान गर्ने भएकाले यस कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।
प्रविधिमैत्री कक्षाकोठा, सुविधासम्पन्न प्रयोगशाला, आधुनिक पुस्तकालय रहेको यो कलेजले शैक्षिक स्रोतहरुको भरपुर उपयोग गर्दै प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको छ ।
शैक्षिक स्रोतहरुको भरपुर उपयोग गर्दै प्रयोगात्मक शिक्षा प्रदान गर्ने भएकाले यस कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । विद्यार्थीको रुची, क्षमतालाई पहिचान गरी सोही अनुरुप शिक्षा प्रदान गर्ने कलेजले पढाईलाई जीवन र जगतसँग जोड्ने प्रयास गरेको छ । आफूले आर्जन गरेको ज्ञान व्यवहारिक जीवनमै उपयोग गर्न सकियोस् भनी शैक्षिक कार्यक्रमहरु तय गरेको छ ।
९. किस्ट कलेज, कमलपोखरी

देशैभरका कलेजहरुमा उत्कृष्टभित्र पर्ने कलेज हो, काठमाडौं इन्स्च्यिुट अफ साइन्स एन्ड टेक्नोलोजी अर्थात् किस्ट । कक्षा ११ र १२ सहित स्नातक र स्नातकोत्तर तहसम्मको अध्यापन हुने यो कलेजले आफ्नो स्थापनाको तीन दशकमा १६ हजारभन्दा बढी विद्यार्थीलाई उज्ज्वल भविष्य दिएको छ ।
कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको यो कलेजले अनुभवी, समर्पित शिक्षक समूह र विद्यार्थी–केन्द्रित शिक्षण पद्धति अंगालेको छ । जसले उच्च शैक्षिक नतिजा सुनिश्चित गर्दछ ।
किस्ट कलेजले अनुभवी, समर्पित शिक्षक समूह र विद्यार्थी–केन्द्रित शिक्षण पद्धति अंगालेको छ ।
ई-लाइब्रेरी, अत्याधुनिक प्रयोगशाला, छुट्टै छात्र तथा छात्रावास, अतिरिक्त क्रियाकलाप, व्यवस्थित यातायात सेवा र आधुनिक भौतिक पूर्वाधार भएको यो कलेज कमलपोखरी नजिकको शान्त, हरियाली र सकारात्मक वातावरणमा अवस्थित छ । व्यक्तित्व विकास, करियर परामर्श, शैक्षिक सहायता तथा जीवन–कौशल अभिवृद्धि कार्यक्रम कलेजले सञ्चालन गर्दै आएको छ ।
वैज्ञानिक र व्यवहारिक पठन पद्दती, जीवनोपयोगी शिक्षा, अनुशासित वातावरण यस कलेजको जग हुन् । समयसापेक्ष शिक्षा, रचनात्मक सिकाई यहाँको आफ्नोपन हो ।
१०. मनास्लु वर्ल्ड कलेज, चावहिल

दुई दशक लामो शैक्षिक अनुभव, आईएसओ सर्टिफाइड गुणस्तर, व्यावहारिक र सीपमूलक शिक्षा, र विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित मनास्लु वर्ल्ड कलेज विद्यार्थीको उत्कृष्ट र भरपर्दो गन्तव्य हो।
विद्यार्थी र अभिभावकलाई उनीहरूको रुचि र सम्भावनाअनुसार सही विषय छनोट गर्न गहन परामर्श गराउनु चावहिलमा अवस्थित मनास्लुको कला हो । परम्परागत शिक्षाभन्दा माथि उठेर जीवनोपयोगी सीप र विश्वव्यापी प्रतिस्पर्धामा जोड दिने यस शैक्षिक संस्थाले आकर्षक छात्रवृत्तिको पनि व्यवस्था मिलाएको छ, जसमा शैक्षिक प्रदर्शन, अतिरिक्त क्रियाकलाप र मनास्लु एप्टिट्युड टेस्ट (म्याट) जस्ता परीक्षाहरूलाई आधारित मानिन्छ ।
किताबको परीक्षासँगै जीवनको परीक्षाबाट पनि पास हुनुपर्छ भन्ने सिद्धान्तबाट निर्देशित मनास्लु अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल छ ।
एसईईको नतिजा आएसँगै पल्स टु कहाँ पढ्ने द्विविधामा रहेका विद्यार्थीका लागि मनास्लु उत्कृष्ट गन्तव्य हो, यहाँ कक्षा ११ र १२ का विद्यार्थीहरूलाई विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन गर्ने अवसर प्रदान गरिन्छ । विद्यार्थीहरूलाई आफ्नो रुचि र भविष्यको लक्ष्य अनुसार विषय छनोट गर्न प्रोत्साहन गरिन्छ, जसले उनीहरूलाई विशिष्ट ज्ञान हासिल गर्न र आफ्नो रोजेको क्षेत्रमा गहिरो विशेषज्ञता प्राप्त गर्न मद्दत गर्छ।
अन्तर्राष्ट्रिय स्तरको भौतिक संरचनाले सुसज्जित यस कलेजकाे कक्षाकोठामा एसी, प्रोजेक्टर छन् भने कलेजको आफ्नै होस्टेल पनि छ । स्कुल कलेजका विद्यार्थीहरू कलेजकै होस्टेलमै बसेर पढ्न सक्छन् ।
स्पष्ट भिजन र मिसन भएको व्यवस्थापनले सञ्चालन गरेको मनास्लु कलेज आज धेरै विद्यार्थीहरूको रोजाइको कलेज बन्न पुगेको छ ।
किताबको परीक्षासँगै जीवनको परीक्षाबाट पनि पास हुनुपर्छ भन्ने सिद्धान्तबाट निर्देशित यस कलेज अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल छ । कलेजमा फुटबल, बास्केटबल, भलिबल, गायन, नृत्य लगायतका अन्य थुप्रै प्रतियोगिताहरू नियमित सञ्चालन हुन्छन् । विशेष गरी खेलकुदका प्रतिष्ठित कपहरू जित्दै आएको मनास्लु राष्ट्रिय टिम सम्ममा स्थान बनाउन सफल भएको छ ।
स्पष्ट भिजन र मिसन भएको व्यवस्थापनले सञ्चालन गरेको मनास्लु कलेज आज धेरै विद्यार्थीहरूको रोजाइको कलेज बन्न पुगेको छ ।
१०. लिटल एन्जल्स स्कुल, ललितपुर

सन् १९८१ म ललितपुरको हात्तीवनमा खुलेको शैक्षिक संस्था हो, लिटल एन्जल्स स्कुल । शैक्षिक उन्न्यनमा अविछिन्न समर्पित लिटल एन्जल्सले साढे चार दशकदेखि निरन्तर आफूलाई देशकै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित गराउँदै आएको छ । उही रफ्तारमा, उही लय कायम राखेको यो शैक्षिक संस्था स्थापनाकालदेखि नै सतप्रतिशत नतिजा दिन सफल छ ।
विद्यार्थीको शैक्षिक प्रगतिका साथै शारीरिक, मानसिक विकासलाई समेत जोड दिँदै लिटल एन्जल्सले विश्व बजारको मागअनुसार आफूलाई परिस्कृत गर्दै लगेको छ ।
‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने कुरालाई विशेष ध्यान दिँदै आएको लिटल एन्जल्सले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय पठनपाठन गराउँछ । क्याम्ब्रिज विश्वविद्यालयको ए लेभलमा पढाई हुने यो कलेजले विषय विज्ञबाहेक शतप्रतिशत पूर्णकालिन शिक्षक शिक्षिकाबाट अध्यापन गराउँदै आएको छ । विद्यार्थीको शैक्षिक प्रगतिका साथै शारीरिक, मानसिक विकासलाई समेत जोड दिँदै लिटल एन्जल्सले विश्व बजारको मागअनुसार आफूलाई परिस्कृत गर्दै लगेको छ ।
दिगो अनि चुस्त व्यवस्थापकीय समूह, सहज अनि रचनात्मक शिक्षक, वैज्ञानिक अनि जीवनोपयोगी सिकाई, स्रोत सम्पन्न कक्षाकोठा, विद्यार्थीमैत्री संरचना, गतिशिल अतिरिक्त क्रियाकलाप यस स्कुलका आकर्षण हुन् ।
११. टेक्सास इन्टरनेसनल कलेज, चावहिल

सन् २०१० मा काठमाडौंको मित्रपार्कमा खुलेको शिक्षण संस्था टेक्सास इन्टरनेशनल कलेज एक गतिशील र शैक्षिक उत्कृष्टता भएको संस्था हो । प्रविधि, व्यवस्थापन र समाजशास्त्रका क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्यसाथ स्थापना गरिएको यो कलेजले सैद्धान्तिक ज्ञान र व्यावहारिक सिकाइलाई समान रूपमा जोड दिँदै, विद्यार्थीलाई व्यावसायिक र समसामयिक शिक्षा प्रदान गर्दै आएको छ।
‘टेक्सास इन्टरनेशनल एजुकेशन नेटवर्क’ तयार गरिरहेको यस कलेजले सैद्धान्तिक पढाइलाई भन्दा पनि विद्यार्थीको क्षमता विकासमा जोड दिँदै आएको छ । कलेजका व्यवस्थापक, गुरुवर्गसँग विद्यार्थी र अभिभावकको सहज पहुँचले यस संस्थालाई सरल र व्यवहारिक बनाएको छ ।
टेक्सास इन्टरनेशनल कलेज एक गतिशील र शैक्षिक उत्कृष्टता भएको संस्था हो ।
टेक्सासमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय अन्तर्गतका विषयहरूलाई समेटेर अध्यापन हुँदै आएको छ । स्नातकोत्तरसम्मको अध्ययन हुने यो कलेजमा स्नातकमा शतप्रतिशतको रेकर्ड रहँदै आएको छ ।
प्राविधिक तथा व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित, अनिवार्य इंटर्नसिप र रोजगारी अवसर सहितका व्यावसायिक पाठ्यक्रमहरू भएको यो संस्थामा समयसापेक्ष अध्ययन गराएर विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त कोर्षमासमेत जोड दिने गरिएको छ ।
सेमिनार, वर्कसप, शैक्षिक भ्रमण, खेलकुद लगायतका प्रतियोगिता साथै सिपमूलक क्रियाकलापमा पनि विद्यार्थीलाई सहभागी भएर अब्बल ठहरिने अवसर टेक्सासले जुराएको छ ।
११. भीएस निकेतन, तीनकुने

चार दशकको यो यात्रामा निरन्तर आफूलाई अब्बल सावित गर्दै आएको शैक्षिक संस्था हो, भीएस निकेतन । मीनभवनमा सन् १९८१ मा खुलेको भिएस निकेतनले तत्कालिन एसएलसीका धेरै वर्षहरुमा आफूलाई बोर्डमा ल्याउन सफल भएको थियो ।
कक्षा ११ र १२ का परीक्षामा पनि आफूलाई अब्बल सावित गर्न सफल भीएसले स्नातक तहको परीक्षामा पनि आफूलाई शीर्षभित्र उभ्याएको छ । भिएस निकेतनमा कक्षा ११ र १२ तर्फ विज्ञान र व्यवस्थापन संकायमा अध्यापन हुँदै आएको छ ।
कक्षा ११ र १२ का परीक्षामा पनि आफूलाई अब्बल सावित गर्न सफल भीएसले स्नातक तहको परीक्षामा पनि आफूलाई शीर्षभित्र उभ्याएको छ ।
पोखरा युनिभर्सिटिबाट सम्बन्धन प्राप्त भीएसले सैद्धान्तिकसँगै व्यवहारिक शिक्षालाई समेत जोड दिँदै आएको छ । विद्यार्थीले नतिजामुखी परिणाम ल्याउने कार्यलाई निरन्तरता दिँदै आएको भीएसले समय सान्दिर्भिक र व्यवहारिक ज्ञानलाई सँगै अगाडी बढाएको छ ।
प्रोफेशनल जनशक्ति तयार गर्नु भिएस निकेतनको पहिलो उद्देश्य हो । सुलभ शिक्षा दिने गरी भीएसमा ४ वर्षे बीबीए र एमबीए प्रोग्राम सञ्चालन भइरहेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरेको यो कलेजले जुनसुकै संकायबाट आउने विद्यार्थीलाई समेत बीबीए प्रोग्राममा भर्ना लिने गरेको छ । बीबीए प्रोग्रामका लागि सुविधा सम्पन्न आफ्नै भवन छ ।
१२. ट्रिटन इन्टरनेशनल स्कुल एन्ड कलेज, बालकुमारी

२०५६ सालमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा ज्ञान, अनुभव र दक्षता हासिल गरेका विज्ञ समूहको सोच र आँटले खुलेको संस्था हो, ट्रिटन इन्टरनेशनल स्कुल एन्ड कलेज । स्थापनाकालदेखि नै विद्यार्थीमा भएको रुची पहिल्याउँदै सोही अनुरुप क्षमता विकास गर्न सिकाईका विविध माध्यमहरु अपनाउँदै आएको यो कलेज आफ्नो यात्राको हरेक वर्ष आफूलाई अन्य शैक्षिक संस्थाको तुलनामा अब्बल सावित गर्दै आएको छ ।
कलेजले विद्यार्थी, अभिभावक र सहकर्मीबीच मार्गनिर्देशकको भूमिका निर्वाह गर्दै सफल व्यवसायिक जीवनका लागि सधैं प्रेरित गर्ने गरेको छ।
विद्यार्थीमैत्री वातावरण, रचनात्मक पठन विधि, योग्य शिक्षक, पर्याप्त शैक्षिक स्रोत, प्रेरणादायी अभिभावकत्व यसका विशेषता हुन् । स्नातकोत्तर तहसम्मको अध्यापन गराउने यो कलेजमा कक्षा ११ र १२ मा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकायको पठनपाठन हुन्छ । जीवनउपयोगी सिकाईलाई प्राथमिकतामा राख्दै आएको ट्रिटनले युग सुहाउँदो नविनतम् उपकरण एवं प्रविधिको प्रयोग गर्दैै विद्यार्थीलाई पढाईका अतिरिक्त जीवनका मूल्य र मान्यताहरु पनि सिकाउने गरेको छ ।
ट्रिटन आफ्नो यात्राको हरेक वर्ष आफूलाई अन्य शैक्षिक संस्थाको तुलनामा अब्बल सावित गर्दै आएको छ ।
विद्यार्थीको सन्तुलित शैक्षिक, सामाजिक र व्यक्तित्व विकासमा केन्द्रित रहेको ट्रिटनले आधुनिक शिक्षासँगै परम्परागत संस्कार र मूल्यहरूको संरक्षणमा पनि जोड दिने गरेको छ । कलेजले विद्यार्थी, अभिभावक र सहकर्मीबीच मार्गनिर्देशकको भूमिका निर्वाह गर्दै सफल व्यवसायिक जीवनका लागि सधैं प्रेरित गर्ने गरेको छ।
१२. नेशलन स्कुल अफ साइन्सेज (निस्ट), लैनचौर

२०५० सालमा काठमाडौंको लैनचौरमा स्थापना भएको शैक्षिक संस्था हो, नेशलन स्कुल अफ साइन्सेज (निस्ट) । वैज्ञानिक र शिक्षाविद्हरुले विशिष्ठ शैक्षिक संस्थाको आवश्यक्ता महशुस गरेर स्थापना गरेको निस्ट फाउन्डेसन अन्र्तगत नेशलन स्कुल अफ साइन्ससहित ९ वटा शैक्षिक संस्था संचालनमा छन् ।
विद्यार्थीलाई नतिजासँगै सीप र क्षमताले पनि युक्त बनाउनुपर्छ भनी यस कलेजले सोही अनुरुप कार्यक्रम गर्दै आएको छ ।
उत्तरदायी र दूरदर्शी व्यवस्थापन, सक्रीय र रचनात्मक शिक्षक समूह, प्रयोगात्मक पठन प्रणालीले निस्टलाई स्थापनाको छोटो समयमा नै उत्कृष्ट शैक्षिक संस्थाको दर्जामा पुर्याएको छ । विद्यार्थीको अतिरिक्त गतिविधिमा पनि जोड दिँदै आएको याे संस्थासँग पर्याप्त स्रोत साधन छ ।
विद्यार्थीलाई नतिजासँगै सीप र क्षमताले पनि युक्त बनाउनुपर्छ भनी यस कलेजले सोही अनुरुप कार्यक्रम गर्दै आएको छ । कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापनमा अध्यापन गराउँदै आएको निस्टले आगामी दिनमा कानुन र मानविकीमा पनि अध्यापनको तयारी गरेको छ ।
निस्टले आगामी दिनमा कानुन र मानविकीमा पनि अध्यापनको तयारी गरेको छ ।
विद्यार्थीलाई नतिजासँगै सीप र क्षमताले पनि युक्त बनाउनुपर्छ भनी यस कलेजले सोही अनुरुप कार्यक्रम गर्दै आएको छ । विद्यार्थीलाई प्रविधिमैत्री बनाउने, उनीहरुको नेतृत्व क्षमता एवं व्यक्तित्व विकास गर्ने, सीप सिकाउने, सामाजिक जीवनमा उत्तरदायी बन्न प्रेरित गर्ने लक्ष्यका साथ कलेजले विभिन्न गतिविधि गर्दै आएको छ ।
१३. सेन्ट मेरिज मावि, जावलाखेल

विद्यार्थीले पढाइलाई बोझका रूपमा नलिई खुशीखुशी अध्ययन गरुन् भन्ने मान्यता बोकेको शिक्षण संस्था हो, लतिलपुरको जावलाखेलमा अवस्थित सेन्ट मेरिज । शिक्षक–विद्यार्थीबीच प्रेमपूर्ण सम्बन्ध कायम राख्न सफल यो शिक्षण संस्था ‘पढ्नुको अर्थ जान्नु वा सिक्नु मात्र होइन, बरु आफूलाई सकारात्मक उर्जा र भावले परिपूर्ण पार्नु पनि हो,’ भन्ने मान्यतामा सधैं केन्द्रित रहन्छ ।
सन् १९७५ मा स्थापना भएको सेन्ट मेरिजको अर्को विशेषता भनेको यहाँ छात्राहरुले मात्र भर्ना पाउँछन् । जेहेन्दार, गरिब एवं प्रतिभाशाली विद्यार्थीहरुलाई सही मार्गदर्शन दिन सकियोस् भनेर सेन्ट मेरिजले सस्तो तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
सेन्ट मेरिजले निश्चित संख्यामा मात्र विद्यार्थी भर्ना गर्छ । यसरी सीमित विद्यार्थीलाई लिएर उनीहरुको सम्पूर्ण वृत्तिविकासमा सहयोग गर्ने सेन्ट मेरिजले वर्षेनी उत्कृष्ट नतिजा दिने गरेको छ । यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुँदै आएको छ । पारिवारिक वातावरण, लगनशील शिक्षक र चुस्त प्रशासन भएको सेन्ट मेरिजमा अन्तक्र्रियात्मक प्रणाली अनुसार पढाइ हुन्छ ।
असल काम नै अनुशासनको शर्त मान्ने यो कलेज ‘म’ होइन ‘हामी’ भन्ने भावना विकास गर्ने एवम् कठोर परिश्रम गर्दै सकारात्मक सोच राख्न सिकाउने शैक्षिक संस्था हो ।
१३. मोर्गन इन्टरनेशनल कलेज, बसुन्धारा

बसुन्धारामा रहेको मोर्गन इन्टरनेशनल कलेज शिक्षण, अध्ययन, सिर्जना, नवप्रवर्तन र नेतृत्व विकासमा समर्पित अग्रणी शैक्षिक संस्था हो । शैक्षिक उत्कृष्टता, नवप्रवर्तन र नेतृत्व विकासका क्षेत्रमा आफैंलाई उदाहरणीय बनाउँदै यस संस्थाले हरेक विद्यार्थीलाई व्यक्तिगत रूपमा प्रोत्साहित गर्ने र उनीहरूको वैश्विक भविष्य निर्माणमा सशक्त भूमिका खेल्दै आएको छ ।
बसुन्धारामा रहेको मोर्गन इन्टरनेशनल कलेज शिक्षण, अध्ययन, सिर्जना, नवप्रवर्तन र नेतृत्व विकासमा समर्पित अग्रणी शैक्षिक संस्था हो ।
दूरदर्शी र अन्तर्राष्ट्रिय सोच भएका शैक्षिक विज्ञहरूको सक्रियतामा खोलिएको यो कलेज एक यस्तो उत्कृष्ट शैक्षिक संस्था हो, जुन प्रविधि र व्यवस्थापन क्षेत्रमा विश्वस्तरमा अब्बल जनशक्ति उत्पादनको लक्ष्यसहित अगाडी बढेको छ । शिक्षण, अध्ययन, सिर्जना, नवप्रवर्तन र नेतृत्व विकासमा समर्पित यो कलेज देशका उत्कृष्ट कलेजहरूमध्ये एकको रूपमा उभिएको छ ।
मोर्गन कलेजले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकाय अन्तर्गतका विषयहरूको पठनपाठन सञ्चालन हुँदै आएको छ । आधुनिक विषयमा शिक्षा प्रदान गर्दै विद्यार्थीहरुलाई समयसापेक्ष शिक्षा दिँदै आएको मोर्गनले आईटी तथा व्यवस्थापन शिक्षामा नवीनतम प्रविधिको प्रयोग गर्दै आएको छ ।
प्रतिस्पर्धात्मक र अद्वितीय पाठ्यक्रम संरचना भएको यो कलेजमा अध्ययनरत विद्यार्थीको परीक्षामा उत्तीर्णता पनि शतप्रतिशत छ ।
प्रतिस्पर्धात्मक र अद्वितीय पाठ्यक्रम संरचना भएको यो कलेजमा अध्ययनरत विद्यार्थीको परीक्षामा उत्तीर्णता पनि शतप्रतिशत छ । सुविधा सम्पन्न भौतिक संरचनामात्र नभएर लोभलाग्दो शैक्षिक वातावरणले पनि मोर्गानलाई विश्वस्तरको शिक्षण संस्था बनाएको छ ।
१४. नेपाल मेगा कलेज, बबरमहल

विद्यार्थीको चाहना, समाजको सपना र मुलुकको आवश्यकता पूरा गर्न निरन्तर लागि परिरहेको शैक्षिक संस्था हो, नेपाल मेगा कलेज । सन् २०११ देखि सञ्चालनमा आएको यो कलेजले छोटो समयमै आफूलाई अब्बल सावित गरी सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
समयसापेक्ष र व्यावहारिक पाठ्यक्रम भए मात्र दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने बुझेको मेगा कलेजले व्यवहारिक रूपमा पनि त्यसलाई उतार्दै आएको छ । नर्सरीदेखि स्नातकोत्तरसम्मको अध्यापन हुने मेगा कलेजमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायमा अध्ययन गर्न पाइन्छ । स्नातकमा बीबीएस, बीएसडब्लु, बीसीए, बीबीएम तथा स्नातकोत्तर तहमा एमबीएस र एमए (आरडी) कार्यक्रमहरू सञ्चालनमा छन् ।
आम विद्यार्थी र अभिभावकको आँखामा परिसकेको नेपाल मेगा कलेज विद्यार्थीलाई सक्षम बनाउने दायित्व लिएर अगाडि बढी रहेको छ ।
विज्ञ र दक्ष अध्यापकहरूको टिम रहेको यस कलेजले विद्यार्थीको रुचि र क्षमता अनुसार उनीहरूले कस्तो करियर बनाउन खोजका छन् ? कसरी उनीहरूले आफ्नो ज्ञानलाई व्यवहारिक र जीवन सदुपयोग गर्न सक्छन् ? सोही अनुरूपको सिकाई पद्धति नेपाल मेगा कलेजले अपनाउँदै आएको छ ।
यस कलेजले शैक्षिक क्षेत्रमा उदाहरणीय र अनुकरणीय कार्य गर्ने र गरिरहने लक्ष्य राखेर काम गरिरहेको छ । भौतिक पूर्वाधारले सम्पन्न नेपाल मेगा कलेजसँग अत्याधुनिक साइन्स ल्याब, मिटिङ हल, लाइब्रेरी, क्यान्टिन, यातायात लगायत सेवाहरू उपलब्ध छन् । यसै शैक्षिक संस्था अन्तर्गत नेपाल मेगा स्कुल पनि सञ्चालनमा छ ।
१५. नेपाल काष्ठमण्डप कलेज, कलंकी

कक्षा ११ देखि स्नातकोत्तरसम्मका विभिन्न कार्यक्रम सञ्चालन हुने नेपाल काष्ठमण्डप कलेज दक्ष, अनुभवी शिक्षक समूह, रचनात्मक पठन विधि र पुग्दो शैक्षिक स्रोतका कारण हरेक विद्यार्थीमाफ चर्चित छ । काठमाडौंको कलंकीमा रहेको यो कलेजले गुणस्तरीय शिक्षासँगै उत्कृष्ट नतिजा हासिल गर्दैै आएको छ ।
गरिब तथा जेहेन्दार विद्यार्थीका लागि यो कलेजले अन्य विभिन्न किसिमका अन्य छात्रवृत्तिको समेत व्यवस्था गरेको छ ।
कक्षा ११, १२ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन, मानविकी संकायमा अध्यापन गराउँदै आएको नेपाल काष्ठमण्डपले एसईईमा प्राप्त गरेको ग्रेडिङका आधारमा विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि यो कलेजले अन्य विभिन्न किसिमका अन्य छात्रवृत्तिको समेत व्यवस्था गरेको छ ।
अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँगको समन्यवमा पठन विधिलाई प्रभावकारी र विद्यार्थीलाई अब्बल बनाउन निरन्तर प्रयत्नशिल छ । पढाईपछि रोजगार र उद्यमशिलतासँग जोड्न हरसम्भव प्रयास गर्ने यो शिक्षण संस्थाले दक्ष एवं अनुभवी, प्रतिष्ठित शिक्षक समूह, बैंकर, उद्यमीहरुको संयुक्त जगमा आफूलाई उभ्याएको छ ।
अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँगको समन्यवमा पठन विधिलाई प्रभावकारी र विद्यार्थीलाई अब्बल बनाउन निरन्तर प्रयत्नशिल छ ।
कलेजले कक्षा ११ र १२ का विद्यार्थीको मनोवैज्ञानिक परामर्शका लागि छुट्टै कक्षाको समेत व्यवस्था गरेको छ । किशोरावस्थाको मध्य चरणमा रहेका विद्यार्थीलाई दिइएको परामर्श र शिक्षाले नै उनीहरुको भविष्य निर्धारण गर्ने भएकाले विद्यार्थीलाई शैक्षिक गतिविधिका साथै भविष्यको गन्तव्यबारे जानकार बनाउनु कलेजले आफ्नो मुख्य कर्तव्य ठानेको छ ।
१६. सैनिक आवासीय महाविद्यालय, भक्तपुर

साढे ४ दशकदेखि निरन्तर शैक्षिक सेवामा समर्पित संस्था हो, सैनिक आवासीय महाविद्यालय । भक्तपुरको सल्लाघारीमा नेपाली सेना कल्याणकारी कोषको संयोजकत्वमा २०३५ सालमा यो कलेज खुलेको हो । शैक्षिक क्षेत्रमा मात्र नभई यो कलेजले खेलकुदसहित क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
उत्कृष्ट अध्ययन शैली अपनाएको यो कलेजमा अत्याधुनिक भौतिक पूर्वाधार, पर्याप्त खेल मैदान, अनुभवी प्राध्यापक छन् ।
अनुशासित कलेजको उपमा पाएको यो कलेजमा कक्षा ६ देखि स्नातकसम्मको अध्यापन हुँदै आएको छ । २०६० सालदेखि व्यवस्थापन संकायमा अध्यापन थालेको यो कलेजले त्यसको ६ वर्षपछि निरन्तर मानविकी र विज्ञानको समेत पठनपाठन गर्दै आएको छ ।
अनुशासित कलेजको उपमा पाएको यो कलेजमा कक्षा ६ देखि स्नातकसम्मको अध्यापन हुँदै आएको छ ।
सैनिक र सर्वसाधारणका छोराछोरीलाई सस्तो मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सैनिक महाविद्यालयले शैक्षिक संस्थाहरुको भीडभाडमा आफूलाई पटकपटक अब्बल सावित गरिसकेको छ ।
उत्कृष्ट अध्ययन शैली अपनाएको यो कलेजमा अत्याधुनिक भौतिक पूर्वाधार, पर्याप्त खेल मैदान, अनुभवी प्राध्यापक छन् । अनुशानलाई पहिलो प्राथमिकतामा राखेको शैनिक आवासीयले शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुदसहित क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
१७. समृद्धि स्कुल, बनस्थली

२१औं शताब्दीमा बजारको माग अनुसारको जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित शैक्षिक संस्था हो, समृद्धि स्कुल । काठमाडौंको बनस्थलीमा २०७४ सालमा खुलेको यो शिक्षण संस्था आफ्नो नामअनुसार नै विद्यार्थीको वृत्तिविकासका लागि हरपल खटिएको छ ।
परीक्षा केन्द्रित भन्दा पनि विद्यार्थीमा सिकाइको भोक जगाएर अध्ययन गराउनु समृद्धिको विशेषता हो ।
अत्याधुनिक भौतिक पूर्वाधार र अनुभवी शिक्षक समूहको साथमा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन गराउँदै आएको यस स्कुलले विद्यार्थीलाई कक्षा १ देखि नै लिडरसीप विकास, ग्रुप वर्क तथा प्रस्तुती जस्ता सिकाइका आधुनिक प्रक्रियालाई अँगाल्दै आएको छ । होटल व्यवस्थापन, पर्यटन र पर्वतारोहण, मार्केटिङ समृद्धिमा पढाई हुने प्रमुख विषय हुन् ।
परीक्षा केन्द्रित भन्दा पनि विद्यार्थीमा सिकाइको भोक जगाएर अध्ययन गराउनु समृद्धिको विशेषता हो ।
गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सधैं सहयोगी बन्ने यो स्कुलले उचित छात्रवृत्तिको समेत व्यवस्था गर्दै आएको छ ।
भिजन नै बनाएर अघि बढिरहेको समृद्धि सिर्जनशीलताको कदर गर्दै वौद्धिक र व्यक्तिगत विकासका लागि विद्यार्थीलाई सधैं हौसला र प्रेरणा दिने गर्दछ । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सधैं सहयोगी बन्ने यो स्कुलले उचित छात्रवृत्तिको समेत व्यवस्था गर्दै आएको छ ।
१७. नेपाल प्रहरी विद्यालय, साँगा

नेपाल प्रहरीमा खटिएका सकल दर्जाका सन्तानहरुलाई पढाउनका लागि विसं २०४० सालमा भक्तपुरको साँगामा खोलिएको गैरनाफामूलक शैक्षिक संस्था हो, नेपाल प्रहरी विद्यालय ।
योग्य, दक्ष र दिग्गज शिक्षक समूह रहेको नेपाल प्रहरी विद्यालय शतप्रतिशत नतिजा दिन सफल छ ।
योग्य, दक्ष र दिग्गज शिक्षक समूह रहेको नेपाल प्रहरी विद्यालय शतप्रतिशत नतिजा दिन सफल छ । शिक्षासँगै दिक्षा दिने लक्ष्य राखेको यस विद्यालयले नेपाल प्रहरी कर्मचारीका ६० प्रतिशत र सर्वसाधारणका ४० प्रतिशत छोराछोरीलाई आवाशीय सुविधासहित न्यूनतम शुल्कमा पठनपाठन गराउँदै आएको छ । कक्षा ४, ९ र ११ मा मात्रै भर्ना पाइने प्रहरी विद्यालयमा अनुशासनको उच्चतम नमुना देख्न पाइन्छ । कक्षा ११ मा व्यवस्थापन र विज्ञान विषयमा अध्यापन हुँदै आएको छ भने स्नातकमा कम्प्युटर इन्जिनियरिङ विषय अध्यापन हुन्छ ।
कक्षा ११ मा व्यवस्थापन र विज्ञान विषयमा अध्यापन हुँदै आएको छ भने स्नातकमा कम्प्युटर इन्जिनियरिङ विषय अध्यापन हुन्छ ।
पूर्वाधारमा सम्पन्न, स्मार्टबोर्डमा पठनपाठन, हरेक कक्षामा प्रोजेक्टर सिकाइ, शुद्ध खानेपानीको व्यवस्था, योग्य, दक्ष र दिग्गज शिक्षक समूह रहेको यस विद्यालय शतप्रतिशत नतिजा दिन सफल छ । साँगामा केन्द्रीय विद्यालय रहेको नेपाल प्रहरी स्कुलका विभिन्न ठाउँमा ७ वटा अन्य विद्यालय पनि सञ्चालनमा छन् ।
१८. आइएसटी कलेज, ज्ञानेश्वर

हस्पिटालिटीको क्षेत्रमा आफूलाई स्थापित गराउन सफल शैक्षिक संस्था हो, इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी) कलेज । दुई दशकदेखि यो कलेजले टुरिजम र हस्पिटालिटी क्षेत्रमा नवआयामसहित अन्तर्राष्ट्रियस्तरका कोर्षहरु पठनपाठन गराउँदै आएको छ ।
कलेजले टुरिजम र हस्पिटालिटी क्षेत्रमा नवआयामसहित अन्तर्राष्ट्रियस्तरका कोर्षहरु पठनपाठन गराउँदै आएको छ ।
कक्षा ११ र १२ मा नै ईन्टर्नसिपको व्यवस्था गर्ने नेपालको एक मात्र कलेज आइएसटी काठमाडौंको ज्ञानेश्वरमा रहेको छ । आइएसटीले विद्यार्थीलाई जिज्ञासु र जागरूक बनाउन विषय अनुसार प्रयोगात्मक अभ्यासलाई उच्च प्राथमिकतामा राखेको छ । यो शिक्षण संस्थामा कक्षा ११ र १२ मा व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिजम म्यानेजमेन्ट, जनरल म्यानेजमेन्टका विषयहरू पढाई हुन्छ ।
अनुवभी शिक्षक समूह र परिपक्क व्यवस्थापन समूहको प्रत्यक्ष रेखदेखमा सञ्चालिन यो कलेजमा विद्यार्थीले सीपमूलक एवं जीवनोपयोगी शिक्षा आर्जन गर्न सक्छन् ।
नेपाली परिवेशअनुसार आफ्नो अध्यापन विधि अंगालेको आईएसटीले कक्षा १२ को अन्तिम परीक्षा दिए लगत्तै विद्यार्थीहरुलाई व्यावसायिक एवं व्यावहारिक ज्ञानका लागि प्रेरित गर्दै आएको छ । होटल म्यानेजमेन्टका विद्यार्थीलाई ४ तारे होटलमा ३ देखि ६ महिना ईन्टर्नसिपमा पठाउँदै आएको यो शिक्षण संस्थाले कम्प्युटर साइन्सका विद्यार्थीहरूलाई आईटीसँग सम्बन्धित काम गर्ने टेक कम्पनीहरूमा ४ देखि ६ महिनाको ईन्टर्नसिपका लागि सहजीकरण गर्ने गरेको छ ।
अनुवभी शिक्षक समूह र परिपक्क व्यवस्थापन समूहको प्रत्यक्ष रेखदेखमा सञ्चालिन यो कलेजमा विद्यार्थीले सीपमूलक एवं जीवनोपयोगी शिक्षा आर्जन गर्न सक्छन् । यसका लागि कलेजसँग प्रभावकारी पठन विधि मात्र छैन, उत्तिकै स्रोत सम्पन्न कक्षाकोठा र प्रयोगशाला छन् ।
१९. ब्रिजवाटर इन्टरनेशनल कलेज, सिनामंगल

डेढ दशकको शैक्षिक यात्रा तय गरिसकेको ब्रिजवाटर इन्टरनेशनल कलेज जीवनोपयोगी शिक्षाका लागि उत्कृष्ट रोजाई हो । ब्रिजवाटर फाउन्डेशन अन्तर्गत रहेर विद्यालय तह, प्लस टु हुँदै स्नातकसम्म अध्ययन हुने यो कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन हुन्छ । कलेजले शैद्धान्तिकसँगै प्रयोगात्मक पठनपाठनमा जोड दिँदै आएको छ । यसका लागि विभिन्न अभ्यास, स्थलगत भ्रमण, प्रोजेक्ट वर्क जस्ता विधि अपनाएको छ ।
ब्रिजवाटरले विद्यार्थीलाई दक्ष मात्र बनाउँदैन, उनीहरुको क्षमता र रुची अनुरुप रोजगारका लागि मार्गनिर्देशन पनि गर्छ ।
कलेजले विद्यार्थीलाई दक्ष मात्र बनाउँदैन, उनीहरुको क्षमता र रुची अनुरुप रोजगारका लागि मार्गनिर्देशन पनि गर्छ । यस कलेजको अर्को विशेषता भनेको विद्यार्थीको भविष्यप्रति उत्तरदायी भूमिका निर्वाह गर्नु हो ।
नेपाली शिक्षामा गौरवमय इतिहास बनाउने उद्धेश्य बोकेको कलेजले आजको युग सुहाउँदो शिक्षण विधि अपनाउँदै आएको छ । देशकै सबैभन्दा व्यवहारिक, नविन र उत्पादनशिल शैक्षिक नेटवर्क बनाउने आधार तय गर्दै कलेजले कक्षाकोठादेखि पठन पद्धतीसम्ममा उन्नत अभ्यासहरु गरिरहेको छ ।
डेढ दशकको शैक्षिक यात्रा तय गरिसकेको ब्रिजवाटर इन्टरनेशनल कलेज जीवनोपयोगी शिक्षाका लागि उत्कृष्ट रोजाई हो ।
साप्ताहिक रुपमा लिइने परीक्षाले विद्यार्थीलाई अध्ययनमा परिपक्कता ल्याउने मात्र नभइ कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षासहितको दैनिक, साप्ताहिक र मासिक योजना बनाउन समेत ब्रिजवाटरले अग्रसरता लिने गरेको छ ।
२०. ख्वप कलेज, भक्तपुर

जेहेन्दार तथा न्युन आय भएका विद्यार्थीहरुको इन्जिनियर बन्ने सपना पूरा गर्दै आएको शैक्षिक संस्था हो, ख्वप कलेज । सन् २००८ देखि सांस्कृतिक शहर भक्तपुरमा स्थापना भएको यो कलेज शैक्षिक संस्थाको भिडमा अरुभन्दा फरक र सफल छ ।
भक्तपुर नगरपालिकाको स्वामित्वमा रहेको यो कलेज प्रविधिको हिसावले पनि उच्चदर्जाको कलेज हो ।
भक्तपुर नगरपालिकाको स्वामित्वमा रहेको यो कलेज प्रविधिको हिसावले पनि उच्चदर्जाको कलेज हो । सिभिल, कम्प्युटर र इलेक्ट्रिकल इन्जिनियरिङ विषयको अध्यापन हुने यस कलेजमा कक्षा ११ र १२ मा विज्ञान र मानविकी संकायमा अध्यापन हुने गरेको छ ।
बद्लिदो परिस्थिति र विश्वलाई केन्द्रमा राखेर यो शिक्षण संस्थाले आफूलाई समयअनुसार परिस्कृत गर्दै आएको छ । आधुनिक युगमा समयसापेक्ष अध्यापन गराउन सफल यो कलेज विद्यार्थीहरुको लागि उचित गन्तव्य बन्नेमा दुईमत छैन । सुविधा सम्पन्न अत्याधुनिक भवन, खुल्ला र पर्याप्त खेल मैदान, शान्त र स्वच्छ वातावरणले पनि अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो शिक्षण संस्था पहिलो रोजाइमा पर्दै आएको छ ।
बद्लिदो परिस्थिति र विश्वलाई केन्द्रमा राखेर यो शिक्षण संस्थाले आफूलाई समयअनुसार परिस्कृत गर्दै आएको छ ।
कितावी ज्ञानमात्र नभइ यो कलेजले भक्तपुरको कला र संस्कृतिसँग जोडेर विभिन्न अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गर्ने गरेको छ । खेलकुद, सांस्कृतिक कार्यक्रम, गीतसंगित, अभिनयमा रुची राख्ने विद्यार्थीका लागि पनि कलेजले अवसरहरु प्रदान गर्ने गरेको छ ।
२०. ज्ञानज्योती माध्यमिक विद्यालय, दाङ

दाङको तुलसीपुरमा सुलभ र गुणस्तरीय शिक्षाको प्रतीक बनेर उभिएको छ, ज्ञानज्योती माध्यमिक विद्यालय । लामो शैक्षिक यात्रा तय गरिसकेको विद्यालय प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा प्रदान गर्ने एक बृहत् संस्थाको रूपमा विकसित छ ।
ज्ञानज्योतीको मूल उद्देश्य स्थानीय समुदायलाई कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु हो। अनुभवी शिक्षकहरू र आधारभूत शैक्षिक पूर्वाधारमा अब्बल यस विद्यालयमा सुसज्जित कक्षा कोठाहरू, पुस्तकालय, र विज्ञान तथा कम्प्युटरका लागि प्रयोगशालाहरू पनि उपलब्ध छन् ।
विद्यार्थीहरुको क्षमता, अभिरुची र समयसापेक्ष तरिकाको अध्यापन गराई उनीहरुको अन्तर्निहित क्षमता प्रस्फुटन गराउनु ज्ञानज्योतीको कला हो ।
वि.सं. २०६५ बाट कक्षा ११ र १२ को कक्षा सुरु भएको यस विद्यालयले प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ सञ्चालन गर्दै आएको छ भने स्नातक तहमा बिबिएस, बिबिए, बिएस्सी, बिएस्सी, सिएस, आईटी, बिए, बिसिए, बिए, एलएलबी र स्नातकोत्तर तहमा एमबिएको पठनपाठन हुने गर्दछ ।
तुलसीपुरमा सुलभ र गुणस्तरीय शिक्षाको प्रतीक बनेर उभिएको छ, ज्ञानज्योती ।
विद्यार्थीहरुको क्षमता, अभिरुची र समयसापेक्ष तरिकाको अध्यापन गराई उनीहरुको अन्तर्निहित क्षमता प्रस्फुटन गराउनु ज्ञानज्योतीको कला हो ।
शैक्षिक कार्यक्रमहरू बाहेक, विद्यालयले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप, खेलकुद र सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन प्रोत्साहन गर्दछ, जसले समग्र विकासलाई बढावा दिन्छ । यहाँका विद्यार्थीलेराष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै आएका छन् ।
माथिको सूचीमा नअटाएका मेरिल्यान्ड विराटनगर, शिक्षादिप विराटनगर, काठमाडौं वर्ल्ड स्कुल गुन्डु, एम्बिसन एकेडेमी वानेश्वर, गोल्डेन गेट इन्टरनेसनल पुरानो वानेश्वर, एस मावि नयाँ वानेश्वर, सिद्धार्थ अंग्रेजी मावि बनेपा, ग्लोबल कलेज अफ म्यानेजमेन्ट मध्य बानेश्वर, ग्लोबल स्कुल अफ साइन्स मध्यबानेश्वर, सगरमाथा मल्टिपल कलेज डिल्लीबजार, साउथवेष्टर्न इन्टरनेसनल धापासी, गोर्खा इन्टरनेसनल पब्लिक मावि घोराही, एभरेष्ट कलेज थापाथली, डिएभी सुशिल केडिया विश्व भारती जावलाखेल, प्राइम कलेज नयाँ बजार, अर्किड कलेज चितवन, न्यु होराइजन मावि बुटवल, प्राइम कलेज, सगरमाथा मावि पोखरालगायत पनि उत्कृष्ट शैक्षिक संस्थामा पर्छन् ।































प्रतिक्रिया