भैरहवा

सिद्धार्थ यातायात प्रालि रुपन्देहीले चाडपर्व अघि भाडावृद्धि नगर्ने निर्णय गरेको छ । "/>

सिद्धार्थ यातायातले चाडपर्वका मुखमा भाडा नबढाउने

सिद्धार्थ यातायातले चाडपर्वका मुखमा भाडा नबढाउने

केन्द्रबिन्दु
0
Shares

भैरहवा

सिद्धार्थ यातायात प्रालि रुपन्देहीले चाडपर्व अघि भाडावृद्धि नगर्ने निर्णय गरेको छ । प्रालिका सञ्चालक समितिको बैठकले भाडा नबढाउने निर्णय गरेको अध्यक्ष सूर्य कुमार सारु मगरले बताए ।

सरकारले यातायात क्षेत्रमा सिण्डिकेटको अन्त्य गरी प्रालिमा लैजाने निर्णय गरेको थियो । सिद्धार्थ यातायातले दशैँको मुखमा सरकारले बढाएको दश प्रतिशत भाडा लागू नगर्ने जनाएको हो ।

चाडपर्वको मौकामा उपभोक्तालाई मारमा पार्न नहुने भन्दै प्रालिले दशैँको बेलामा सवारी भाडा यथावत राख्ने निर्णय भएको मगरले बताए । प्रालिको उद्देश्य नाफा कमाउने मात्र नभएर स्तरीय सेवा उपलब्ध गराउने भएकाले तत्काललाई भाडा नबढाउने निर्णय गरेको उनले जनाए ।

हरेक वर्ष दशैँ तिहारमा भारतबाट आउने नेपाली सीमा नाकामा लुटिने घटनालाई मध्य नजर गर्दै लुटिएर बेखर्ची भएका यात्रुलाई निशुल्क पुर्‍याउने व्यवस्था मिलाउने समेत निर्णय भएको छ ।

प्रालिले सञ्चालन गरेका बस सेवालाई यात्रुमैत्री बनाउने र सहज यात्रा गराउने लक्ष्यका साथ अगाडि बढेको मगरले बताए । सुरक्षित यात्राका लागि कर्मचारीलाई ट्राफिक नियम बारेमा जानकारी दिँदै आइरहेको र यात्रुलाई सम्मान र सत्कारका बारेमा समेत सचेत बनाउँदै तालिम दिएको छ । प्रालिले भैरहवा-बुटवल, भैरहवा – तौलिहवा र लुम्बिनी – सौराह लगायतमा गाडी सञ्चालन गर्दै आएको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo