काठमाडौं

हाम्रो दिमाग दिनमा भन्दा रातमा बढी सक्रिय हुन्छ । किन यसो हुन्छ भन्ने वैज्ञानिकहरूले अझैसम्म पत्तो पाएका छैनन् । "/>

कहिल्यै ख्याल नगरिएका मानव शरीरका यी रोचक कुरा !

कहिल्यै ख्याल नगरिएका मानव शरीरका यी रोचक कुरा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

हाम्रो दिमाग दिनमा भन्दा रातमा बढी सक्रिय हुन्छ । किन यसो हुन्छ भन्ने वैज्ञानिकहरूले अझैसम्म पत्तो पाएका छैनन् । जुन व्यक्तिको आईक्यू स्तर बढी हुन्छ उसले धेरै सपना देख्छ । धेरै सपना देख्नुको मतलब उसले आफ्नो सपना धेरै याद हुनु हो । पुरुषहरूको अनुहारमा रौं शरीरका अन्य भागमा भन्दा धेर छिट्टो बढ्छ । कहिल्यै ख्याल नगरिएका मानव शरीरका यी रोचक कुरा :

  • हाम्रो पेटमा भएको एसिडले ब्लेड पनि पचाइदिन्छ ।
  • हामीले जिन्दगीभरि निकाल्ने –यालले दुईवटा स्विमिङ पूल भरिन्छ ।
  • हाम्रो हातको माझी औंलोको नङ अरू औंला भन्दा छिट्टो बढ्छ ।
  • कानमा फोहर जमेको कसैलाई मन पर्दैन तर हाम्रो शरीरको रक्षाका लागि यो आवश्यक कुरा हो ।
  • पुरुषको तुलनामा महिलाहरूको मुटु बढी तीव्र गतिमा धड्किन्छ ।
  • धेरै खाना खाएपछि हाम्रो सुन्ने क्षमता कम हुन्छ ।
  • एक सर्वेक्षण अनुसार पुरुषलाई महिलाभन्दा बढी बाडुली आउँछ ।
  • हाम्रो नाकले करीब ५० हजार किसिमको गन्ध सुँघ्न सक्छ जबकि हाम्रा आँखाहरूले एक करोड रंग चिन्न सक्छन् ।
  • सुन्दा आश्चर्य लाग्ला तर सोमवारको दिन हृदयघातको खतरा सबभन्दा बढी हुन्छ । एक सर्वेक्षण अनुसार करीब २० प्रतिशत मानिसको मृत्यु अरू दिनभन्दा पनि सोमवार हृदयघातका कारण भएको थियो ।
  • धेरजसो रोगहरू तनावका कारण हुन्छन् । अध्ययनहरूले ९० प्रतिशत रोग तनावका कारण हुने देखाएका छन् ।
  • महिलाको तुलनामा पुरुषको शरीरमा रगतको मात्रा बढी हुन्छ । पुरुषहरूको शरीरमा ६.८ लिटर रगत हुन्छ भने महिलाहरूको जम्मा पाँच लिटर रगत हुन्छ ।
  • बिहान तीनदेखि चार बजेको समयमा हाम्रो शरीर सबभन्दा कमजोर अवस्थामा हुन्छ । यसैले यस समयमा सबभन्दा बढी हृदयघात हुन्छ ।
  • चर्को आवाज आउँदा हाम्रा आँखाका नानी चौडा हुन्छन् ।
  • जन्मपछि हाम्रा आँखाहरूको आकार बढ्दैन जबकि नाक र कान जिन्दगीभरि बढिरहन्छन् ।
  • हाम्रो आँखाको कोर्नियासम्म रगत पुग्दैन । त्यसैले कोर्नियाले अक्सिजन सिधै हावाबाट लिन्छ ।
  • हरेक मनुष्यको एउटा आँखा तेज र अर्को आँखा कमजोर हुन्छ ।

एजेन्सी

Logo