संसदीय अभ्यासको प्रभावकारीताबारे समीक्षा गर्नुपर्छः राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

संसदीय अभ्यासको प्रभावकारीताबारे समीक्षा गर्नुपर्छः राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसद्को जनउत्तरदायी, पारदर्शी र प्रभावकारीताबारे समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।

६७औँ संसद् दिवसको अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

उपाध्यक्ष घिमिरेले मौलिक ढङ्गले संसदीय परिपाटीको सञ्चालन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गर्दै लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याइन् ।

शुभकामना सन्देशमा भनिएको छ, “मौलिक ढङ्गले संसदीय परिपाटीको सञ्चालन गर्न सांसद, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र जनताले साझा प्रयास गर्नुपर्छ, संसद् बलियो हुँदा मात्र संविधान कार्यान्वयन हुन्छ, शासन उत्तरदायी बन्छ, र जनताले सुशासन अनुभव गर्न पाउँछन् ।”

सबै पक्षको साझा प्रतिबद्धता र समन्वयात्मक प्रयासबाट मात्र संसद्को गरिमा पुनःस्थापना गर्न सकिने उल्लेख गर्दै उनले भनेकी छन्, “जसले लोकतन्त्रलाई बलियो बनाउँछ र जनतामा विश्वास जागृत गराउँछ, जनताका मुद्दालाई सशक्त रूपमा उठाउन सक्ने क्षमताको विकास गर्नु जरुरी छ ।”

Skip This
Skip This
Logo