डडेल्धुरा । डडेल्धुरामा १५ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । पर्शुराम नगरपालिकाकी एक किशोरीलाई स्थानीय २ युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । "/>

डडेल्धुरामा किशोरीमाथि सामूहिक बलात्कार, तरुण दलका नगर संयोजक पक्राउ

डडेल्धुरामा किशोरीमाथि सामूहिक बलात्कार, तरुण दलका नगर संयोजक पक्राउ

केन्द्रबिन्दु
0
Shares

डडेल्धुरा । डडेल्धुरामा १५ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । पर्शुराम नगरपालिकाकी एक किशोरीलाई स्थानीय २ युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

असोज ९ गते राति अनन्ते मेलाबाट घर आउने क्रममा पर्शुराम नगरपालिका ४ पोखरी बस्ने अन्दाजी २८ वर्षीय वीरबहादुर बोहरा र सोही नगरपालिका–१० कुरमुल्लेका अन्दाजी २३ वर्षीय शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए।

आरोपीमध्ये बोहरालाई प्रहरीले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गरिसकेको छ भने जोशी फरार छन् । फरार जोशीको इलाका प्रहरी कार्यालय जोगबुडा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको संयुक्त टोलीले खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका आरोपी वोहरा नेपाली कांग्रेस निकट तरुण दलको परशुराम नगर संयोजक हुन् ।

 

 

Skip This
Skip This
Logo