यू–१९ एसिया कप: नेपाल vs भारत

यू–१९ एसिया कप: नेपाल vs भारत

केन्द्रबिन्दु
0
Shares

बंगलादेशमा जारी यू–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा अहिले नेपाल र भारतबीच खेल भैरहेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालको यसपटकको लक्ष्य फाइनल पुग्ने छ ।

नेपालको समूहमा भारत, अफगानिस्तान र युएई छन् । त्यस्तै समूह बी मा श्रीलंका, बंगलादेश, पाकिस्तान र हङकङ छन् ।

नेपाल र भारत यू–१९ एकदिवसीयमा अहिलेसम्म सात पटक भिडेको छ । ६ खेल भारतले जितेको छ भने एक खेलमा नेपाल विजयी भएको छ । गत संस्करणको एसिया कपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो । खेलमा नेपालले भारतविरुद्ध १९ रनको ऐतिहासिक जित निकालेको थियो ।

Logo