काठमाडौँ

भारतका पेट्रोलियम, प्राकृतिक ग्याँस, सीप तथा उद्यमशीलता विकासमन्त्री धर्मेन्द्र प्रधान शुक्रबार काठमाडौं आएका छन् । "/>

रक्सौल-अमलेखगञ्ज पेट्रोलियम लाइनबारे छलफल : भारतीय पेट्रोलियम मन्त्री काठमाडौंमा

रक्सौल-अमलेखगञ्ज पेट्रोलियम लाइनबारे छलफल : भारतीय पेट्रोलियम मन्त्री काठमाडौंमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

भारतका पेट्रोलियम, प्राकृतिक ग्याँस, सीप तथा उद्यमशीलता विकासमन्त्री धर्मेन्द्र प्रधान शुक्रबार काठमाडौं आएका छन् । प्रधानले कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादबसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।

भेटवार्तामा कार्यवाहक प्रधानमन्त्री पोखरेलले दुई देशबीच सम्बन्ध अत्यन्त घनिष्ठ र सुमधुर मैत्रीपूर्ण रहेको भन्दै प्रधानको भ्रमणले सम्बन्ध थप सुदृढ भएको बताए । उनले मोतीहारी अमलेखगञ्ज पेट्रोलियम आयोजना नेपाल भारत सहयोगको अनुपम उदाहरण भन्दै समयमै सम्पन्न गर्न नेपालले आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

रक्षाप्रबक्ता ऋषि राजभण्डारीका अनुसार नेपालमा दर्ता भएका एलपिजी ग्याँस ढुवानी गर्ने सवारी साधन ( ग्याँस बुलेट ) लाई भारतको सीमावर्ती शहरबाट नेपालमा निर्बाध रूपमा ग्याँस ढुवानीका लागि अनुमति प्रदान गरिदिन आवश्यक सहयोगका लागि पोखरेलले आग्रह गरे । भारतीय सहयोगमा हेटौँडामा निर्माण हुने नेपाल–भारत मैत्री पोलिटेक्निक इन्ष्टिच्युटको निर्माण कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको पनि पोखरेलको भनाई थियो ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo