काठमाडौँ

अघिल्लो महिना काठमाडौंमा विमस्टेक सम्मेलन भयो । प्रधानमन्त्री केपी ओली वाहेक सार्कका कुनै पनि राज्य र सरकार प्रमुखले सार्कको उच्चारण समेत गरेनन् । "/>

न्यूयोर्कमा सार्कलाई अर्काे झट्का : सार्कको भविष्यका वारेमा अझ चिन्ता वढ्यो

न्यूयोर्कमा सार्कलाई अर्काे झट्का : सार्कको भविष्यका वारेमा अझ चिन्ता वढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अघिल्लो महिना काठमाडौंमा विमस्टेक सम्मेलन भयो । प्रधानमन्त्री केपी ओली वाहेक सार्कका कुनै पनि राज्य र सरकार प्रमुखले सार्कको उच्चारण समेत गरेनन् । प्रधानमन्त्री ओलीले विमस्टेक सार्कको विकल्प नभएको तर परिपुरक भएको वताए । विमस्टेक सम्मेलन लगत्तै भारत र पाकिस्तानको सम्वन्ध सुधारको संकेत देखियो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग आफूले वार्ता चाहेको भन्दै वार्ताको प्रस्ताव राखे ।

भारतले त्यसमा तत्काल सहमति जनायो र दुवै देशका परराष्ट्रमन्त्रीहरुको विचमा न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा भेट गर्ने सहमति भयो । तर रातारात परिस्थितीमा परिवर्तन आयो । भारतले एकतर्फी रुपमा पाकिस्तानसँग भेट नगर्ने वतायो । भारत र पाकिस्तानको द्वन्द्व कमसँगै सार्कले गति पाउने झिनो आशा निराशामा परिणत भयो । अहिले त झन आरोप प्रत्यारोप अझ वढेको छ ।

तर पुरै आशा भनेको मरेको थिएन् । महासभाको साइडलाइनमा नै सार्कका विदेश मन्त्रीहरुको वैठक आयोजना गरिएको थियो, जसको उद्देश्य सार्कलाई व्युँताउने विषयमा छलफल गर्नु थियो । अध्यक्ष मुलुकको हैसियतले नेपालले यसमा पहल पनि गरेको हो तर सार्क विदेशमन्त्रीस्तरी वैठकमा अलिक अनपेक्षित परिस्थिती देखा प¥यो । सार्क विदेश मन्त्री स्तरीय वैठकमा सहभागी भारतिय विदेशमन्त्री सुष्मा स्वराज वैठक विचमै छाडेर हिडिन् । वैठकलाई संक्षिप्त सम्वोधन गदै स्वराजले भनिन, दक्षिण एसियाली धम्की र अन्य घट्नाहरु बढीरहेका छन् ।

त्यसपछि वैठक खासै अगाडी बढ्न सकेन । यसले स्पष्ट रुपमा संकेत गरेको छ कि निकट भविष्यमा सार्क सम्मेलनको कुनै पनि सम्भावना छैन । त्यसैले यतिवेला सार्कको भविस्यको वारेमा अझ चिन्ता उत्पन्न भएको छ । आतंकवाद एक मुख्य चुनौतीको रुपमा खडा भएको छ ।’ आफ्नो कुरा राखेर पाकिस्तानी विदेशमन्त्रीको कुरा नसुनी सुष्मा वाहिरिएकी थिइन् । त्यसपछि वोलेका पाकिस्तानी विदेश मन्त्रीले भने भारतको कारण सार्क संकटमा परेको वताएका थिए् ।

Logo