दक्षिण कोरियाको अनलाइन किनमेल ०.९ प्रतिशतले वृद्धि

दक्षिण कोरियाको अनलाइन किनमेल ०.९ प्रतिशतले वृद्धि

केन्द्रबिन्दु
9
Shares

सउल । दक्षिण कोरियामा अनलाइन माध्यमबाट गरिने किनमेलमा करिब ०.९ प्रतिशतको वृद्धि देखिएको छ । यो वृद्धिको मुख्य कारण खाद्य सामग्री तथा खाना डेलिभरी सेवाप्रतिको उच्च माग रहेको राष्ट्रिय तथ्यांक कार्यालय कोरियाले जनाएको छ ।

प्राप्त तथ्यांकअनुसार, चालु वर्षको सोही अवधिमा अनलाइन कारोबारको कुल परिमाण २२.४९ ट्रिलियन वोन (अन्दाजी १६.६ अर्ब अमेरिकी डलर) पुगेको हो। खाद्य तथा पेय पदार्थको अनलाइन कारोबार ५.६ प्रतिशतले बढेको छ, भने कृषिजन्य, पशुपन्छीजन्य तथा माछाजन्य उत्पादनहरूको माग ९.४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

खाना डेलिभरी सेवा, मोबाइल उपकरण साथै संस्कृति तथा मनोरञ्जन सेवातर्फ अनलाइन माग उल्लेखनीय रूपमा दोहोरो अंकमा वृद्धि भएको छ । यसका अतिरिक्त, लुगा, सौन्दर्य सामग्री तथा दैनिक उपभोग्य वस्तुहरूको माग पनि सिंगल अंकमा भए तापनि सकारात्मक रुपमा बढेको उल्लेख गरिएको छ ।

त्यसैगरी, जुत्ता, फर्निचर, घरायसी उपकरण तथा खेलकुद सामग्रीहरूमा अनलाइन माग केही कमी आएको छ । साथै, उपहारको रूपमा प्रदान गरिने कफी र केक जस्ता इ–कुपन सेवा क्षेत्रमा मागमा उल्लेखनीय गिरावट देखिँदै ४७.१ प्रतिशतले घटेको छ ।

मोबाइल उपकरण मार्फत गरिने अनलाइन किनमेल २.९ प्रतिशतले वृद्धि भई १७.३६ ट्रिलियन वोन (अन्दाजी १२.८ अर्ब अमेरिकी डलर) पुगेको छ, जसले कुल अनलाइन कारोबारको ७७.२ प्रतिशत हिस्सा ओगटेको छ । -सिन्ह्वा

Skip This
Skip This
Logo