चीनले बनायो ‘सुपर केबल’ जीपीएमआई, सबै आवश्यकता एउटै तारले पूरा गर्ने

चीनले बनायो ‘सुपर केबल’ जीपीएमआई, सबै आवश्यकता एउटै तारले पूरा गर्ने

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । आजको डिजिटल युगमा हामीले विभिन्न डिभाइसहरूका लागि छुट्टाछुट्टै तारहरू प्रयोग गर्दै आएका छौं । जस्तै, टेलिभिजनका लागि एचडीएमआई, स्मार्टफोन चार्ज गर्न यूएसबी सी, इन्टरनेटका लागि ल्यान केबल र अन्य यस्तै थुप्रै केबलहरू प्रयोग गर्दै आएका छौं । तर के अब तपाईंलाई थाहा छ यी सबै केबलहरूको झन्झट इतिहास बन्नेछ भनेर ?

किनभने जीपीएमआई (जनरल पर्पस मिडिया इन्टरफेस) नामक ‘सुपर केबल’ले टेक्नोलोजीको दुनियाँमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । यो नवीनतम प्रविधि बनाउन ५० भन्दा बढी चिनियाँ कम्पनीहरूले एकसाथ सहकार्य गरेका थिए । जसमा हिसेन्स, स्काइवर्थ र टीसीएल जस्ता विश्वप्रसिद्ध ब्रान्डहरू पनि समावेश थिए ।

जीपीएमआई भनेको के हो ?

जीपीएमआई अर्थात् जनरल पर्पस मिडिया इन्टरफेस एउटा यस्तो अत्याधुनिक केबल इन्टरफेस हो, जसले भिडियो, अडियो, इन्टरनेट डाटा र बिजुलीलाई एउटै तारमार्फत एकैसाथ प्रसारण गर्न सक्छ । यो प्रविधिको मुख्य उद्देश्य भनेकै —‘वन केबल फर अल’, अर्थात् सबै डिभाइसका लागि एउटै केबल प्रयोग गरेर छुट्टाछुट्टै केबलको आवश्यकतालाई समाप्त गर्नु हो ।

यो प्रविधिले हालका यूएसबी सी, एचडीएमआई, डिस्प्ले पोर्ट र थण्डरबोल्ट जस्ता टेक्नोलोजीहरूलाई चुनौती दिँदै भविष्यको कनेक्टिभिटीको नयाँ मापदण्ड स्थापित गर्ने सम्भावना बोकेको छ । टाइप–सी जीपीएमआईबाट ९६ जीबीपीएस अर्थात जिगाबिट्स प्रति सेकेन्ड डाटा ट्रान्सफर गर्न सकिन्छ । यो विशेषगरी स्मार्टफोन, ल्यापटप र अन्य पोर्टेबल डिभाइसहरूका लागि उपयुक्त मानिएको छ ।

यसैगरी यो टाइप–सी जीपीएमआई टेलिभिजन, गेमिङ कन्सोल र अन्य हाई–एन्ड डिभाइसहरूका लागि निके उपयुक्त मानिएको छ । जीपीएमआई ‘सुपर केबल’ टेक्नोलोजीको क्षेत्रमा एक क्रान्तिकारी कदम भएता पनि यूएसबी सी’ केबललाई पूर्ण रूपमा विस्थापित गर्न भने समय लाग्न सक्छ ।

Logo