काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज सार्कको परराष्ट्र मन्त्रीहरुको बैठकबाट बीचमै उठेर हिँडेकी छिन् । संयुक्त राष्ट्र संघको ७३ औँ साधारण सभाको साइड लाइनमा सार्कको मन्त्रीस्तरीय अनौपचारिक बैठक बसेको थियो । "/>

परराष्ट्रमन्त्रीको अध्यक्षमा बसेको सुष्मा स्वराज जुरुक्क उठेर बाहिरिएपछि…

परराष्ट्रमन्त्रीको अध्यक्षमा बसेको सुष्मा स्वराज जुरुक्क उठेर बाहिरिएपछि…

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज सार्कको परराष्ट्र मन्त्रीहरुको बैठकबाट बीचमै उठेर हिँडेकी छिन् । संयुक्त राष्ट्र संघको ७३ औँ साधारण सभाको साइड लाइनमा सार्कको मन्त्रीस्तरीय अनौपचारिक बैठक बसेको थियो ।

बिहिबार न्यूयोर्कमा भएको बैठकमा नेपालका विदेश मन्त्री प्रदीपकुमार ज्ञवालीले अध्यक्षता गरेका थिए । पाकिस्तानमा आयोजना गरिने भनेको सार्क सम्मेलन हाल हुन नसकेकाले नेपालले अहिले पनि सार्कको अध्यक्षता गरिरहेको छ ।

बैठकमा आफ्नो कुरा राखिसकेर सुष्मा बाहिरिएकी हुन् । यसमा पाकिस्तानी विदेश मन्त्री महमुद कुरेसीले असन्तुष्टी जनाए । “उनीसँग मेरो कुनै कुरा हुन पाएन । उनी बीचमै बैठक छाडेर हिँडिन् । सायद उनलाई सञ्चो थिएन होला,” पछि रिपोर्टरहरुसँगको कुराकानीमा व्यङ्ग्य मिश्रित स्वरमा कुरेसीले भने ।

पाकिस्तानका विदेशमन्त्री कुरेसीले पछि भारतको सार्क प्रतिको रवैयाप्रति प्रश्न गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरे । “यदी हामीले यो मञ्चबाट केही हासिल गर्ने हो भने हामी अगाडि बढ्नुपर्छ । अब अगाडि बढ्ने बाटो के हो त ? त्यो भनेको हामीले अर्को कदमबारे निर्णय गर्नुपर्छ । तर सार्कको प्रगति र सफलता अझ क्षेत्रीय सम्पर्क र सम्बृद्धीमा एउटै मात्र अवरोध छ ।” 

Logo