कालिकोटमा मेला हेरेर फर्केकी एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। खाँडाचक्र नगरपालिका–९ पाखाँमा १९ वर्षीय किशोरीमाथि धिमाल मेला हेरेर फर्किने क्रममा उनीमाथि सामूहिक बलात्कार भएको हो । "/>

मदिराको सुरमा किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

मदिराको सुरमा किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कालिकोटमा मेला हेरेर फर्केकी एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। खाँडाचक्र नगरपालिका–९ पाखाँमा १९ वर्षीय किशोरीमाथि धिमाल मेला हेरेर फर्किने क्रममा उनीमाथि सामूहिक बलात्कार भएको हो ।

किशोरीको उजुरीपछि जिल्ला प्रहरी कालिकोटले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँडाचक्र नगरपालिका वडा नं. १० का २० वर्षीय पर्व विक, १८ वर्षीय गोरख विक, १८ वर्षीय सर्जन विक, खाडाचक्र नगरपालिका–९ का २२ वर्षीय जीवन विक, २० वर्षीय नविन विक, १८ वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विक रहेका छन् ।

सामूहिक बलात्कारपछि किशोरी बेहोस भएको र मृत्यु भएको आशंकामा उनीहरुले छाडेर घर फर्केको प्रहरीले जनाएको छ । किशोरीको उनका दाजु र बहिनीले उद्धार गरेका थिए ।

Skip This
Skip This
Logo