नेशनल एकेडेमी अफ प्रोफेसनल स्टडीजलाई मेलबर्नमा नयाँ क्याम्पस सञ्चालनको स्वीकृति

नेशनल एकेडेमी अफ प्रोफेसनल स्टडीजलाई मेलबर्नमा नयाँ क्याम्पस सञ्चालनको स्वीकृति

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । अष्ट्रेलियाको उच्च शिक्षाको क्षेत्रमा एक महत्वपूर्ण सफलता हासिल गर्दै नेशनल एकेडेमी अफ प्रोफेसनल स्टडीजले मेलबर्नमा नयाँ क्याम्पस सञ्चालनको लागि स्वीकृति प्राप्त गरेको छ।

क्विन्स स्ट्रिटमा अवस्थित नयाँ क्याम्पसमा प्रारम्भिक रूपमा ६५० विद्यार्थी सिटका लागि स्वीकृति दिइएको छ भने यसको औपचारिक घोषणा नोभेम्बर २०२५ को इन्टेकबाट कक्षाहरू सञ्चालन हुने गरी गरिएको छ।

न्याप्सले सन् २०२१ देखि सिड्नीमा उच्च शिक्षा प्रदान गर्दै आएको छ । यस अवधिमा यसले ब्याचलर्समा सोशल वर्क, आईटी, अकाउन्टिङ, अर्ली चाइल्डहुड र मास्टर्समा अकाउन्टिङ, बिजनेस, आईटी जस्ता क्षेत्रमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गरेको छ। मेलबर्न क्याम्पसले यी सबै कार्यक्रमहरूलाई थप फराकिलो पहुँच दिनेछ, विशेष गरी भिक्टोरिया राज्यमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि। यस नयाँ क्याम्पसको उद्घाटनसँगै, न्याप्सले मेलबर्नमा वेस्टर्न सिड्नी कलेज र टी.के.एल. कलेजको स्वीकृति अगावै प्राप्त गरिसकेको छ।

मेलबर्नमा न्याप्सका कार्यक्रमहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अब नोभेम्बर २०२५ इन्टेक बाट आवेदन खुला गरिएको छ। शैक्षिक गुणस्तर, अनुभवी प्राध्यापकहरू, र अष्ट्रेलियन उद्योगसँगको समन्वयमा आधारित कार्यक्रमहरूले विद्यार्थीहरूलाई अध्ययन मात्र होइन, भविष्यको करिअर निर्माणमा पनि मार्गदर्शन गर्नेछ।

Skip This
Skip This
Logo