कलंकीको ‘अण्डरपास’ एक हप्तापछि खुल्ने 

कलंकीको ‘अण्डरपास’ एक हप्तापछि खुल्ने 

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको कलंकीमा निर्मित  ‘अण्डरपास’ एक हप्तापछि खुल्ने भएको छ । बल्खु-खसीबजार एक हजार २ सय मिटर सडक कालोपत्र भइरहेकाले केही दिनका लागि भूमिगत मार्ग (अण्डरपास) बन्द गरिएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए ।

सो मार्गको ८०० मिटर सडक भने कालोपत्र भइसकेको छ । एक हप्तामा कालोपत्र सकी सो भूमिगत मार्ग खोलिने जनाइएको छ । कोटेश्वर–बल्खुपुल–कलङ्की १० दशमलव ४ किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिमचरणमा पुगेको छ ।

चिनियाँ युआन रु २१ करोड २० लाख अर्थात् नेपाली करीब रु पाँच अर्ब अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ । 

आयोजनाले पहिलो तहको कालोपत्र सकी दोस्रो तहको गर्ने तयारी गरेको छ । चिनियाँ निर्माण व्यवसायीले आगामी डिसेम्बर १५ सम्म पहिलोचरणको १० दशमलव ४ किमी चक्रपथ विस्तार गरी सडक विभागलाई हस्तान्तरण गरिसक्ने जानकारी गराएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।

Skip This
Skip This
Logo