महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । नजिकिँदै गरेको पर्व दशैं तिहारलाई लक्षित गरेर गरेर महाशाखाले सदा झैँ यो बर्ष पनि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
काठमाडौँको कलंकी, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबाहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधी, ट्राफिक र जनपद प्रहरीका कर्मचारीहरु रहने छन् ।
यात्राका क्रममा कुनै समस्या आइ परे सहायता कक्षमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।





























प्रतिक्रिया