वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षमा पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ ।
चालु आर्थिक वर्ष वर्षको असार १८ गतेसम्मको अवधिमा यहाँका सरकारी कार्यालयले पुँजीगत बजेटको ४१ दशमलव ७४ प्रतिशत अर्थात् रु एक अर्ब १५ करोड १३ लाख ९३ हजार सात सय ९८ रकम मात्रै खर्च गरेका छन् ।
चालु आवमा यहाँका सरकारी कार्यालयको लागि पुँजीगत खर्चतर्फ रु दुई अर्ब ७५ करोड ८३ लाख ८२ हजार सात सय ५० रकम विनियोजन गरिएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढङ्गले पुँजीगत खर्च गर्न नसकेको बताए । कार्यालयले यहाँका सरकारी कार्यालयले असार २५ गतेसम्म मात्रै खर्च गर्न पाउने जनाएको छ ।
पर्साका सरकारी कार्यालयले पुँजीगत खर्च अपेक्षाकृत गर्न गर्न नसकेपनि चालु खर्च भने उत्साहजनक ढङ्गले खर्च गरेको तथ्याङ्कले देखाउँछ । पर्साका सरकारी कार्यालयका लागि चालु आवमा ११ अर्ब पाँच करोड ६४ लाख ५३ हजार ५२ रकम विनियोजन गरिएको थियो ।
चालु आवको असार १८ गतेसम्म कूल विनियोजित चालु खर्चको ८८ दशमलव ४३ प्रतिशत अर्थात् नौ अर्ब ७७ करोड ७९ लाख ७३ हजार पाँच सय पाँच रकम खर्च भएको छ ।































प्रतिक्रिया