शुक्रबार (असोज १२) सिनेमा हलहरुमा तीनवटा नेपाली चलचित्र प्रर्दशनमा आएका छन् । चलचित्र कथा काठमाण्डु, अनुराग, छिरिङले एक आपसमा हल बाडेका छन् ।
कथा काठमाडौं
संञ्चारकर्मी संगीता श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘कथा काठमाडौं आजबाट प्रर्दशनमा आएको छ । यस चलचित्रको पहिलो गीत ‘रातको कुरा’ केहि समय अघि निकै विवादमा फसेको थियो । उता गीतको भिडियो र्पोन साइट, र्पोन हबमा समेत अपलोड भएको थियो । प्रियंका कार्की र प्रमोद अग्रहरिको अन्तरंग दृश्यले बजार तताएको थियो । साथै चलचित्रमा बोल्ड सिन भएको भन्दै यसको ट्रेलर पनि विवादमा रहयो । यस चलचित्रमा देशको राजधानी काठमाडौंको तिन पात्रको भिन्न–भिन्न घटनाक्रमलाई देखाउन खोविएको छ । प्रियंका कार्की, प्रमोद अग्रहरिका अलावा आयुषमान देशराज श्रेष्ठ जोसी, सन्ध्या केसी, संजोग कोइराला र प्रेक्षा अधिकारी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
अनुराग
चलचित्र अनुराग पनि आजबाट प्रर्दशनमा आएको चलचित्र हो । यसै चलचित्रबाट पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । अनुरागमा एलिजा गौतम र समुन्द्र पण्डितको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् । यो चलचित्र पनि प्रेम कथामा आधारित छ । यस चलचित्रमा छायांकन श्रीधर पौडेलको रहेको छ भने सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।
छिरिङ
यसकुमारको निर्देशन तथा अभिनय रहेको चलचित्र छिरिङमा निमा रुम्बा र कामना भुजेलको मुख्य भूमिका रहेको छ । यस चलचित्रमा हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप र परिवेशलाई चित्रण गरिएको छ । दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्घ चलचित्रको कथावस्तु हो । बहुपतिप्रथामा तयार पारिएको यस चलचित्रमा सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको छ ।





























प्रतिक्रिया