जसले ५ बर्षिय बालिका बलात्कार गरेर आत्मसमर्पण गरे

जसले ५ बर्षिय बालिका बलात्कार गरेर आत्मसमर्पण गरे

केन्द्रबिन्दु
0
Shares

दोलखाको तामाकोशी गाउँपालिका- ५ मा पाहुना लाग्न गएका एक व्यक्तिले ५ बर्षिय बालिका बलात्कार गरेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दोलाखाका करार कर्मचारी कमल बजागाईले बेलुकाको खाना खानेबेला बालिकालाई बलात्कार गरेका हुन् ।

बालिका चिच्याएको सुनेपछि खाना पस्कँदै गरेकी बालिकाकी आमा दौडेर हेर्न गएकी थिइन् । त्यतिबेला बालिकाको योनीबाट रगत बगिरहेको थियो। बगजाईंले ’गल्ती भयो क्षतिपूर्ति दिन्छु, उपचार गर्दिन्छु’ भनेर उनले परिवारलाई फकाएका थिए। तर परिवारले नमानेपछि उनी त्यहाबाट फरार भएका थिए ।

गत भदौ २१ गतेको उक्त घटनापछि फरार उनले बिहीबार काठमाडौंको कोटेश्वर प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

Logo