नेपालसँग मलेसिया ९० रनमै अलआउट

नेपालसँग मलेसिया ९० रनमै अलआउट

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । नेपालले एसीसी मेन्स अन्डर-१६ इस्ट जोन कपको सेमिफाइनल खेलअन्तर्गत मलेसियालाई सस्तैमा अलआउट गरेकाे छ ।

सेलांगर टर्फ क्लबमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । मलेसियाका लागि मुहम्मद फथुल मुइनले सर्वाधिक ३८ रन बनाए भने डीफेज पाट्रोकले १० रन जोडे। अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । अभय यादवले १० ओभरमा १५ रन खर्चेर ४ विकेट लिए। शुभम् खनालले पनि १० ओभरमा १२ रन दिएर ३ विकेट हात पारे। सचिन भट्टले ६ ओभरमा १६ रन खर्चेर १ विकेट लिए भने बिपिन प्रसाद शर्माले ८.१ ओभरमा २० रन दिएर १ विकेट लिए।

Skip This
Skip This
Logo