नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) दुवै जना अहिले विदेशमा छन् । "/>

दुवै अध्यक्ष विदेशमा, माधव नेपालले डाके छुट्टै भेला

दुवै अध्यक्ष विदेशमा, माधव नेपालले डाके छुट्टै भेला

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) दुवै जना अहिले विदेशमा छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा छन् भने अर्का अध्यक्ष दाहाल सिंगापुरमा छन् । नेकपाका दुई अध्यक्षले कसैलाई पनि कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका छैनन् ।

यही बेला बरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समितिको छुट्टै भेला डाकेका छन् । बिहिबारको संसद बैठकमा प्रतिपक्षी नेता जसरी सरकारविरूद्ध खनिएका नेता नेपालले शुक्रबार स्थायी समिति सदस्यहरूसँग छलफल गर्न भेला डाकेका हुन।

नेकपाका एक स्थायी समिति सदस्यका अनुसार नेता नेपालले चियापानका लागि भन्दै सबैलाई निम्तो पठाएका छन् । दुवै अध्यक्ष देशबाहिर भएका बेला नेता नेपालले डाकेको भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रदेश संयोजक र अध्यक्ष चयन गर्दा अध्यक्षद्वय ओली र दाहालले एकलौटी गरेको भन्दै नेता नेपाल असन्तुष्ट थिए । नेपाल अफ्रिका सम्मेलनमा सहभागी हुन घाना गएका बेला असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरेको थियो ।

 

यो पनि 

माधव नेपालको अभिव्यक्तिः भागबण्डाको रिस संसदमा पोखियो

Skip This
Skip This
Logo