काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री विवादास्पद अभिव्यक्ति दिएपछि पहिलोपटक पार्टीको सचिवालय बैठकमा पुगेकी छन् ।
पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्। त्यसपछि उनलाई पार्टीले स्पष्टीकरणसमेत सोधेको थियो।
पार्टी कार्यालय आलोकनगरमा जारी सचिवालयको बैठकमा जवाफ दिनको लागि उनी बैठकमा पुगेकी हुन्।





























प्रतिक्रिया