काठमाडौं

सरकारले आजबाट दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी सुपथ मुल्य पसल सञ्चालन सुरु गरेको छ । "/>

आज देखि चार्डपर्व केन्द्रित सुपथ मुल्य पसल सुरु

आज देखि चार्डपर्व केन्द्रित सुपथ मुल्य पसल सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले आजबाट दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी सुपथ मुल्य पसल सञ्चालन सुरु गरेको छ । विगत वर्ष झैं यो वर्ष पनि दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी सुपथ मुल्य पसल शुरु गरेको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल खाद्य संस्थान, दुग्ध विकास संस्थान र सहकारी संस्था मार्फत संयुक्त रूपमा सुुपथ मूल्य पसल सञ्चालन गरिने भएको हो । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले काठमाडौं स्थित कार्यालय अन्तर्गत ९ वटा स्थान र ३ वटा घुम्ती सेवा पसल तथा त्रिशुली विक्री डिपो सञ्चलन गर्नेछ । साथै कर्पोरेशनको २२ वटा कार्यालय सहित ३६ स्थानहरुमा सुपथ मुल्य पसल सञ्चालन गर्ने भएको छ ।

संस्थाका सम्बन्धित कार्यालय तथा तोकिएका स्थानहरुबाट सहुलियत दरको चामल, खसी, बोका, नुन , तेल र चिनी लगयातको दैनिक उपभोग्य बस्तु सुपथ मुल्यमा पाइने छन् । यस्ता सुपथ मुल्य पसलबाट मसलामा १० रुपैँया, सानो मन्सुली चामल प्रतिकेजी ५ रुपैयाँ , जिरा मसिनोमा ५ रुपैँया , बास्मती चामल १० रुपैँया , गोरखनाथ चामलमा १० रुपैंया , जापानीज चामलमा ५ रुपैँया , जुम्ली सिमी र तिते फापरमा प्रतिकेजी १० रुपैँयामा छुट हुने विभागले जनाएको छ । त्यस्तै साल्ट टे«डिङले प्रतिकेजी नुनमा २ र चिनीमा ५ रुपैँया छुट दिने भएको छ । दुग्ध विकास संस्थानले ध्यू प्रति लिटर ५० पनीर प्रतिकेजी १० रुपैयाँ छुटमा दिने भएको छ । साथै अन्य दुग्धजन्य बस्तुहरुमा पनि छुट हुने विभागले जनाएको छ ।
राजधानीबाट

Logo