काठमाडौं
एशियाली विकास बैंक ( एडिबी ) ले समुदायद्वारा व्यवस्थित नेपालका २० वटा शहरी क्षेत्रका नगरपालिकामा व्यवस्थित पानी आपूर्ति तथा सरसफाइमा पहुँच सुधार गर्न १३ अर्ब भन्दा बढी ऋण स्वीकृत गरेको छ ।
बैंकको प्रधान कार्यालय मनिलामा बिहीबार सम्पन्न बैंक कार्यकारी समितिको बैठकले उक्त रकम ऋणस्वरुप उपलब्ध गराउन स्वीकृति जनाएको हो । बितेका १८ वर्षमा एडिबीले ७० वटा साना शहरमा समुदायद्वारा व्यवस्थित पानी आपूर्ति तथा सरसफाइ आयोजना सफलतापूर्वक सम्पन्न गर्दै आएको छ ।
उक्त ऋण स्वरुप सञ्चालन हुने नयाँ परियोजना अन्तर्गत देशका २० वटा शहरी क्षेत्रमा एक हजार ६०० मिटर पाइपलाइन बिछ्याउने, १५ वटा जल प्रशोधन केन्द्र निर्माणमा सहयोग गर्नाका साथै आठ हजार सार्वजनिक शौचालय निर्माण गरिनेछ । त्यसैगरी दुई वटा ढल निकास र ३० किमी लामो ढल निकासको नाला पनि निर्माण गरिनेछ ।
रासस





























प्रतिक्रिया