रौतहट
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड प्रहार गर्ने अपराधीलाई फाँसीको सजायँ हुनु पर्ने बताएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ६ चन्द्रनिगाहपुरमा एसिड प्रहारबाट मृत्यु भएकी १८ वर्षीया सम्झना दासको परिवारलाइ राहत प्रदान गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।
अर्काको ज्यान नै लिने गरी भएको अपराधको घोर निन्दा गर्दै मुख्यमन्त्री राउतले त्यस्ता अपराधीलाई फाँसीको सजायँ हुनु पर्ने बताए । उनले भने, ‘एसिड प्रहार गर्ने अपराधीलाई कडा भन्दा कडा कार्वाही गर्न प्रदेश सरकारले कुनै कसुर बाँकी राख्दैन ।’ यस्ता अपराधका घटनाहरुलाइ न्युनीकरण गर्नको लागि पनि फाँसीको ब्यबस्था हुनु पर्ने मुख्यमन्त्री राउतको भनाई थियो ।
अन्य थप अपराधी पत्ता लगाउन प्रदेश सरकारले न्यायधिवक्ता दिपेन्द्र कुमार झाको संयोजकत्वमा छानबिन समिति समेत गठन गरेको उनले जानकारी दिए । मुख्यमन्त्री राउतले एसिड प्रहारबाट मृत्यु भएकी सम्झना दासको परिवारलाई घरमै पुगेर एक लाखको चेक हस्तान्तरण गरेका छन् ।
प्रदेश सरकारले पहिलो चरणमा १ लाख र दोश्रो चरण ३ लाख गरी ४ लाख मृतक परिवारलाई राहत स्वरुप सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री राउतले बताए ।
राजधानीबाट





























प्रतिक्रिया